पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
व्यक्तिलाई जिम्मेवार बनाउनका लागि सहयोग, उत्प्रेरणा, र कामको जिम्मेवारी दिनुपर्छ । कामले व्यक्तिलाई उत्तरदायी र आत्मनिर्भर बनाउँछ । यसरी जिम्मेवारी आचरण वा दायित्व बहन गर्ने व्यक्ति जवाफ दिन सक्षम, भरोसायोग्य, सही र गलत आफैँ छुट्याई काम गर्न सक्षम बन्दछ । यसको विपरीत परनिर्भर व्यक्ति अरूको आदेशमा काम गर्ने, सधँै कमजोर महसूस गर्ने, आत्मविश्वासमा कमजोर र आफैँ नेतृत्व लिएर काम गर्ने असमर्थ हुन्छ ।
हाम्रो समाजमा बालबालिका तथा किशोर किशोरीहरू गृहकायका लागि अभिभावक/संरक्षक वा शिक्षकमा परनिर्भर भएको पाइन्छ । गृहकार्य गर्दा ठीक भए नभएकोमा उनीहरूमा आत्मविश्वास भएको पाइँदैन । सबै सन्दर्भ सामग्री शिक्षकले लेखिदिएको जस्ताको तस्तैे कण्ठस्त मात्र गर्ने गर्दछन् । उनीहरूमा आफैँ खोज्ने सिर्जनशीलतामा ह्रास आएको पाइन्छ ।
घरमा लामो समयदेखि खाना पकाउँदै आएका बालबालिका पनि खाना वा चिया पकाउँदा चामल र पानी कति हाल्ने, चियापत्ती/चिनी कति राख्ने हरेक पटक पकाउँदा सोध्ने गर्दछन् ।
शिवपुरी बाबाले आफ्नो शिष्यलाई बालबालिकालाई कसरी सिकाउने भन्ने सन्दर्भमा चिया पकाउन उदाहरण प्रस्तुत गर्नुभएको छ :
‘उमेर अनुसार निगरानी राखी आगोबाट जोगिन सिकाउँदै चिया पकाउन स्वतन्त्र छाडिदिनुस् । उनीहरूले लामो समयदेखि अभिभावकले चिया पकाएको देखेका छन्, उनीहरूका लागि चिया पकाउनु नौलो होइन । उनीहरूलाई पानी, चिया, चिनी जति हाले पनि कुनै प्रतिक्रिया नदिनुस् । बालबालिकाले पकाएर दिएको चिया खुशी मान्दै खानुस्, पकाएर खुवाएकोमा धन्यवाद दिनुस् । बालबालिकाले आफूले खाँदा थाहा पाउँछन्, कस्तो भएछ भनेर । फेरि अर्कोदिन पनि पकाउन भन्नुस्, पहिलो दिनको कमजोरी दोस्रो दिन आफैँ सुधार्छन् । पुनः कमजोरी भएमा अर्काे दिनमा राम्रोसँग चिया पकाउन सफल हुनेछन् । यदि तपाईंले पहिलो दिन नै गाली र अपजस दिएमा उसमा आत्मविश्वास बन्न पाउँदैन । फेरि तपाईंले पानी यति कप, चिया यति, चिनी यति भन्ने गर्नुभएमा सधैँ तपाईंप्रति परनिर्भर हुनेछ । त्यसैले आफैँ परीक्षण गर्दै काम गर्न दिनुस्, ऊ राम्रो चिया बनाउन सफल हुनेछ ।’
हामी बालबालिकाले कापी, कलम, झोला, कपडा, लुगा, जुत्ता जहाँ छाडे पनि ठीक ठाउँमा राखिदिन्छौं । उसलाई चाहेको बेलामा आफैँ तयार गरिदिन्छौं । यतिसम्म कि उनीहरूले आफैं गर्नु पर्ने काम पनि हात समाएर गराउँछौं ।
यसरी हामीले उनीहरूलाई सिर्जनशील र जिम्मेवार बन्नबाट पछाडि घेकेलिरहेकाछौं, अनि भन्छौं- मेरा बालबालिका कहिल्यै जिम्मेवार भएनन् । सोच्दैनौं कि हामीले उनीहरूलाई स्वाबलम्वी र आत्मनिर्भर बन्नै दिएकै छैनौं, सधैँ हात समातेर हिँडाएका छौं । कहीँ जान पनि स्वतन्त्र छाडेका छैनौं, उनीहरूका सबै काम हामीले पूरा गरिदिएका छौं ।
बालबालिकालाई जिम्मेवार बनाउने विधिहरू
