×

NMB BANK
NIC ASIA

छोरालाई खुलापत्र

माघ १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दिलबहादुर थापा

Muktinath Bank

प्यारो छोरा !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजकाल मलाई दिन पनि दिन जस्तो लाग्दैन ।रात पनि रात जस्तो लाग्दैन । म आफुलाई आफु जस्तो पनि लाग्दैन । मन बहलाउन खोज्छु ।बहलाउनुको सट्टा बहकिन पो खोजी रहन्छ। साउने झरीजस्तै घरी घरी ।


Advertisment
Nabil box
Kumari

आज म बेशी फाँटको खरबारी छेउमा निर्जीव ठिङ्ग उभिएको खयरको बुढो रुखजस्तै भाको छु। बोक्राहरु चुइटीएर अग्रास मात्रा रहे जस्तै ।आज म जिन्दगीको अन्तिम पृष्ठतिर छु। जिन्दगीको प्रत्येक पानाको अघिल्लो पृष्ठ गाह्रो महशुश हुनेगरी शब्दहरुले रङ्‌गाएको छु। 

Vianet communication
Laxmi Bank

पछाडीको प्रत्येक पृष्ट त्यसै छाडेको छु। सायद त्यसो गर्नु मेरो जिन्दगीको नियति नै बनी दियो । हो छोरा तिमी हाम्रो लागि ज्यादति नै बनी दियो ।

हाम्रो आयु कति नै थियो र? गन्नको लागि केही अङ्क नै पर्याप्त थियो । निभ्न र डुब्न थोरै समय नै काफी थियो । मैले जीवनमा यति धेरै चाहाना गरिन छोरा । तिमी हाम्रो घरमा एउटा अमूल्य उपहार बनेर आएको दिनदेखि । तिम्रो चाहाना मैले सधै मेरो चाहाना बनाएँ । जीवनको उर्जाशील समय तिमीमा नै खनाएँ । तिम्रो आमाले पनि ।

तिमी भरिदै गयौं । हामी रित्तिदै गयौं । तिमी आज भरिलो छौं । हरियाली बेशीको फाँटजस्तै । मलाई धेरै खुसी लाग्छ छोरा । तिम्रो लोभ लाग्दो जिन्दगी देखेर ।तिम्रो आमालाई पनि त्यस्तै लाग्दो हो। अनि खुसी पनि हुदी हो।

ठ्याक्कै पाँच वर्ष भएछ मैले घर छोडेको । र जिन्दगीलाई बद्धाश्रममा बहलाउन सिकेको पनि ।शरीर यहाँ रहेता पनि मन त्यहाँ छ छोरा । जहाँ मैले र तिम्रो आमाले तिम्रो सुनौलो भविष्य बनाउन दशकौं जिन्दगी खर्च गरेका थियौ ।आजभोलि मलाई तिम्रो आमाको बेशी याद आउछ। माया पनि लगाउछ। तर पनि के गर्नु तिमीले हामीलाई मर्ने बेलामा अलग अलग बद्धाश्रममा फालिदियौँ ।मैले त्यति बेला तिम्रोसामु कति याचना गरे। हामीलाई यही घरमा जिन्दगीको अन्तिम पलहरु बिताउन देऊ भनेर । यही घरमा मर्न पनि ।तर तिमीले सुनेनौं । हो त्यही दिनदेखि मेरो मन भाँचियो ।मुटु कुदियो ।सायद मन भाचिएपछि नाताको डोरी पनि चुडिदो रहेछ। नाताको चुडिएको आधा डोरी लिएर तिमीले भने बमोजिम हामी जान त्यति बेला मञ्जुर भयौं । सायद मलाई भन्दा तिम्रो आमालाई गाह्रो भएको थियो । तिमीहरुलाई छोड्न । त्यति बेला उनी रोएको म अझै सम्झन्छु ।त्यसरी त मैले उनीलाई जिन्दगीभर रुवाउनेस्थिति बनाएको थिइन । तर आज आफ्नै छोराले बनाए । त्यसैले मैले उनको आशु पुछ्‌न पनि आँट गरिन। पुछिन पनि ।तर मेरो सुख्खा आखाहरु भने रसाउन प्रयास गरिरहे ।मलाई थाहा थियो । त्यो क्षण हामी सबैको लागि अन्तिम थियो ।पछि भेट्‌र्छौं कि भेटिदैनौं थाहा थिएन । त्यसैले मैले तिमीलाई धेरै बेर हेरे । नाती ,बुहारी र तिम्रो आमालाई पनि हेरे। र नमिठो सम्झना मुटुभरि बोकेर लागे जिन्दगीको नयां घरतिर ।सायद यो मेरो जिन्दगी अन्तिम परीक्षा थियो ।

पाँचै वर्ष भयो छोरा तिम्रो आमासंग पनि भेट नभएको ।मलाई तिमीहरु सबैको  याद आउँछ। वेशी तिम्रो आमाको चिन्ता लाग्छ। हो छोरा तिमीले मलाई बृद्धाश्रममा पठाएपनि आमालाई संगै राखिदिएको भए पनि मलाई तिमीप्रति केही गुनासो हुने थिएन ।किन भने एउटा छोराको जन्म एउटा  बलात्कृत आमाले पनि दिन सक्छे । त्यसमा बलात्कारीको के योगदान हुन्छ? यो एउटा अलग विषय हो। तर बलात्कृत आमाको कोखबाट जन्मिएको छोरा र श्रीमान् श्रीमती दुवैको इच्छाबाट जन्मिएको छोरा जन्माउदाको प्रसव पिडा एउटै हुन्छ आमाहरुलाई । हो छोरा तिमीलाई नौ महिना कोखमा राखेर तिमी जन्मिनु भन्दा अगाडी तिम्रो आमाले भोगेको बीस घण्टाको प्रशव पिडाको साँची कर्ता तिम्रो बाँऊ पनि हो।तिमीले बिहे गरेर बुहारीले नाती जन्माए पछि सात वर्षको छोरालाई तिमीले कहिले काँही भन्यौनी । मेरो छोरा तिमीले यो ड्‌याडीलाई मायाँ गर या नगर तिम्रो आमालाई जीवनको अन्तिम पलहरुसम्म माया गर । हेला पनि कहिल्यै नगर ।तिमीले आमालाई आमा मर्ने बेलामा पनि माया नै मायांको महशुस हुनेगरि खुसी बनाउन सक्नुपर्छ । हो मेरो छोरा तिमीले तिम्रो छोरालाई संधै  आमालाई मायाँ गर्न सिकायौं । नढाटेर भन त छोरा l 

तिमीले तिम्रो आमालाई साच्चै मायाँ गर्‍यौं र ?

उही तिम्रो सधै भेलो चिताउने बाबा

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x