माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको भनेर प्रचार हुन लागेको धेरै भइसक्यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७४ को वैशाखमै काठमाडौंमा मेलम्चीको पानी झार्ने घोषणा गरेका थिए । तर उनको बाचा पूरा भएन ।
अहिले प्रचण्डकी बुहारी बीना मगरले मेलम्ची आयोजनाको तालुक राख्ने निकाय खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन् । बीनाले मन्त्रीको जिम्मेवारी सम्हालेपछि यस वर्षको दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंमा झार्ने घोषणा गरेकी थिइन् । उनको घोषणा पनि पूरा भएन ।
पछिल्लो समय सरकारले आगामी ३ महिनाभित्रै मेलम्चीको पानी काठमाडौंमा झार्ने बताइरहँदा परियोजनाको मुख्य ठेकेदार इटालियन कम्पनी सीएमसीले काम नै ठप्प पारेको छ । ठेकेदार कम्पनीका ८ जना कर्मचारी परियोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै खानेपानी मन्त्रालयले प्रहरीको सहयोगमा आइतवार राति उनीहरूलाई ‘नियन्त्रण’मा लियो ।
सीएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनालाई नियन्त्रणमा लिएको दोस्रो दिन सोमवारदेखि वार्ता जारी छ । मन्त्रालयले हालसम्म सीएमसीका प्रतिनिधि, परामर्शदाता कम्पनी इप्टिसा, एसियाली विकास बैंक लगायतसँग छलफल गरिसकेको छ । तर छलफल कुनै निष्कर्षमा पुगिसकेको छैन ।
मन्त्रालयले मेलम्चीको आगामी निर्माणबारे निर्माण क्षेत्रका विज्ञसँग पनि छलफल गरेको छ । मंगलवारको छलफलमा विज्ञहरूले सीएमसीसँगको ठेक्का तोडेर नेपालकै ठेकेदारमार्फत् बाँकी निर्माण कार्य सम्पन्न गर्न सुझाव दिएका छन् ।
विज्ञको सुझावपछि खानेपानीमन्त्री बीना मगरले प्रधानमन्त्री केपी शर्मा ओली र योजना आयोगका पदाधिकारीसँग पनि छलफल गरिसकेकी छन् । तर सीएमसीसँगको ठेक्का तोड्ने वा कायमै राख्ने भन्ने विषयमा अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन ।
सीएमसीसँगको ठेक्का तोडे कहिलेसम्म बन्छ मेलम्ची ?
मेलम्ची खानेपानी आयोजनाको झन्डै २७ किलोमिटर लामो सुरुङ खन्न र मुहानतर्फको बाँध निर्माणका लागि २०६५ सालमा चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता भएको थियो ।
चिनियाँ कम्पनीले मुहान क्षेत्रमा सडक विस्तार, पुल हाल्नेदेखि ५ किलोमिटर सुरुङ खन्ने काम भ्याएको थियो । पैसा सकिएको भन्दै सरकारसँग पैसा थप्न भन्यो । सरकारले पैसा थप्न नमानेपछि २०६९ असोजमा ठेक्का सम्झौता रद्द भयो । त्यसपछि आह्वान भएको ग्लोबल टेन्डरका आधारमा अर्को चिनियाँ कम्पनीलाई नै पछि पारेर आएको सीएमसीले पनि अहिले आफूसँग पैसा सकिएको भन्दै सरकारसँग थप पैसा माग गरेको छ ।
सरकारले पैसा थप्न नमाने सीएमसीसँगको ठेक्का पनि तोडिने सम्भावना छ । सीएमसीसँगको ठेक्का तोडिने अवस्था सिर्जना भइरहेका बेला अब मेलम्चीमा आउने अर्को कम्पनीले कसरी काम गर्न सक्छ भन्ने विषयमा पनि जिज्ञासा उठ्न थालेको छ ।
यही जिज्ञासा मेटाउन लोकान्तरले मेलम्ची खानेपानी आयोजनाको प्रमुख प्रशोधन केन्द्र तथा सुरुङको अन्तिम बिन्दु सुन्दरीजल पुगेर त्यहाँ कार्यरत मेलम्ची खानेपानी आयोजना, परामर्शदाता कम्पनी इप्टिसा, सीएमसी कम्पनीकै इञ्जिनियर र प्राविधिकसँग हालसम्म सम्पन्न भएको काम र बाँकी रहेको निर्माण कार्यबारे बुझेको छ ।
इटालियन कम्पनी सीएमसीले २६ किलोमिटरको मुख्य सुरुङसहित बाटो समेत गरी २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र सटकिट राख्ने, सुरुङभित्र ढलान गर्ने, सुरुङ भित्रको हावा पास गराउनका लागि ३ ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने, सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पुर्याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउटको संरचना बनाउने ठेक्का पाएको थियो ।
