कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पुस २२, २०७५
धनगढी – कैलालीको कैलारी गाउँपालिका– २ स्थित गुरगी सिँचाइ आयोजनाले कुनैबेला किसानहरूको मुहार नै फेरेको थियो ।
वि.सं. २०५० को दशकमा जिल्लाकै नमूना रहेको सो आयोजनाबाट दक्षिणी क्षेत्रका ६ हजार बढी किसानको खेतमा पानी पुग्थ्यो । तर २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्कायो । अनि शुरू भयो किसानले पुर्पुरो हात राख्ने दिन । हालसम्म कुनैपनि तहको सरकारले निर्माणमा तदारूपता देखाउन सकेको छैन ।
‘गुरगी सिँचाइबाट मूल नहरमा पानी आउँदा कहिल्यै समस्या भएन । कुकुरभुक्कादेखि तल भुइयाँफाँटा गाउँसम्म पानी फालाफाल हुन्थ्यो’, गुरगी सिँचाइ आयोजनाको पानीबाट खेती गरेका दिनलाई कैलारी गाउँपालिका–१ रानामुडाका श्यामलाल चौधरीले स्मरण गरे ।
उनका अनुसार आयोजना सञ्चालन हुँदा कुकुरभुक्कादेखि तल्लो तटीय क्षेत्रका किसानले कहिल्यै समस्या भोग्नु परेन । जुनसुकै सिजनको खेतीपाती मज्जाले सम्पन्न हुन्थ्यो । तर अहिले पानीकै लागि झगडा गर्नुपर्नेदेखि लिएर थुप्रै समस्या र दुःख कष्ट झैल्दै आएको दुखेसो उनले पोखे ।
स्थानीयका अनुसार आयोजनाबाट कैलारी गाउँपालिकाको झण्डै ६ हजार किसान लाभान्वित हुँदै आएका थिए । तर बाँध भत्केपछि किसानले समस्या भोगिरहनु परेको हो ।
तत्कालीन समयमा उक्त सिँचाइ आयोजनाबाट १ हजार ४ सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध थियो । २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्कायो । दशक अगाडि भत्केको बाँध अहिलेसम्म बनाइएको छैन । किसानहरू नहरको पानी उपभोग गर्नबाट बञ्चित हुँदै आएका छन् ।
सिँचाइको सुविधा नहुँदा खेतीपाती गर्न निकै समस्या रहेको कैलारी गाउँपालिका– ७ भुइयाँफाँटा गाउँका कृषक कुन्तेराम चौधरीले बताए । ‘बोरिङ्गको भरमा खेती गर्दा लगानी धेरै हुने गर्दछ’, उनले भने– ‘चाहेको बेलामा सिँचाइ गर्न पनि गाह्रो छ ।’
स्थानीय बुढापाकाका भनाई अनुसार कैलारी गाउँपालिका– २ कुकुरभुक्कास्थित कटैनी नदीमा रहेको गुरगी सिँचाइ आयोजना जिल्लाकै पुरानो सिँचाइ आयोजना मध्येको एक हो । उक्त क्षेत्रका कुनै बेलाका जमिन्दार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत् सिँचाइका लागि बाँध निर्माण गराएका थिए । जुन माटो र झारपातले बनेको कच्ची बाँध थियो । कच्ची बाँध नटिक्ने भएपछि २०२६ सालमा छटकपुर बसन्ताका तत्कालीन स्थानीय रोइना चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समितिले आयोजनाका लागि ढुङ्गाको बाँध बनाइ किसानका खेतसम्म पानी पुर्याएको थियो ।
त्यसले केही वर्षसम्म खेतमा सिँचाइ भए पनि दीर्घकालीन सुविधा हुन सकेन । २०५० को दशकसम्म हालको कैलारी गाउँपालिका वडा नम्बर १, २, ५ र ७ का डेढ दर्जन गाउँसम्म सिँचाइ भएपनि बाँध भत्केपछि नहरमा पानी आउन बन्द भएको कैलारी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कमल चौधरीले बताए । ‘गाउँका स्थानीय किसानले सिँचाइ सुविधाका लागि ४/५ महिनासम्म नहर निर्माणमा जनश्रमदान गर्ने गरेका थिए’, आफूले पनि जनश्रमदान गरेको स्मरण गर्दै उनले भने, ‘तर हजारौं किसानको भविष्यसँग जोडिएको यो आयोजना दीर्घकालीन बन्न सकेन ।’
