×

NMB BANK
NIC ASIA

राष्ट्रकवि घिमिरेलाई महाअभिनन्दन, २४ जनालाई डा हर्षबहादुर बुढामगर स्मृति भाषा साहित्य सम्मान

माघ १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–डा हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति महाअभिनन्दन–२०७५’ बाट सम्मान गरेको छ । घिमिरे कार्यक्रममा उपस्थित हुन नसक्नुभएकाले उहाँलाई प्रदान गरिने महाअभिनन्दन उहाँकै घरमा लगेर प्रदान गरिने जानकारी दिइयो । 

Sagarmatha Cement
Muktinath Bank

सो प्रतिष्ठानले डा हर्षबहादुर बुढामगरको आठौँ स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सो सम्मान गरिएको हो । बुढामगरले १५ वर्षको कलिलो उमेरमा बेलायती सेनामा भर्ती भई दोस्रो विश्वयुद्धका समयमा भारतको कस्मिरसहित विश्वका विभिन्न मुलुकमा वीरतापूर्वक लडाइँ लड्नुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वमा वीरता देखाएको भन्दै उहाँलाई नेपाल, बेलायत र भारतले विभिन्न पदक तथा सम्मानबाट विभूषित गरेको छ । उहाँले विसं २०४७ मा भारतबाट विद्यावारिधिको उपाधि पाउनुभएको थियो । सैन्य जीवनबाट अवकाश पाउनु भएपछि विभिन्न क्याम्पस तथा कलेजको प्रिन्सिपल भई सेवा गर्नाका साथै विभिन्न कविता, निबन्ध उपन्यास गरी कूल २४ वटा कृति प्रकाशित छन् । 


Advertisment
Nabil box
Kumari

सो अवसरमा प्रतिष्ठानका संरक्षक दीपक बोहराले नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति विशेष अभिनन्दन’बाट सम्मान गर्नुभयो । 

Vianet communication
Laxmi Bank

त्यस्तै कुलपति उप्रेती र संरक्षक बोहराले मोदनाथ प्रश्रितलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति बहुआयामिक अभिनन्दन’, शम्भुजीत बाँस्कोटालाई ‘डा हर्षबहादुर बुढामगर स्मृति सङ्गीत रत्न अभिनन्दन’ र धु्रवचन्द्र गौतमलाई ‘डा हर्षबहादुर बुढामगर स्मृति आख्यान रत्न’ प्रदान गर्नुभयो । 

कार्यक्रममा अरू विभिन्न क्षेत्रका २४ जनालाई डा हर्षबहादुर बुढामगर स्मृति भाषा साहित्य सम्मान, साहित्यिक पत्रकारिता सम्मान, देश सेवा सम्मान, शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान तथा कर्मवीर सम्मान प्रदान गर्नुभयो । 

सो अवसरमा कुलपति उप्रेतीले नेपाल बहुभाषा तथा बहुसंस्कृतिको धनी नेपालमा सबै भाषा संस्कृतिको विकास गर्न हामी सबै लाग्नुपर्नेमा जोड दिँदै पाठकको मन जित्ने सिर्जन तयार गर्न सकेमा मात्र लेखक सफल हुने बताउनुभयो । 

पूर्वमन्त्री दीपक बोहरा, बालाराम घर्तिमगर, साहित्यकार भद्राकुमारी घले, प्रतिष्ठानका अध्यक्ष उन्नति बोहरा, सदस्यसचिव दिनेश लम्साललगायत वक्ताले साहित्यमा विभिन्न विषयमा चर्चा गर्नुभएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x