कात्तिक ८, २०८०
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लामो प्रशासनिक अनुभव सँगाल्नुभएका श्रीवत्सराज न्यौपानेको संस्मरण भुक्तभोगीको बकपत्रले २००७ सालको प्रजातन्त्रपछि अनि २०१७ मा त्यसको हरण गरिएको अवधिको केही समयपछिसम्मको नेपाली समाजको चित्र पाठकसामु प्रस्तुत गरेको देखिन्छ ।
लेखक न्यौपानेले २०२२ को प्रशासनिक विभाजनअघि पूर्व २ नम्बर गोश्वाराका रूपमा चिनिने रामेछाप जिल्लामा जन्मेर नेपालको पश्चिमी भागमा रहेका दुर्गम क्षेत्रहरूमा प्रशासनिक सेवा गर्नुभएको कुरा पुस्तकमा उल्लेख गर्नुभएको छ । गौंडा गोश्वारामा सिंहदरबारका स्थायी कर्मचारीलाई बडाहाकिम बनाएर पठाउने चलन रहेकोमा जुम्लाका बडाहाकिमको सहायक भएर न्यौपानेज्यू खटिनुभएको रहेछ ।
त्यसरी खटिएका बडाहाकिमले जनतालाई चरम शोषण गरेर उनीहरूलाई अकारण थुन्ने, यातना दिने र ठूलो रकम दिन लगाउने गर्दा रहेछन् । तर धार्मिक तथा नैतिक संस्कारमा हुर्किएर मनमा हरिको वास हुनुभएका न्यौपानेज्यूलाई त्यो असह्य हुन्थ्यो । अनि जुम्लामा खटिएका बडाहाकिम नन्दबहादुर शाह चाहिँ शोषक मात्र नभई परपीडामा रमाउने किसिमका व्यक्ति रहेछन् । उनले अरू फटाहा कर्मचारीसँग मिलेर जुम्लाका सोझासादा जनतालाई चरम अत्याचार गरेको न्यौपानेलाई चित्त बुझ्दैनथियो । सार्वजनिक सम्पत्तिलाई व्यक्तिको नाममा सार्ने नन्दबहादुरको अन्यायी निर्णयलाई उहाँले रायबाझी गराइदिनुहुन्थ्यो ।
यसरी नन्दबहादुरको आँखाको कसिंगर बन्दै जानुभएपछि उनले न्यौपानेको ठाउँमा आफ्नो भाइ पर्ने राजबहादुर शाहलाई ल्याउने निर्णय लिए । तर न्यौपानेज्यूले यसमा विरोध जनाउनुभएपछि नन्दबहादुरले उहाँलाई रातविरात डेराबाट झिकाएर लछारपछार गर्दै थुनामा पठाए । अझ उहाँलाई ६ दिनसम्म अन्नपानी समेत नदिई राखियो ।
लेखकले आफूमाथिको यो अन्यायलाई यथार्थ रूपमा गर्नुभएको प्रस्तुतिले पाठकमा उहाँप्रति सहानुभूति अनि अन्यायी नन्दबहादुरप्रति आक्रोश जन्माउँछ । यस्ता किसिमका अन्यायहरू उक्त समयमा बाक्लै हुने गर्थे त्यसैले पहिलेको युगमा सबै राम्रैराम्रो थियो, रामराज्य थियो भन्ने तर्क गर्ने व्यक्ति सर्वथा गलत ठहर्छ । त्यतिखेर पनि समाजमा असल र खराब दुवैथरी व्यक्ति हुन्थे । अझ अहिलेको जति खुला समाज अनि सञ्चारमाध्यमको बाहुल्य नभएको अवस्थामा अन्यायका खबर पनि आमजनतामा पुग्न पाउँदैनथिए ।
तर दैवी न्याय प्रबल हुन्छ र अन्यायीले आफ्नो अत्याचार सदा सर्वदा गरिरहन पाउँदैन । नन्दबहादुरको अत्याचारको खबर गृह मन्त्रालयसम्म पनि पुग्छ र उताबाट पत्र आएर न्यौपानेज्यूलाई थुनामुक्त गरिन्छ । बडाहाकिमबाट अन्याय सहेका अनि न्यौपानेज्यू चाहिँ आफ्नो सतमा रहेको देखेका जुम्लीहरू उहाँ थुनामुक्त भएपछि खुशी भएर उहाँलाई काँधमा चढाएर बजार घुमेको वर्णनले पाठकलाई खुशी तथा भावुक बनाउँछ । पछि नन्दबहादुरलाई जरिवाना तिराउने गरी कारवाही पनि गरिन्छ ।
