कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडौँ -नेपाली पात्रो अनुसार सोमवार परेको महाशिवरात्री पर्वको दिनमा पशुपति क्षेत्रलाई पूर्णतः गाँजामुक्त बनाइने भएको छ । शनिवार पशुपति क्षेत्र विकास कोष परिषद् सदस्य घनश्याम उपाध्यायले शिवरात्री पर्वको सम्पूर्ण तयारी पूरा भएको र यसपटकदेखि पशुपति क्षेत्रलाई गाँजामुक्त बनाउने प्रतिवद्धता गरिएको जानकारी दिए ।
पशुपति क्षेत्र विकास कोषका लेखा अधिकृत समेत रहेका प्रवक्ता प्रेमहरी ढुंगानाले शान्ति सुरक्षाका लागि नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी समेत परिचालन गर्न लागिएको जानकारी दिए । 'सुरक्षाको व्यवस्थासँगै ५ हजार भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन,' ढुंगानाले भने, 'यसका साथै डाक्टर, नर्स, औषधि र बेडसहितको नेपाली सेनाको स्वास्थ्यशिविर रहनेछ ।'
भक्तजन र दर्शनार्थीको सुविधाका लागि ४ ठाउँमा जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको ढुंगानाले बताए । कैलाशमुनी, भुवनेश्वरी नजिक, बज्रघर र राममन्दिर नजिक जुत्ता चप्पल राख्ने व्यवस्था मिलाइएको हो ।
ढुंगानाले साधु सन्तका लागि निशुल्क भोजन, पानी, चियापान र बसोबास समेतको व्यवस्था मिलाइएको जानकारी दिए । 'साधुसन्तका लागि चिसोबाट बच्न धुनी समेतको व्यवस्था मिलाइएको छ,' ढुंगानाले भने, 'महाशिवरात्रीको पर्सिपल्ट प्रतिपदाका दिन बाटो खर्चसहित साधुसन्त र जोगीबाबाहरूलाई विदाई गर्ने व्यवस्था पनि पशुपति क्षेत्र विकास कोषले गरेको छ ।' हालसम्म ४ हजार साधुसन्त र जोगीबाबा आइसकेका छन् ।
महाशिवरात्री पर्वको व्यवस्थापनमा करीब ५४ लाख खर्च हुने अनुमान गरिएको जानकारी ढुंगानाले दिए । उनका अनुसार यसपाली कसैलाई पनि पासको व्यवस्था गरिएको छैन ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...