×

NMB BANK
NIC ASIA

सर्वोच्चमा ‘संसदीय सर्वोच्चता’, चोलेन्द्रले कार्यभार सम्हाल्दा दीपकराज जोशी ‘बेरोजगार’ !

पुस १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले कार्यभार सम्हालेसँगै सर्वोच्चका न्यायाधीश दीपकराज जोशी भने ‘बेरोजगार’ बनेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

नवनियुक्त प्रधानन्यायाधीश राणाले पदभार सम्हालेको दिन (बुधवार) जोशीका लागि इजलाश नै तोकेनन् । ८ महिना अगाडि प्रधानन्यायाधीशका लागि सिफारिस भएका जोशी संसदीय समितिबाट अस्वीकृत भएका थिए । जोशी अस्वीकृत भएपछि प्रधानन्यायाधीश भएका ओमप्रकाश मिश्रले पनि केही दिन जोशीका नाममा इजलाश तोकेका थिएनन् । पछिल्लो समय भने मिश्रले जोशीका लागि इजलाश तोक्दै आएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय सुनुवाइका क्रममा राणालाई केही सांसदले अस्वीकृत न्यायाधीश पनि सर्वोच्चमा कार्यरत रहेको भन्दै उनको विषयमा तपाईंको भूमिका के हुने भन्दै राणालाई प्रश्न गरेका थिए । जवाफमा राणाले आफूले संविधान र संसदीय सर्वोच्चतालाई पालना गर्ने प्रतिवद्धता जनाएका थिए । 


Advertisment
Nabil box
Kumari

सर्वोच्च स्रोतका अनुसार राणाले बुधवार विहानै सर्वोच्चका मुख्य रजिष्ट्रार राजन प्रसाद भट्टराईलाई फोन गरेर न्यायाधीश जोशीलाई आफ्नो स्वागतमा सहभागी नगराउन निर्देशन दिएका थिए । राणाको निर्देशनानुसार सर्वोच्च प्रशासनले जोशीलाई नवनियुक्त प्रधानन्यायाधीशको स्वागतमा सहभागी गराएन् । पछि जोशीले राणालाई कार्यकक्षमै गएर स्वागत गरे । 

Vianet communication
Laxmi Bank

म न्यायाधीशमा अस्वीकृत भएको हैन : जोशी    

सर्वोच्च अदालतका ‘वरिष्ठतम्’ न्यायाधीश समेत रहेका जोशीले आफू संसदीय सुनुवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि न्यायाधीशका रुपमा काम गर्ने बताएका छन् । 

लोकान्तरसँगको संक्षिप्त कुराकानीमा जोशीले भने, ‘म न्यायाधीशमा अस्वीकृत भएको हैन । नियमित रुपमा काम गर्छु ।’

प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि आफूले न्यायाधीशका रुपमा काम गर्नु पाउनुपर्ने जोशीको भनाइ थियो । 

सर्वोच्च अदालतमा संसदीय सर्वोच्चता !

संसदीय सुनुवाईका क्रममा जनाएको प्रतिवद्धतास्वरुप नवनियुक्त प्रधानन्यायाधीश राणाले न्यायाधीश जोशीका लागि पेशी नतोकेको उनी निकट स्रोतको भनाइ छ । 

‘यसअघि न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्द्व सिर्जना हुनेजस्तो अवस्था आएको थियो । अब प्रन्याज्यूले राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सन्तुलनको सम्बन्ध हुनुपर्छ भन्ने धारणा राख्नुभएको छ,’ राणा निकट स्रोतले भन्यो, ‘संसदीय सुनुवाईका क्रममा उहाँले जनाउनुभएको प्रतिवद्धताअनुसार नै जोशी श्रीमानलाई पेशी नतोकिएको हुनसक्छ ।’

जोशीलाई पेशी नतोकिएको विषयमा नेपाल बार काउन्सिलका पदाधिकारीहरुले भने कुनै प्रतिक्रिया दिन चाहेनन् । केही कानून व्यवसायीहरुले भने जोशीलाई इजलाश नदिने प्रधानन्यायाधीशको कदम संसदीय सर्वोच्चतालाई अंगिकार गर्ने खालको रहेको बताए । 

‘जोशी श्रीमानले पहिले नै नैतिकताका आधारमा न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने थियो । उहाँले दिनुभएन,’ एक वरिष्ठ अधिवक्ताले लोकान्तरसँग भने, ‘नवनियुक्त प्रधानन्यायाधीशले उहाँ (जोशी)लाई सौहार्दपूर्ण तरिकाले राजीनामा दिन उपयुक्त हुन्छ भनेर सम्झाउँदा नै राम्रो होला । जोशी श्रीमानले राजीनामा दिन नमाने इजलाश नतोक्ने अधिकार प्रधानन्यायाधीशसँग छँदैछ ।’

द्वन्द्वको आशंका ? 

प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि जोशी अहिले सर्वोच्चको वरिष्ठतम् न्यायाधीश छन् । उमेरहद ६५ वर्ष नपुगेसम्म जोशी ११ असोज २०७६ सम्म सर्वोच्चमा रहनेछन् । त्यो अवधिसम्म सर्वोच्चको वरिष्ठतम् न्यायाधीशका रुपमा जोशीले न्याय परिषदको सदस्यका रुपमा पनि रहनेछन् । 

न्याय परिषदको अध्यक्षका रुपमा काम गर्न पनि प्रधानन्यायाधीश राणालाई जोशीको ‘साथ’ आवश्यक पर्ने कतिपय कानून व्यवसायीहरुको भनाइ छ । ‘नवनियुक्त प्रन्याज्यूले जोशी श्रीमानलाई इजलाश नतोक्ने, वायस गर्न खोज्ने काम गर्नुभयो भने न्यायालयमा द्वन्द्व अवस्था सिर्जना हुने खतरा पनि छ,’ एक अर्का कानून व्यवसायीको भनाइ छ, ‘जोशी श्रीमानले राजीनामा दिनुभएन भने आगामी असोजसम्म त उहाँसँग मिलेर काम गर्नुको विकल्प नवनियुक्त प्रन्याज्यूसँग छैन । सकेसम्म मिलेरै जानु राम्रो हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x