संस्मरणको यही घटना वर्णनले पुस्तकको शीर्षक जुराएको देखिन्छ । कुनै पनि गल्ती नगरिकन भोग्नुपरेको भुक्तभोगीले जो यथार्थ छ त्यसको वर्णन गरेर पाठकसामु बकपत्र दिएकाले पुस्तकको शीर्षक भुक्तभोगीको बकपत्र जुर्न गएको देखिन्छ ।
यस संस्मरणमा रहेको अर्को प्रसंगले पंक्तिकारलाई अभिभूत बनायो । जुम्लामा थुनामुक्त भएपछि गृह मन्त्रालयमा हाजिर गर्न बोलाइनुभएका न्यौपाने त्यहाँबाट सुर्खेतका लागि हिँड्नुहुन्छ । उहाँलाई साथ दिन एक सिपाही मानबहादुरलाई पनि खटाइन्छ । दुईजना च्याखुरेको लेकमा आइपुग्दा मुसलधारे पानी पर्छ । मानबहादुर गलेर हिँड्न नसक्ने भएपछि उहाँ उससँग छुटिट्नुहुन्छ । पानीबाट बच्नका लागि अन्धाधुन्ध दौडिँदा उहाँ चिप्लिन पुग्नुहुन्छ । त्यस्तो अवस्थामा असहाय अनुभव गरेपछि उहाँ भगवानलाई पुकार्नुहुन्छ ।
त्यसपछि लगत्तै एकजना मानिस कुकुर लखेट्दै त्यहाँ आइपुग्छन् र उहाँको खोजखबर गर्न थाल्छन् । उनैले लेकको गोठमा वास दिन्छन् अनि भोक मेटाउनका लागि रोटी बनाउन पीठो र अरू सर्दाम पनि दिन्छन् । मानबहादुर पनि त्यहाँ आइपुग्छन् र सबैजना त्यही गोठमा रात कटाउँछन् । भोलिपल्ट ती परोपकारी व्यक्तिले बाटोमा राम्ररी हिँड्न लट्ठी समेत दिन्छन् । अनि उपकारको बदलामा पैसा लिन समेत मान्दैनन् ।
उनीसँग छुट्टिएको निकै बेरपछि गाउँ पुग्दा न्यौपानेज्यू र मानबहादुर एकजना गाउँलेकहाँ पुग्छन् । कहाँबाट आयौ भनी उनले खैखबर गर्दा माथि जंगलमा वास बसेको उनीहरू सुनाउँछन् । तर गाउँलेले माथि बस्न लायक ठाउँ नै छैन, पूरै भिरालो ठाउँ त्यसमाथि पहिरो गएको, त्यहाँ गोठ हुनै सक्दैन भन्छन् । अनि त्यो दिशातिर हेर्दा साँच्चै गोठको नामोनिशानै देखिँदैन ।
त्यहाँ गोठ उत्पत्ति हुनु, खानेकुराको प्रबन्ध मिल्नु, सुत्नलाई अवसर पाउनु सबै भगवानको लीला हुनुपर्छ भन्ने न्यौपानेज्यूको निष्कर्ष छ । ईश्वरको अस्तित्वलाई अस्वीकार गर्नेहरूले त यसलाई लेखककोे मनोभ्रान्ति मात्र मान्लान् तर आस्तिक हृदय भएका व्यक्तिका लागि यो विश्वसनीय वर्णन हो । संंसारको सृष्टि गर्ने परमात्मालाई भक्तमाथि कृपा गरेर प्राण बचाउने प्रबन्ध मिलाउनु ठूलो कुरा हैन ।
च्याखुरे लेकको यो प्रसंग पढ्दा पाठकलाई रोमाञ्चक अनुभव हुन्छ । लेखकको ध्यान घटनाप्रति एकत्रित हुन पुग्छ र त्यसरी पाठकलाई बाँध्न सक्नु लेखकको कौशल हो ।
पुस्तकमा नेपालको तत्कालीन प्रशासन व्यवस्थापनसम्बन्धी अनेकौं रोचक प्रसंगहरू छन् । जुम्लापछि लेखकलाई दैलेखमा खटाइएकोमा बडाहाकिमको अनुपस्थितिमा कायममुकायम बडाहाकिमको जिम्मेवारी दिइएको रहेछ ।