१. आफ्ना छोराछोरीलाई दैनिक गर्नुपर्ने कार्यसूचीमा ध्यान दिन लगाउनुस् । पहिलो आफूले प्रयोग गर्ने सामग्रीको जतन र सही प्रयोग गर्न ध्यान दिनुस् । नयाँ–नयाँ सीप सिक्न उनीहरूलाई तयार गराउनु र गर्न सक्छौं भनेर विश्वास दिलाउनुस् । बालबालिका हरेक पटक नयाँ काम गर्न र जिम्मेवार हुन चाहन्छन् ।
२. बाल्यकालबाटै उत्तरदायी बनाउनु हामी सबैको दायित्व हो । बालबालिकालाई बिहान समयमै उठ्ने, दिसापिसाप गर्ने, दाँत माझ्ने, हातमुख धुने सामग्रीलाई उचित मात्रामा प्रयोग गरी सबै सामग्री ठीकठीक ठाउँमा राख्ने सीपको विकास गर्नु जिम्मेवारिताका चरणहरू हुन् । समयमा होमवर्क गर्ने, पार्क वा सार्वजनिक ठाउँमा खेल्दा साथीहरूसँग मिलेर आफूलाई चोटपटक नलगाई खेल्ने । खेलकुदका सामग्रीको सही प्रयोग गरी खेल्ने र खेलिसकेपछि ठीक ठाउँमा राख्ने । ठूलालाई आदर गर्ने सानालाई माया र सहयोग गर्न सधैँ तयार गराउने ।
३. बालबालिकाले आफैंले गरेका कार्यबाट सीकाइमा राम्रो परिणाम निस्कन्छ । उनीहरूलाई जिम्मेवारी दिँदा भरोसा गर्नु र स्वतन्त्र छाडिदिनु हरेक अभिभावक तथा संरक्षक र गुरुको दायित्व हो । यसरी बालबालिकाले आफ्नो कार्य पूरा गरिरहँदा ऊ संरक्षित छ भन्ने विषयमा सधैँ संरक्षकहरू चनाखो हुनुपर्दछ । उदाहरण– पार्कमा गएर खेलेर फर्कने समय ५ः३० हो । बालक निश्चित समयमा फर्किएमा उसले आफ्नो जिम्मेवारी राम्रोसँग पुरा गर्यो । यदि ऊ ६ः३० मा फर्किएमा अभिभावकले चिन्ता गर्नुपर्दछ । त्यसैले आउने दिनमा अब बालबालिकालाई एक्लै पार्कमा पठाउनु हुँदैन । तपाईंले बालबालिकालाई इन्टरनेटको प्रयोग गर्न दिने गर्नुभएको छ भने यो सह्रानीय काम हो । तर तपाईंको छोराछोरीले त्यसको सही प्रयोग गर्दै आफूलाई चाहिने मात्रमा ठीक ढंगबाट प्रयोग गरेका छन् कि छैन् त्यसमा ख्याल गर्ने दायित्व तपाईंको हो । यदि बालबालिकाले आफूलाई चाहिने सामग्री खोज्दैछन् । तोकिएको समय त्यसको प्रयोग गरिरहेका छन् भने उनीहरूलाई इन्टरनेट प्रयोग गर्न दिनुपर्छ । तर बालबालिकाले वयस्कहरूले हेर्ने साइट हेर्ने गरेको छन् । कुनै समय सीमा विना जतिबेला पनि हेर्ने र लोमा सयम खेल खेल्ने गरेका छन् भने तपाईंले अबका दिनमा इन्टरनेटको प्रयोगमा रोक लगाउनु पर्नेहुन्छ । वा तपाई अभिभावकको निगरानीमा मात्र उनीहरूलाई इन्टरनेट प्रयोग गराउनुपर्ने हुन्छ ।
४. जिम्मेवार बन्नु एउटा कार्य पूरा गर्नु होइन, यो व्यक्तिको व्यवहार हो । त्यसैले किशोरावस्थाबाटै जिम्मेवारी दिन थालौं । तपाईंको कक्षा ७ मा पढ्ने छोराछोरीलाई आफू कामबाट फर्कंदा भोकाएकोले खाजा बनाएर राख्न लगाउनुस् । उनीहरूबाट काममा सहयोग (क्षमता अनुसारको) लिगौं । खाजा बनाएर खुवाएकोमा प्रशंसा गरौं । उनीहरू गर्न सक्षम छन् भनेर विश्वस्त हौं ।
