जेठ ३, २०८०
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
नेपालको नक्सा हेर्दा दक्षिणमा देखिने समथर मैदानी भू-भाग अर्थात् तराईलाई विग्रह र विखण्डनको भुमरीमा पार्ने सोच आत्मघाती हो । यस्तो सोचमा बहकिएर बरालिएर हिंड्नेमध्येका एक व्यक्ति चन्द्रकान्त (सीके) राउतले आफ्नो विचार परिवर्तन गरी राष्ट्रिय मूलधारमा प्रवेश गर्ने योजना गरेछन् । मुलुकको भौगोलिक र सांस्कृतिक विविधता ठम्याएर यतिञ्जेलको गलत बाटो छोडेर शान्तिपूर्ण गतिविधि लाग्ने उनको अठोट स्वागतयोग्य छ ।
तर स्वागतको शैली पटक्कै मिलेन । उनको प्रतिबध्दतालाई सार्वजनिक रूप दिने क्रममा आयोजित समारोहको शैली र त्यस क्रममा उनी र सरकारका गृहमन्त्रीबीच गराइएको ‘सहमतिपत्र’ दुबै चर्को विरोध एवं आलोचना परेका छन् । पहिलो कुरो त सहमतिपत्रमा गृहमन्त्रीको स्तरमा हस्ताक्षर गराइनु आवश्यक थिएन; दोस्रो प्रधानमन्त्री नै त्यहाँ उपस्थित भएर साविकका विद्रोहीलाई प्रशंसा गर्दै भाषण गर्ने दरकार थिएन । गाँसिएको प्रश्न हो, राउतविरुध्दको अदालती मुद्दा टुङ्गिएकै छैन; उनी तारिख खेपिरहेकै छन् । प्रधानमन्त्रीको अति उत्साहले न्यायपालिकाको कार्यक्षेत्रमा समेत प्रभाव परेको देखिएको छ ।
संविधान र अधिकारका बारेमा असन्तुष्ट अन्य समूहहरूसँग विगतमा यस्ता धेरैवटा सहमति भए, तर ती अवसरमा शुक्रवारको जस्तो समारोह भएको थिएन ।
सहमतिपत्रका सबैजसो बुँदाहरू विवादग्रस्त छन् । जनस्तरमा छलकपटको आशङ्का हुनाका कारणहरू छन् । अचानक तय गरिएको सहमतिबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शीर्ष तहमै असहमति हुनुले शङ्काको बादल मडारिएको हो । शुक्रवारको कार्यक्रममा कतिपय नेता उपस्थित नै भएनन् भने भीम रावल समेतका केही नेताले सार्वजनिक रूपमा नेतृत्वको कार्यशैली र सहमतिपत्रबारे नै प्रश्न उठाए जुन अनुत्तरित छ । प्रतिस्पर्ध्दात्मक राजनीतिमा प्रवेश गरिसकेको भनिएको नेकपाले लोकतान्त्रिक विधिबाट नीति, निर्णय लिनुपर्नेमा मुलुकको अखण्डता जस्तो संवेदनशील मामिलामा ठाडो आदेशको कार्यान्वयन गराउनु आश्चर्यकै विषय हो ।
सहमतिपत्र नेपालीमा लेखिएको भए तापनि जुन असजिलो ढाँचामा ढालिएको छ त्यो हेर्दा अन्य कुनै भाषाबाट उल्था गर्ने प्रयास भएको प्रष्ट देखिन्छ । यस विषयमा ‘लोकान्तर’ को सम्पर्कमा आएका कानूनविद्हरूले यस्तै प्रतिकृया दिएका छन् । बाहिरी तत्वको चलखेलमा यस ढाँचामा सहमतिपत्रमा हस्ताक्षर गरिनुलाई तिनले खेदजनक कुरो हो भनेका छन् ।
सहमतिका १० बुँदामध्ये एउटा बुँदाको व्याख्या गर्दा राउतले उत्निखेरै नेपाल सरकार जनमतसंग्रह गराउन राजी भएको दाबी गरेका छन् । यता सरकारको तर्फबाट भने लिपिबद्ध भएका कुरा बाहेक अन्य कुनै सहमति गरेको छैन भनिँदैछ । यसको अर्थ राउतले सहमतिको रणनीतिक हिसाबले कपटयुक्त व्याख्या गरेका छन् । दुई पक्षबीच भएको सहमतिमा एक पक्षले लिखतको आशय विपरीत भिन्दै व्याख्या प्रस्तुत गर्छ भने सरकारले त्यस्तो सहमति भङ्ग गर्नुपर्छ ; एक मिनेट पनि विलम्ब गर्नु हुँदैन ।
अवाञ्छित गतिविधि नगर्ने प्रतिबध्दताको कदर गर्दै त्यसलाई सहजीकरण गर्ने नीतिलाई भने सरकारले कायमै राख्नु उचित हुन्छ । बरु यस्ता गहन विषयलाई सत्तारुढ दलभित्र यथोचित बहस गरी तत्पश्चात् मात्र मन्त्रिपरिषद्बाट राष्ट्रिय हितमा निर्णय लिने परिपाटी बसाल्नु आवश्यक छ ।
न्यायिकजगत्ले सुझाएको मान्यता छ : न्याय गरेर मात्र हुँदैन, गरेको देखिनु पनि पर्छ ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...