त्यसैताक राजा महेन्द्रले २०१७ सालको पुस १ गते विश्वेश्वर प्रसाद कोइरालाको मन्त्रिमण्डललाई विघटन गरेर आफ्नै अध्यक्षतामा प्रत्यक्ष शासन चलाउने घोषणा गरेका थिए । त्यस कदमपछिको शान्ति सुरक्षा प्रबन्ध मिलाउने जिम्मेवारी तत्तत् स्थानका बडाहाकिमलाई दिइएकोमा दैलेखमा लेखकले राम्रो सुरक्षा व्यवस्था मिलाउनुभएको प्रसंग छ ।
लेखकले सँगाल्नुभएका अन्य उल्लेखनीय अनुभवमा २०१८ सालमा लार्के हिमालको फेदमा सीमा निर्धारण कार्यमा खटिनु पनि रहेको छ । नेपाली र चिनियाँ सर्भेयरहरूले त्यसबेला दुई देशको सीमा निर्धारण गरेका थिए र न्यौपानेज्यूले पनि सीमा निर्धारण तथा व्यवस्थापनको अनुभव लिन पाउनुभयो ।
उत्तरी सीमाका साथै लेखकज्यूले दक्षिणी सीमा प्रबन्धनको अनुभव पनि सँगाल्नुभएको देखिन्छ । चितवनमा सीमा प्रशासन शाखामा सरुवा भएपछि सीमा व्यवस्थापनमा खटिने क्रममा भारतीय पक्षबाट बेइमानीपूर्वक सीमास्तम्भलाई आधी किलोमिटर उत्तरतर्फ सारेको उहाँले जानकारी पाउनुहुन्छ । तत्कालै कर्मचारी र स्थानीयलाई परिचालन गरेर उहाँले निजी खर्चमा साबिककै ठाउँमा सीमास्तम्भ राख्ने प्रबन्ध मिलाउनुहुन्छ । यसबाट उहाँको देशप्रेम मूर्त रूपमा प्रकट भएको छ ।
त्यस्तै सप्तरीदेखि राप्ती र कर्णाली लगायतका विभिन्न ठाउँमा प्रशासन चलाएको अनुभव पुस्तकमा भेटिन्छ । अनि व्यक्तिगत तथा पारिवारिक वर्णनहरू पनि प्रशस्तै भेटिन्छन् । बाल्यकाल तथा किशोरवयमा पढाइ तथा कामको सिलसिलामा सँगालेका प्रसंगहरू पनि छन् । अनि लामो अनुभवले दिएको ज्ञानलाई पनि पुस्तकको अन्त्यतिर लेखकले पाठकका सामु प्रस्तुत गर्नुभएको छ । ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको’ भन्ने नेपाली आहान नै छ र वयोवृद्ध तथा अनुभवी लेखकज्यूका नैतिक सल्लाहहरू मननीय नै छन् ।
पुस्तकको कमजोरीको कुरा गर्दा सम्पादनमा अलि कम ध्यान पुगेको हो कि जस्तो देखिन्छ । प्रसंगहरू सिलसिलेवार छैनन् । एउटा प्रसंग चलिरहेको बेलामा अनायास अर्को प्रसंग पनि आउँछ अनि पछि कतै गएर प्रसंग दोहोरिन्छ । ‘यसको वर्णन माथि नै गरिसकिएको छ’ भन्ने शब्दावली बारम्बार दोहोरिन्छ । अनि प्रसंगहरूमा शीर्षक निर्धारण पनि त्यति मिलेको छैन । साना प्रसंगमा शीर्षक दिइरहनुपर्दैनथियो शायद । अनि मुद्राराक्षस नपरोस् भनी पर्याप्त ध्यान दिइएको पनि देखिँदैन ।
तर यी सानातिना कमजोरीले समग्र पुस्तकको पठनीयतामा बाधा गर्दैनन् । आजभन्दा ६० वर्षअघिको नेपालको सटीक तस्वीर पुस्तकले पाठकलाई देखाउन सफल भएको छ ।
पुस्तक : भुक्तभोगीको बकपत्र
लेखक : श्रीवत्सराज न्यौपाने
प्रकाशिका : धनलक्ष्मी न्यौपाने
पृष्ठसंख्या : १४०
मूल्य : रु. १०५
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...