×

NMB BANK
NIC ASIA

फ्री भिसा फ्री टिकट नीति प्रभावकारी कार्यान्वयन गराउन सर्वोच्च अदालतको आदेश

पुस १७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूसँग सम्बन्धित विषयलाई प्रभावकारी कार्यान्वयन गराउनका निम्ति आवश्यक कानून तथा संयन्त्रको व्यवस्था गर्नू गराउनू भनी नेपाल सरकार तथा श्रम मन्त्रालय लगायत
सम्बन्धित निकायहरूका नाममा सर्वोच्च अदालतबाट सोमवार निर्देशनात्मक आदेश जारी भएको छ ।    

सामाजिक न्यायको लागि कानून नीति नियम मञ्चले भदौ ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकोे थियो । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा फ्री भिसा फ्री टिकटको घोषणा गरी वैदेशिक रोजगारमा
जाने नेपाली कामदारहरूको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने व्यवस्था गर्नू भन्ने बेहोराको सूचना सार्वजनिक गरेकोे थियो । 

उक्त सूचनाको प्रभावकारी कार्यान्वयन के कति कारणले नभएको भनी भदौ २४ मा सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासबाट विपक्षी नेपाल सरकार लगायतका नाममा कारण देखाऊ आदेश जारी भएको थियो । 

सोमवार रिट निवेदनउपर अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र केदार प्रसाद चालीसेको संयुक्त इजलासले नेपाल सरकारको सूचना अनुसारको फ्री भिसा फ्री टिकट व्यवस्थाको कार्यान्वयन गर्नू र आवश्यक कानून निर्माण गर्नू भनी निर्देशनात्मक आदेश जारी भएको छ । 

रिट निवेदनमा अधिवक्ताहरू हरि फुयाँल, वरुण घिमिरे, अनुराग देवकोटा र रमेश बडालले बहस गरेका थिए । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०७८

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । सोमवार प्रधान कार्यालयले उनीहरूलाई सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको सोमवारको निर्णयअनुसार उनीहरूको सरुवा गर...

चैत १८, २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ६ कर्मचारीहरूलाई बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सचिवालयले उनीहरूलाई नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पद...

पुस २८, २०७८

लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ ।  राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहका पदहरूमा खुला तथा समावेशीतर्फ विज्ञापन खुलाएको हो ।  न्यूनतम योग्यता पुगेक...

असार १८, २०७६

काठमाडौं – संखुवासभाको चैनपुर नगरपालिकाले आफ्ना लागि लोक सेवा आयोगले खोलेको विज्ञापन रद्द गर्न पत्र पठाएपछि शुरू भएको झमेला ‘लहरो तान्दा पहरो थर्कियो भनेझैं’ तन्किन थालेको छ । चैनपुर न...

पुस २१, २०७४

नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहुने बताउँदै परीक्षाको व्यापक ...

कात्तिक २०, २०७४

काठमाडौं, १२ पुस — नेपालका ‘आइक्यु मास्टर’ कुमार तिमल्सिनाले सामान्य लगाव र धैर्य कायम गर्न सकेमा लोकसेवाको परीक्षा उत्तीर्ण गर्न सकिने बताएका छन् । उनले संसारमा कोही पनि जान्ने र नजान्ने नहु...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x