५. बालबालिकालाई तपाईंले गर्ने काममा उसको उमेर र क्षमता अनुसार सघाउन लगाउनुस् । सो काम तपाईं आफैँले गर्दा भन्दा केही समय बढी लाग्ने र तपाईंले गरेको जत्तिकै राम्रो नहुन पनि सक्दछ । उनीहरूको काममा गर्व गर्नुहोस्, प्रोत्साहित गर्दै स्याबासी दिनुहोस्, (Dr. Ruskin) । यसरी सहभागी भएर काम गर्न आफूलाई तयार राख्दै उत्साहित हुन्छन् र आप्mनो काममा गर्व महसूस गर्दछन् । हाम्रो संविधान देखि बालबालिका ऐन, २०७५ ले बालबालिकाको सरोकारका विषयमा उनीहरूको सहभागिताको सुनिश्चितता चाहेको छ । सहभागिता नै सिकाइ र जिम्मेवारिताको आधार स्तम्भ हो ।
६.समय बढी लागेता पनि बालबालिकाको काम उनीहरूलाई नै लगाऔं । हामीले उनीहरूलाई आफ्नो काम गर्न सहयोग गर्ने भनेको विधि सिकाउँदै उत्साह र प्रेरणा दिने हो । उमेर अनुसार कपडा आफैँ लगाउने, जुत्तामा पालिस लगाउने, कपडा धुने, खाजा पकाउने आदि । हामीले गरिदिएको भन्दा केही बढी समय लाग्नेछ । काम गर्न प्रेरित गरौं न कि निर्देशन दिइरहने र हात समाएर गराउने ।
७. आफ्ना बालबालिकालाई यो जिम्मेवार छैन्, गर्न सक्दैन भनेर कहिल्यै पनि नभनौं । अभिभावकको अविश्वासले उनीहरूलाई सधैँ कमजोर बनाउँछ । उनीहरूमाथि विश्वास गर्नुस्, जिम्मेवार हुन प्रेरित गर्नुस्, विधि र सीपहरू सिकाउनुस् । ऊ सँग जे गर्ने सीप छ, त्यसमा साहस थपिदिँदै काम गर्न सक्छौं भन्ने आत्मविश्वास दिलाऔं । क्षमता विकासमा सहयोग पुर्याऔं ।
८. दिदी वा दाजुले साना भाइबहिनीको भावनामा चोट पुर्याउन सक्छन् । त्यति नै बेला उनीहरूलाई माफी माग्न लगाएर लज्जित नबनाऔं । उनीहरूको मनलाई शान्ति बनाउन कथा सुनाउने वा रमाइलो गतिविधि गर्ने गरौं । उनीहरू बीचको सम्बन्ध राम्रो बनाउन सहयोग गरौं । एक अर्काले गरेका कमी कमजोरीमा आफैँ महसूस गर्ने र माफी माग्ने वातावरण तयार गरौं ।
९. कुनै सामग्री वा काम बिगार्दा गल्ती महसूस गरी आफैँ सुधार्ने भूमिका खोज्न प्रेरित गराऔं, जसले आगामी दिनमा गल्ती नदोहोर्याउन प्रेरणा मिलोस् । विद्यालयमा वा लाइब्रेरीबाट ल्याएको किताब हराए वा च्यातिएमा पैसा तिर्नुपर्छ भन्ने ज्ञान दिलाउनुस् । उनीहरूले कसैको सामग्री बिगार्दा त्यसको आफैँले पैसा तिर्न प्रेरित गर्नुस् । किशोरावस्थाबाटै पैसाको महत्त्व बुझाऔं ।
१०. अभिभावकले सबै काम ठीक ढंगले गरौं र आफूले गरे जस्तै गर्न बालबालिकालाई प्रेरित गरौं । जस्तै: जुत्ता, कपडा, कपी कलम ठीक ठाउँमा छ/छैन बताउनुस् र तिनीहरूलाई ठीक ठाउँमा राख्ने जिम्मेवारी दिनुस् (Dr. Barzvi) ।
उदाहरणः खाना खाइसकेपछि खाएको थाल, कचौरा चम्चा सिंकमा राख्न भन्ने, आफूले पनि राख्ने र अरुले पनि राखेको देखाउने, साबुन पानीले हात धुने र सफा रुमालेले हात पुच्छ्ने आदि ।
११. प्रशंसा गर्नुस्, बालबालिका अरुलाई सहयोग गर्न मन पराउँछन् र सहयोग गर्दा खुसी हुन्छन् । उनीहरूले गरेको कामको जस दिऔं, प्रशंसा गरौं । स्कूलबाट फर्केपछि जुत्ता र्याकमा राखेकोमा र कोठाको फोहोर डसबिनमा हालेकोमा धन्यवाद दिँदै म आज ज्यादै खुसी छु भन्दै प्रशंसा गनुहोस् (Dr. Barzvi) । यसले उनीहरूलाई जिम्मेवार बनाउँदै लैजान्छ र आत्मविश्वास बढाउँछ ।