जसमध्ये अहिलेसम्म २६ किलोमिटरको मुख्य सुरुङभित्र सटकिट गर्ने काम सकिसकेको छ । २४ किलोमिटरमा ढलान पनि सकिएको छ । आयोजनाको मुहान सिन्धुपाल्चोकको अम्बाथानमा निर्माण गर्नुपर्ने मुख्य र सहायक बाँध निर्माणको प्रारम्भिक काम पनि शुरू भएको छैन । सुरुङ भित्रको हावा पास गराउनका लागि ३ ठाउँमा भेन्टिलेसन साफ्ट बनाउनुपर्ने भएपनि १ ठाउँमा मात्रै त्यसको प्रारम्भिक काम भएको छ ।
मन्त्रालयले सुरुङ अन्तर्गतको ९० प्रतिशत काम सकिएको दावी गरिरहेपनि निर्माणस्थलमा खटिएका मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर, परामर्शदाता कम्पनी, सीएमसीकै इन्जिनियरका भनाइमा करीब ८२ प्रतिशत काम मात्रै सकिएको छ । अब १८ प्रतिशत काम मात्रै गर्न बाँकी छ । तर जुन काम गर्न बाँकी छ, त्यो झन् जोखिमपूर्ण र महत्त्वपूर्ण भएको प्राविधिक बताउँछन् ।
मेलम्चीको पानी अम्बाथानबाट सिधै सुरुङमा हालिने छ । अम्बाथानबाट मेलम्चीको पानीमा खोलामा बगेझैं गरी सुरुङभित्र बगेर सुन्दरीजलसम्म आइपुग्नेछ । अम्बाथानमा सुरुङ भएर बगेर आएको पानीलाई सुन्दरीजलमा सुरुङको अन्तिम बिन्दुमा आइपुग्नुभन्दा ३५ मिटर वरै १६०० एमएम मोटाइको स्टीलको पाइपमा पठाइने छ । पानीलाई पाइपमा राख्न भल्भ गेट बनाइने छ । सुरुङ बाहिर १६०० एमएम मोटाइकै डीआई पाइप जोडिने छ । स्टील र डीआई पाइपमार्फत् सुरुङको पानी प्रशोधन केन्द्रसम्म लगिने छ ।
सुन्दरीजलमा बनाउनुपर्ने २ वटा प्रशोधन केन्द्रमध्ये एउटाको निर्माण कार्य सकिएर सफल परीक्षण पनि भइसकेको छ । अर्को प्रशोधन केन्द्रको निर्माण चलिरहेको छ । अबको ४–५ महिनामा अर्को प्रशोधन केन्द्र पनि तयार हुने मेलम्ची आयोजनाका कर्मचारीहरू बताउँछन् ।
सबैभन्दा महत्त्वपूर्ण मानिएको काम हो – मेलम्चीको मुहान (सिन्धुपाल्चोकको अम्बाथान) मा सहायक र प्रमुख बाँध बाँध्ने काम । सहायक बाँध बनाउनका लागि ६ महिना लाग्न सक्ने प्राविधिक बताउँछन् । प्रमुख बाँध बनाउनका लागि भने १ वर्षभन्दा बढी समय लाग्न सक्ने प्राविधिकको भनाइ छ ।
सीएमसीले सुरुङभित्र सटकिट राख्ने काम लगभग सकिसकेको छ । सुरुङ खनिसकेपछि सबैभन्दा पहिले सिमेन्टको झोल मेसिनको सहायताले बाहिरी सतहमा पोतिन्छ । त्यसपछि त्यसमा फलामका मसिना जाली र फाइबर लगाइन्छ । फाइबरको बाहिर पुनः सिमेन्टको झोल पोतिन्छ । यसको मोटाइ सुरुङभित्रको चट्टानअनुसार ५ देखि १४ सेन्टिमिटरको हुन्छ । सुरुङभित्र बग्ने पानीको बहावले सुरुङभित्रको भाग नभत्कियोस् भनेर यस्तो सटकिट राख्ने गरिन्छ ।
सुरुङमा सटकिट राखिसकेपछि परीक्षण गरिनुपर्ने हुन्छ । यस्तो परीक्षणका क्रममा धेरै ठाउँमा सटकिट भत्किने अवस्था हुन्छ । पहिलो चरणमा दैनिक १७ करोड पानी बग्ने सुरुङको सटकिट बलियो हुनुपर्ने प्राविधिकहरू बताउँछन् ।
सीएमसीले सटकिट राखिसकेपछि परामर्शदाता कम्पनी इप्टिसाका प्राविधिकहरूले सुरुङभित्र परीक्षण गरेका थिए । केही ठाउँमा राखिएको सटकिट कमजोर देखिएपछि पुनः सुधार गर्ने (रेक्टिफिकेसन)को काम भनिएको थियो । सीएमसीले सटकिट कमजोर भएका ठाउँमा बाहिरबाट ड्रिलिङ गरी ३२ एमएमको फलामे डन्डीलाई २ मिटर जतिभित्र गाडेर रेक्टिफिकेसनको काम गर्न शुरू गरेको थियो । तर अहिले उक्त काम पनि ठप्प छ ।
मेलम्ची आयोजनासँगको समझदारीअनुसार निर्माण सम्पन्न भएर सञ्चालनमा आएको २ वर्षसम्म सुरुङभित्र कुनै पनि समस्या आए सीएमसीले त्यसको मर्मत गर्नुपर्ने दायित्व थियो । अब उक्त कम्पनीसँग ठेक्का तोडिए सुरुङभित्रको मर्मत र रेक्टिफिकेसनको काम अलपत्र पर्न सक्ने मेलम्ची आयोजनाका प्राविधिकको चिन्ता छ ।
पढ्नुहोस्, यो पनि :
मेलम्चीबाट भाग्न खोज्ने सीएमसी संसारभर बदनाम कम्पनी, टाट पल्टियौं भन्दै इटालीको अदालतमा निवेदन
ठेकेदार भागेपछि मेलम्चीमा कामदारको बिचल्ली, होटलहरूले खाना दिन समेत छाडे
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...