कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
काठमाडौं – सोमवार बिहान ११ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको थियो । प्रतिनिधि सभाबाट तनावका बीच पारित भएर आएको चिकित्सा शिक्षा विधेयक टेबुल गर्ने कार्यसूचीका कारण बैठक निकै महत्त्वपूर्ण पनि थियो । बैठकमा सहभागी हुन सिंहदरबारस्थित संसद् सचिवालयबाट निस्किने तयारीमा थिइन्, राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती' ।
राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति समेत रहेकाले उनी शुरूमा सिंहदरबारस्थित कार्यालयमै पुग्छिन् । संसद् जान त्यहीँबाट बानेश्वरतर्फ लाग्ने गरेकी छन् । सोमवार बानेश्वर जानका लागि निस्किँदै गर्दा सानो एक बालक चिच्याउँदै उनको पछि लागे । 'नानीऽऽऽ!' भनेर रुँदै पछि लागेका ती बालक अरू कोही नभएर उनकै कान्छा छोरा दियान थापा थिए ।
घरमा फुपूहरूले नानी भनेको सुनेकाले डेढ वर्षका दियान आमालाई नानी नै भनेर बोलाउँछन् ।
बुवा दिनेश थापा चितवनमै बस्छन् । आमा सांसद बनेपछि दियान पनि काठमाडौंमा आमासँगै बस्न थालेका हुन् ।
दाइ दिवस भने चितवनमै छन् । दियान र दिवसको उमेरमा झण्डै १३ वर्षको अन्तर छ ।
आमाको निकै महत्त्वपूर्ण जिम्मेवारीका कारण शायद उनले धेरैसमय सँगै बिताउन पाएका छैनन्, त्यसैले होला आमा बाहिर निस्किन लाग्दा रुँदै पछि लागेका ।
सोमवार पार्वती संसद् सचिवालयले उपलब्ध गराएको गाडीमा संसद् भवनतर्फ जान लागेकी थिइन् ।
संसदीय समिति सभापतिको हैसियतमा भएकाले उनलाई संसद् सचिवालयले गाडी उपलब्ध गराएको हो । सभापतिहरूलाई गाडीसहित सचिवालयको सुविधा पनि उपलब्ध हुन्छ ।
बाहिर निस्किन लागेका बेला आफ्नो नाबालक सन्तान रुँदै पछि लाग्दा कुन आमा सहजै निस्किन सक्लिन् र ! उनी पनि सकिनन् ।
त्यसपछि उनले आफ्नो गाडी नलैजाने निर्णय गरिन् । कारण- दियान सवारी चालक सुजन निरौलालाई खुबै पछ्याउँछन् ।
दियानले मामा भनेर बोलाउने सुजन साइनोले मामा पर्ने भने होइनन् ।
मामाको साथ पाएपछि दियान चुप लागे । पार्वती अर्कै गाडीमा लिफ्ट मागेर संसद् भवनतर्फ लागिन् ।
त्यसो त उनी सधैं आमासँगै सिंहदरबार आउने भने होइनन् ।
उनलाई ढुंगेधारा निवासी फुपूले रेखदेख गर्छिन् । बिहान कार्यालय समयमा आमा निस्किएपछि नफर्किँदासम्म उनको रेखदेख फुपूकै जिम्मामा हुन्छ ।
यतिबेला भने फुपूहरू काम विशेषले राजधानी बाहिर गएकाले दियान आमासँगै सिंहदबार आएका हुन् ।
'परिवार (फुपू)को जिम्मामा छाड्दा त ढुक्क नै हुन्छ,' पार्वती भन्छिन्, 'तै पनि सानै छ । आजसम्म रातमा भने छाडेको छैन ।'
संसदीय समितिबाट उनी बेलाबखत राजधानी बाहिर पनि स्थलगत निरीक्षणमा गइराख्नुपर्ने हुन्छ ।
केही समयअघि उनी निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि बारा गएकी थिइन् ।
दुई दिनको अवलोकनमा उनले छोरालाई पनि सँगै लिएर गइन् । आमाको मन न हो, अझैसम्म रातभरीलाई छाड्न सकेकी छैनन् ।
अबको केही दिनमा उनको समिति राज्यको तहगत संरचनाका विषयमा छलफलका लागि प्रदेश-प्रदेशमा जाने तयारीमा छ ।
प्रदेशको एक चरणको भ्रमण कम्तिमा ३ दिनको हुनेगरी कार्यतालिका बनेको छ ।
सांसद जनताका प्रतिनिधि हुन् । जनताका चासोलाई संसद्मा जोडतोडका साथ उठाउने जिम्मेवारी उनको काँधमा छ ।
संसदीय समिति सभापतिको हैसियतमा सरकारका कामकारवाहीको निगरानी गर्ने र समन्वय गर्ने जिम्मेवारी पनि थपिएको छ । त्यसैले उनलाई नितान्त आमा बनेर छोरालाई मात्र समय दिने छूट छैन ।
उनले नेतृत्व सम्हालेको समितिको कार्यक्षेत्र पनि ठूलो छ ।
तहगत राज्य संरचनाको विकासमा समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार तथा परराष्ट्र सम्बन्ध, सन्धि सम्झौता कार्यान्वयनको अवस्था, समन्यायिक विकासको अवस्था, पिछडिएको क्षेत्र, समुदाय, संस्कृति, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय सुरक्षा र संवैधानिक आयोगसम्बन्धी विषय उनकै नेतृत्वमा हेरिनुपर्छ ।
समितिको सभापतिका रूपमा जिम्मेवारी सम्हालेको करीब ५ महिना पुग्न लाग्दा उनले राष्ट्रिय गौरवका आयोजनाबारे मन्त्रीहरूलाई बोलाएर पटक-पटक छलफल गरिसकेकी छन् ।
ऊर्जा, वन तथा वातावरण, श्रम तथा रोजगार, कानून न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन लगायत मन्त्रीहरूलाई उनको समितिमा बोलाएर छलफल भइसकेको छ ।
अब तहगत राज्य संरचनामा प्रवेश गर्ने र तीन तहका सरकारबीच समन्वयको वातावरण बनाउन सघाउने उनको योजना छ ।
यसरी हेर्दा पार्वतीले एकातर्फ आमा र अर्कोतर्फ जनप्रतिनिधिको जिम्मेवारी कुशलतापूर्वक बहन गरिरहेकी छन् ।
भन्छिन्, 'जिम्मेवारी जति धेरै भयो त्यसै अनुरूप समय व्यवस्थापन हुने रहेछ ।'
लोकान्तरसँगको कुराकानीमा उनले थपिन्, 'खुशी नै छु । यताको कामलाई पनि व्यवस्थापन गरेको छु । छोरा पनि हुर्किँदैछ ।'
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...