१२.बालबालिकाबाट तपाईंले अपेक्षा निर्धारण गर्नुहोस्, बालबालिका छिट्टै सिक्ने र छिट्टै बिर्सने हुन्छन् । उनीहरूले पहिले गरेका कार्यहरू बिर्सेको हुनसक्छ, पुनः सम्झाउनुस् । काम ठीक तरिकाबाट नभएकोमा आलोचना नगरौं । पुनः सही तरिका सिकाउँदै गर्न लगाऔं । राम्रो गर्नासाथ स्याबासी दिऔं । उनीहरूको अनुहारमा पुनः मुस्कानका साथ जिम्मेवार र आत्मविश्वास बढाऔं ।
१३. दैनिक कामको समय तालिका बनाएर काम गराऔंः साना बालबालिकाले दैनिक गरेका र गर्ने सबै काम आफ्नो जिम्मेवारीका रूपमा सम्झिरहेको हुँदैन त्यसैले उनीहरूकै सहमतिमा तालिका बनाइ प्रिन्ट गरेर सजिलै देख्ने ठाउँमा राखौं । तालिका अनुसार ठीक समयमा गर्न प्रेरित गरौं (Ruskin) । सबै काम ठीक गरेकोमा प्रोत्साहित र धन्यवाद दिन नबिर्सौं ।
१४. नियमित अनुगमन गरौंः बालबालिकाले आफ्नो गृहकार्य वा आर्ट गरिसकेपछि टेबल सफा गरी कैँची कागज र रंग ठीक ठाउँमा राख्न लगाऔं । यसो नगरेमा भोलि आफूलाई चाइँदा कैँची रंग नभेटिने र टेबल फोहोर हुने पुनः सम्झाऔं । बालबालिकाको स्वभाव नै हो, उनीहरू यो सबै गर्न नपरे हुने थियो भन्ने ठान्दछन् (Dr. Barzvi) ।
यसैगरी अभिभावकहरू बालबालिकाले दुःख नपाओस्, दुःखी नहोस्, नरिसाओस्, पीर नमानोस् भनेर उसका सबै काम र समस्याहरू समाधान गरिदिन्छौं । त्यसैले उनीहरूमा जिम्मेवार बन्नुपर्छ भनेर अनुभूति नै हुँदैन ।
विद्यालय जाँदा तपाईंको बालबालिकाले कलर बिर्सियो भने विद्यालयमा आर्ट गर्न पाउने छैन र भोलिदेखि कलर बोक्न आफैँ सम्झन्छ । घर, विद्यालय तथा अन्य ठाउँमा कुनै खेलौना वा खेल सामग्री खेलिसके पछि जतन नगर्दा आउने दिनमा कम्तिमा ३ देखि ५ दिन कुनैपनि खेल खेल्न नदिऔं ।
१५. तपाईंका छोराछोरीलाई व्यक्तिगत रूपमा आएका समस्या समाधानका लागि विकल्पहरू खोज्न र आप्ठ्याराहरूको समाना गर्न प्रेरित गरौं । समस्या समाधानका उपाय खोज्ने हो र समाधान निकाल्ने उसैको दायित्व हो, त्यसैले गर्न सक्छौ भनेर हौसला दिऔं । हामीले बालबालिकामा डर र कमजोरी भावना आउन नदिनका लागि भरोसा/विश्वास दिलाउने मात्र हो । समस्याको समाधान खोज्न सीर्जनशील बनाओस् । माफी मागेर होस् वा प्रतिवाद गरेर भएपनि समस्याको समाधान गर्न प्रेरित गरौं (Eleanor Roosevelt) ।
बालबालिकालाई जिम्मेबार बनाउन सजिलो नहुन सक्छ जिम्मेवार बनाउने दायित्व अभिभावकको हो । यसका लागि निरन्तर उनीहरूलाई विश्वासका साथ काम गर्ने अवसर सिर्जना गरौं । यसमा समय अवश्य लाग्नेछ, तपाईंको उनीहरूप्रतिको विश्वास र सहयोगबाटै बालबालिका जिम्मेवार र आत्मनिर्भर बन्नेछन् ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...