फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
काठमाडौं –ललितपुरको पुल्चोकस्थित पुल्चोक इञ्जीनियरिङ क्याम्पसको खेल मैदानमा सोमवार त्रिभुवन विश्वविद्यालयको ४४औं दीक्षन्त समारोह चलिरहेको थियो ।
समारोहमा मानविकी र सामाजिक शास्त्र संकायमा विद्यावारिधि (पीएचडी) उपाधि पाउने ३१ जनालाई उक्त संकायका डीनले बोलाउँदै गए । ३१औं नम्बरमा थिए, वीरेन्द्रराज शर्मा पोखरेल ।
डीनले दीक्षित हुन बोलाएसँगै पोखरेल पत्नी वन्दनाको हात र सेतो छडी समाउँदै स्टेजमा उक्लिए । उनी स्टेजतर्फ उक्लिँदै गर्दा तालीको वर्षा भयो । दीक्षित हुन आउनेहरू र फोटो पत्रकारको ध्यान उनैमा केन्द्रित भयोे । हँसिलो मुहारमा स्टेज उक्लिएका पोखरेलले त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट प्रमाणप्रत्र बुझे अनि हात मिलाए ।
स्टेजमा रहेका त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायत अन्य अतिथि पोखरेललाई देखेर दंग देखिन्थे । उनी प्रमाणपत्र लिएर पत्नीको हात समाउँदै हर्षित मुद्रामा स्टेजबाट तल झरे ।
यसरी आयो पीएचडी गर्ने सोच
ललितपुरको कुपण्डोल घर भएका पोखरेलले १७ वर्ष अगाडि जापानमा जाने अवसर पाएका थिए । उनले त्यहाँ पीएचडी गरेका तथा मन्त्री भएका दृष्टिविहीनहरूसँग भेट्ने अवसर पाए । त्यो अवसरले पोखरेललाई पनि पीएचडी गर्ने सोच आयो । पोखरेल म पनि पीएचडी गर्नसक्छु भन्ने अठोट लिएर नेपाल फर्किए । अन्ततः उनको अठोट पूरा भएरै छाड्यो । त्यसको १७ वर्षपछि आज प्रधानमन्त्री एवं कुलपतिको हातबाट दीक्षित हुने अवसर पाए ।
‘मैले आफू दृष्टिविहीन भएपछि सूचना प्रविधिको प्रयोगबाट दृष्टिविहीनलाई शिक्षामा अगाडि बढाउन सकिन्छ भनेर जापानमा गएर सिक्ने अवसर पाएँ,’ पोखरेलले लोकान्तरसँग भने, ‘जापानमा प्रविधि सिकेर आएपछि त्यो प्रविधि नेपालमा लागू गर्न कस्तो चुनौती छ र त्यसलाई ग्रामीण तहसम्मका दृष्टिविहीनले प्रविधिबाट कसरी शिक्षा प्राप्त गर्न सक्छन् भनेर रिसर्च गरेँ । धेरै अध्ययन अनुसन्धान गरेर विद्यावारिधि गर्न सफल भएँ ।’
दृष्टि नहुनुभन्दा पनि अध्ययन गर्ने प्रविधि र शैक्षिक सामाग्री नहुनु दृष्टिविहिनलाई शिक्षा हासिल गर्न चुनौती रहेको पोखरेल बताउँछन् । तर चुनौतीलाई सामाना गर्ने आँट आफूसँग भएमा अध्ययन गर्न सकिने उनको तर्क छ ।
‘मैले आफूलाई अध्ययनमा समर्पित गरेर त्यसमा लागेँ । एकदम लगनशीलताका साथ अध्ययन गर्न सक्यो भने हामीजस्तो दृष्टिविहीनले पनि पीएचडी गर्न सक्छन् भन्ने मैले प्रमाणित गरे र मेरा अरु साथीहरूले पनि गरेका छन्,’ पाखरेलले भने, ‘यदि नेपालमा उपयुक्त वातावरण भयो भने हामीजस्ता दृष्टिविहीनले पनि आफ्नो क्षमता प्रस्तुत गर्न सक्छौं ।’
उनीसँगै रहेकी पत्नी वन्दना पनि पति दीक्षित हुँदा हर्षित् देखिन्थिन् ।
‘मलाई एकदमै गर्व लागेको छ, उहाँजस्तो क्षमतावान् व्यक्तिलाई श्रीमानको रूपमा पाएको छु,’ वन्दनाले लोकान्तरसँग भनिन्, ‘आज यो दीक्षान्त समारोहले उहाँको मेहेनत, समर्पण र क्षमताको मूल्याङ्कन भएको छ भन्ने लाग्छ । यसले हामीलाई अझै ऊर्जा मिलेको छ ।’
पोखरेलले 'नवीनतम् सूचना प्रणाली, विशेषगरी पहुँचयुक्त सूचना प्रणालीको प्रयोगबाट दृष्टिविहीनलाई विकास प्रक्रियामा संलग्नता' विषयमा पीएचडी गरेका हुन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...