भारतको आग्राका यौन अखडामा बेचिएका ५ नेपाली चेलीको उद्धार

दिलिप भुसाल
दिलिप भुसाल

भुसाल लोकान्तर डटकमका दिल्ली प्रतिनिधि हुन् ।

नयाँ दिल्ली - भारतको उत्तर प्रदेशस्थित आग्राको यौन अखडामा बेचिएका ५ नेपाली चेलीको उद्धार गरिएको छ ।

नयाँ दिल्लीनजिकै पर्ने आग्राबाट भारतीय प्रहरीले गिरफ्तार गरेका ती किशोरीलाई नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा बुधवार दिल्लीस्थित नेपाली दूतावासमा ल्याइएको छ ।


Advertisement

अवैध यौन गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको थियो । अदालतको आदेशपछि प्रहरीले ती किशोरीलाई नेपाली पक्षको जिम्मा लगाएको हो ।

उद्धार गरिएका सबै १७ वर्षमुनिका किशोरी छन् । उद्धार गरिएकामध्ये ३ जना सिन्धुपाल्चोक र २ जना नुवाकोटका छन् ।


Advertisement

ती किशोरीलाई बिहीवार नेपाल लगेर आफन्तको जिम्मा लगाउने तयारी छ ।

दिलिप भुसाल
दिलिप भुसाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्