गुरगी आयोजनाको बाँध बनाउने र भत्किने क्रम मुलुकमा गणतन्त्र आउँदासम्म जारी रह्यो । तत्कालीन द्वन्द्व व्यवस्थापनपछि नेपाल सरकारको लगानीमा आर्थिक वर्ष २०६२/०६३ मा प्रेमशङ्कर भट्टको पीएस कन्स्ट्रक्सनले पक्की बाँध बनाएको थियो । तर डेढ करोडभन्दा बढी रुपैयाँ लगानी गर्दा पनि किसानको खेतसम्म पानी पुग्न सकेन । लगत्तै २०६४ मा आएको बाढीले बाँध भत्कायो । अहिले गुरगी सिँचाइ आयोजना नामको मात्रै भएको छ । किसानको खेतसम्म पानी पुर्याउनका लागि बनाइएको मूल नहर ठाउँ–ठाउँमा मिचिएको छ ।
उजलीसेमरा गाउँका ६५ वर्षीय फूलपाती चौधरीको बुझाइमा सिँचाइ आयोजनाको मूल नहर अग्लो र बाँध होचो भएको कारणले टिकाउ हुन नसकेको हो । पक्की बाँध बनाइएपछि बाढी आएको बेलामात्रै मूल नहरमा पानी जाने गर्दथ्यो’, गुरगी सिँचाइ आयोजनालाई नजिकबाट बुझेका उनले भने–‘बाढी घटेलगत्तै मूल नहरको पानी उल्टै कटैनी नदीमा झर्ने गर्दथ्यो ।’ मूल नहर सफा गरेर बलियो पक्की बाँध बनाइएमा पुनः किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने चौधरीको ठम्याइ छ । गुरगी सिँचाइ आयोजना बिग्रेपछि स्थानीय किसान बोरिङ्ग र अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका छन् ।
इञ्जिनीयरबीच लडाईं
आव २०७३/२०७४ मा सो आयोजना पुनःनिर्माण गर्ने या नयाँ निर्माण गर्नेबारे सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले पहल शुरू गरेको थियो । तर पुनःनिर्माण गर्ने वा पुरानै संरचनालाई मर्मत गरेर प्रयोगमा ल्याउने भन्ने विषयमा प्राविधिकहरूबीच नै कुरा बाझिएपछि निर्माण कार्य रोकियो । सोही आर्थिक वर्षमा गुरगीको निर्माण कार्य अगाडि नबढ्दा विनियोजित १ करोड २० लाख रुपैयाँ जिल्लाका अन्य योजनामा रकमान्तर समेत गरिएको थियो ।
प्राविधिकबीच देखिएको मतभेद र जयपति चौधरीको अध्यक्षतामा गठित उपभोक्ता समिति पनि निक्रिय भएपछि आयोजनाको डीपीआर बनाउने कार्यले गति लिएन ।
चालु आर्थिक वर्षमा पनि सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिकाको कार्यालयले डेढ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै केन्द्र सरकारले पनि उक्त आयोजनाको लागि बजेट दिएको जनाइएको छ ।
विगतमा उपभोक्ता समिति सुसुप्त भएका कारणले सिँचाइ आयोजना अहिलेसम्म नबनेको उल्लेख गर्दै समितिलाई क्रियाशील बन्न आग्रह गरेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए ।
अध्यक्ष चौधरीले चालु वर्ष आयोजनाका लागि बजेट विनियोजन गरेकोले समितिलाई क्रियाशील बनाउन, नवीकरण गर्न र कर चुक्ता गर्नका लागि आग्रह गरेको बताए ।
उपभोक्ता समितिका अध्यक्ष जयपति चौधरीले समितिको नाममा बैंकमा खाता खोल्ने काम भएको बताए । सरकारले खातामा बजेट उपलब्ध गराएमा चालु आर्थिक वर्षबाटै काम शरू गर्ने उनको भनाइ छ ।
आयोजना पुनः सञ्चालनका लागि ३० देखि ५० करोड बजेट आवश्यक हुने उपभोक्ता समितिका अध्यक्ष चौधरीको भनाइ छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...