×

NMB BANK
NIC ASIA

स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शिक्षा मन्त्रालयमा तान्न आयोगको सुझाव, स्वास्थ्यको असन्तुष्टि !

माघ १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उच्चस्तरीय शिक्षा आयोगले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा ल्याउन सुझाव दिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनको परिच्छेद ६ मा उच्च शिक्षाभित्र रहेको चिकित्सा शिक्षाको विषयमा दिएको सुझावमा स्वास्थ्य सम्बन्धी प्रतिष्ठानहरू स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेपनि दुई मन्त्रालयबीच समन्वय नभएको भन्दै सबैलाई शिक्षा मन्त्रालय मातहतमा ल्याउन सुझाव दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘हाल विश्वविद्यालय मातहतमा रहेका सार्वजनिक तथा निजी मेडिकल कलेजहरू सञ्चालनमा रहेको विश्वविद्यालयको सम्पर्क मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको र स्वास्थ्यसम्बन्धी प्रतिष्ठानहरू स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको तर दुवै मन्त्रालयबीच समन्वयको अभाव देखिएकाले सबैलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा राखिनु उपयुक्त हुने ।’


Advertisment
Nabil box
Kumari

हाल स्वास्थ्य मन्त्रालय मातहतमा ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् भने स्वास्थ्य मन्त्रालयले नयाँ प्रतिष्ठान स्थापनाको गृहकार्य समेत गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ प्रतिष्ठान बनाउने तयारी गरिरहेका बेला आयोगले भने स्वास्थ्य मन्त्रालय मातहतमा रहेका प्रतिष्ठानलाई शिक्षा मन्त्रालय मातहतमा ल्याउन सुझाव दिएको हो ।  

Vianet communication
Laxmi Bank

यी हुन् स्वास्थ्य मन्त्रालय मातहतका प्रतिष्ठान :

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान 

नयाँ प्रतिष्ठान 

आरआरपी सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, सप्तरी

आयोगले गल्ती गर्‍यो : स्वास्थ्य राज्यमन्त्री यादव

स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रतिष्ठानलाई शिक्षा मन्त्रालयमा लाने आयोगको प्रस्तावप्रति स्वास्थ्य मन्त्रालयले भने आपत्ति जनाएको छ । 

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले स्वास्थ्य शिक्षा स्वास्थ्य मन्त्रालयको विषय भएपनि आयोगले स्वास्थ्य मन्त्रालयसँग समन्वय नै नगरी प्रतिवेदन बनाएको भन्दै आपत्ति जनाए । उनले  स्वास्थ्य मन्त्रालय मातहतका प्रतिष्ठान शिक्षा मन्त्रालय मातहतमा लाने विषयमा आधिकारिक जानकारी समेत नपाएको बताए ।

‘मलाई यस विषयमा जानकारी पनि थिएन, तपाईंले भनेर जानकारी पाएँ, आयोगले थप गल्ती गर्दैछ । ठूला अस्पतालहरूमा स्वास्थ्य शिक्षाको ठूलो सम्भावना छ, त्यसैले ठूला अस्पताललाई प्रतिष्ठानको रूपमा विस्तार गर्ने योजना बनाइरहेका छौं,’ स्वास्थ्यराज्य मन्त्री यादवले भने, ‘स्वास्थ्य शिक्षा शिक्षा मन्त्रालयअन्तर्गत हुने नै होइन, स्वास्थ्यका प्रतिष्ठान शिक्षा मन्त्रालयमा जानै सक्दैन, यदि लगियो भने यसले ठूलो समस्या निम्त्याउँछ ।’

स्वास्थ्य राज्यमन्त्री यादवले यसअघि स्वास्थ्य मन्त्रालयमा रहेको चिकित्सा शिक्षा विधेयकको अधिकार शिक्षा मन्त्रालयमा लैजाँदा विभिन्न समस्या उत्पन्न भएको भन्दै स्वास्थ्यका प्रतिष्ठान शिक्षा मन्त्रालयलाई दिने निर्णय गर्नु आयोगको गल्ती भएको बताए ।

उनले भने, ‘हामीले प्रदेशका अस्पतालहरु प्रदेशलाई अधिकार सहित दिइसकेका छौं, तर शिक्षा मन्त्रालयले आफ्नै समस्याहरु त समाधान गर्न सकेको छैन, हाम्रो मातहतमा रहेका प्रतिष्ठान कसरी सञ्चालन गर्न सक्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x