असोज १९, २०८०
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
पुस २५, २०७५
काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी ५ दिने घरबिदामा छन् । जोशीको बिदा बुधवारसम्म छ । घर बिदा सकिएपनि बिहीवार सर्वोच्चमा हाजिर हुने कि नहुने भन्ने विषयमा जोशी अन्योलमा छन् ।
गत बुधवार (मंसिर १८ गते) प्रधानन्यायाधीशको पदभार सम्हालेपछि चोलेन्द्र शमशेर राणाले जोशीको जिम्मेवारी ‘खोसिदिएका’ छन् । राणाले संसदीय समितिमा जनाएको ‘प्रतिबद्धता पूरा गर्न’ जोशीलाई मुद्दा हेर्ने जिम्मेवारीबाट हटाएको राणाले सार्वजनिक रूपमै बताइसकेका छन् ।
यस्तो अवस्थामा अब जोशी के गर्छन् त ? लोकान्तरले बुधवार दिउँसो जोशीलाई यही प्रश्न गर्दा उनले तत्काल कुनै योजना नभएको बताए ।
राणाले जोशी आफ्नो बाल्यकालदेखिको साथी भएपनि ‘न्यायालयमा सुधार ल्याउन’ उनलाई जिम्मेवारीबाट हटाउनुपरेका बताउने गरेका छन् । राणानिकट स्रोतका अनुसार जोशीलाई जिम्मेवारीबाट हटाउँदा राणा पनि ‘खुशी’ छैनन् । तर संसदीय समितिमा आफूले गरेको प्रतिबद्धता पूरा गर्नैपर्ने बाध्यता रहेको राणाले बताउने गरेका छन् ।
जोशीको नियति
नेपालको २८औं प्रधानन्यायाधीशमा सिफारिस हुँदा न्यायाधीश जोशीमा एउटा निश्चिन्तता थियो, प्रधानन्यायाधीश बन्ने । संसदीय सुनुवाइका क्रममा समितिका सदस्य (सांसद्)हरूलाई ‘साथीहरू’ भन्नेदेखि सुनुवाइका क्रममा सोधिएका कतिपय प्रश्नको उत्तर नदिनेजस्ता उनका व्यवहारले त्यसको प्रतिबिम्वित गथ्र्यो ।
तर संसदीय सुनुवाइको इतिहासमा भएको पहिलो घटनाले न्यायापालिकाको नेतृत्व गर्ने जोशीको चाहनामा ब्रेक लगाइदियो । जोशी नेपालको प्रधानन्यायाधीश बन्न ‘अयोग्य’ रहेको भन्दै सुनुवाइ समितिका बहुमत सदस्यबाट ‘अस्वीकृत’ भए ।
त्यसपछि जोशीभन्दा ‘कनिष्ठ’ ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बने । उनीपनि गत मंगलवार (पुस १७ गते)देखि अनिवार्य अवकाशमा गएर जोशीभन्दा अर्का ‘कनिष्ठ’ चोलेन्द्र शमशेर राणाले न्यायपालिकाको नेतृत्व सम्हालिसकेका छन् ।
जोशीमा नैतिकता छैन ?
लामो समयदेखि कानून व्यवसायीका रूपमा सक्रिय एक वरिष्ठ अधिवक्ता जोशीमा नैतिकता नै नभएको टिप्पणी गर्छन् । नैतिकता भएको भए संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुनेबित्तिकै जोशीले राजीनामा दिनसक्ने ती वरिष्ठ अधिवक्ताको कथन छ ।
संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको तेस्रो दिन (साउन २० गते)देखि जोशी ३९ दिन घर बिदामा बसेका थिए । धेरैले त्यतिबेलै जोशीले राजीनामा दिने पनि बताउने गरेका थिए । तर धेरैको अनुमानविपरीत जोशी आफू अस्वीकृत भएपछि प्रधानन्यायाधीश बनेका मिश्रलाई स्वागत गरेर सर्वोच्चमा फर्किए, २६ भदौमा ।
प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई अंगालो हालेर स्वागत गरेपनि जोशीले सर्वोच्च फर्किएको ३ दिनसम्म मुद्दा हेर्ने जिम्मेवारी पाएनन् ।
यसबीचमा सत्तारुढ दल नेकपाका सांसदको हस्ताक्षर पनि संकलन गरियो, जोशीविरुद्ध महाअभियोग दर्ता गर्न भनेर । तर महाअभियोगको प्रक्रिया अगाडि नबढ्दै संसदको बर्खे अधिवेशन सकियो ।
प्रधानन्यायाधीशको पदभार ग्रहण गर्दा ओमप्रकाश मिश्रले पनि जोशीलाई जिम्मेवारी दिन चाहेका थिएनन् । तर नेपाल बार एशोसिएशन र नेपाली कांग्रेसका केही नेताको दबाबपछि जोशीले मुद्दा हेर्ने अवसर पाए ।
सर्वोच्चबाट बाहिरिने बेला मिश्रले जोशीलाई धेरै ‘गुन लगाएको’ सर्वोच्चकै केही अधिकारीको भनाइ छ । जोशीलाई विशेष महत्त्वका केही मुद्दा हेर्ने जिम्मेवारी दिएर मिश्रले गुन लगाएको सर्वोच्चका अधिकारीको कथन छ ।
तर चोलेन्द्र शमशेर राणा भने जोशीलाई मुद्दा नदिने अडानमै छन् । आफूले संसद्सँग नै प्रतिबद्धता जनाइसकेकाले त्यसबाट पछाडि फर्किन सकिने अवस्था नरहेको बताए ।
राणा सर्वोच्चमा प्रधानन्यायाधीश बनेर आएपछि जोशीसँगको उनको केही औपचारिक कुराकानी मात्रै भएको छ । लोकान्तरसँगको कुराकानीका क्रममा जोशीले पनि राणासँग एक–दुईपटक औपचारिक रूपमा मात्रै कुराकानी भएको बताए ।
आफूहरूबीचको व्यक्तिगत सम्बन्ध सौहार्दपूर्ण रहेपनि पेशागत रूपमा केही फरक धारणा रहेको जोशीले स्वीकारे । ‘उहाँले संसद्मा नै मलाई जिम्मेवारी नदिने प्रतिबद्धता जनाउनुभएको छ, त्यो उहाँकै विषय हो,’ जोशीले लोकान्तरसँग भने ।
राणा र आफूबीच बाल्यकालदेखिकै सम्बन्ध रहेको र कलेज पढ्दा पनि आफूहरू मिल्ने साथी रहेको जोशीले स्मरण गरे ।
‘तपाईंको साथीले तपाईंबाट सहयोगको अपेक्षा गर्नुभएको छ, उहाँले सार्वजनिक रूपमा नै तपाईंले राजीनामा दिए न्यायपालिकामा सुधार आउने भन्नुभएको छ, तपाईं सहयोग गर्नुहुन्छ त ?’ जोशीले राणासँग आफ्नो बाल्यकालदेखिकै मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरेपछि लोकान्तरले प्रश्न गर्यो ।
जवाफमा जोशीले राजीनामा शब्द उच्चारण गर्न चाहेनन् । भने, ‘हेर्दै जाउँ, अब के–के हुन्छ !’
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...