मेगा बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं– मेगा बैंक नेपालले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । 
बैंकले आइतबार एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले सूचनामार्फत जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्