माघ २४, २०८०
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
चैत ५, २०७५
काठमाडौं –महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरले आफ्नो प्रयोजनका लागि ३ वटा गाडी प्रयोग गर्दै आएको पाइएको छ । त्यसमध्ये एउटा गाडी उनको सचिवालयले प्रयोग गर्छ, बाँकी दुई गाडी उनी आफैं चढ्छिन् ।
लोकान्तर डटकमलाई मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार मन्त्री थापाले बा २ झ ७६७ नम्बरको निसान जीप चढ्दै आएकी छन् । उनकै प्रयोजनका लागि भनेर गृह मन्त्रालयबाट हस्तान्तरण भइआएको बा २ झ १०७४ नम्बरको ह्युण्डाइ सोनाटा कार पनि छुट्याइएको छ ।
मन्त्रीको दुई गाडीबारे जिज्ञासा राख्दा मन्त्रालयकी सूचना अधिकारी सुनिता नेपालले यसबारे आफूहरूलाई थाहा नहुने बताइन् । ‘मन्त्रीज्यूको गाडीमा झण्डा हुन्छ, अरूले चढ्न मिल्दैन, यसबारे हामीलाई थाहा हुँदैन,’ नेपालले लोकान्तरसँग भनिन् ।
मन्त्री थापाका स्वकीय सचिव गमबहादुर पुनले मन्त्रीले एउटा गाडी राजधानी बाहिर जान र अर्को गाडी राजधानीमा रहँदा चढ्ने गरेको बताए । ‘मन्त्रीज्यूले एउटा गाडी राजधानी बाहिर जान प्रयोग गर्नुहुन्छ, अर्को गाडी उपत्यकाभित्र प्रयोग हुन्छ,’ उनले लोकान्तरसँग भने ।
मन्त्रीको सचिवालयका लागि भनेर अर्को गाडी छ । बा २ झ २६१५ नम्बरको स्कोर्पियो मन्त्रीको सचिवालयका लागि मन्त्रालयले उपलब्ध गराएको छ ।
निसान जीप र सचिवालयको स्कोर्पियोका लागि मासिक १२० लिटरका दरले इन्धन उपलब्ध हुने गरेको छ भने ह्युण्डाइ सोनाटाका लागि १०० लिटर इन्धन मासिक खर्च हुने गरेको देखिन्छ । यसरी हेर्दा मन्त्रीकै प्रयोजनका लागि प्रयोग हुने ३ गाडीले मासिक ३४० लिटर इन्धन खर्च गर्दैआएका छन् ।
उपसचिवलाई पनि मन्त्रीसरह इन्धन ?
उक्त मन्त्रालय सचिवविहीन छ । सह–सचिव वीरबहादुर राईले कायममुकायम सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । सचिवले प्रयोग गर्ने बा २ झ ९५९ नम्बरको स्कोर्पियो जीप प्रयोग भएको देखिँदैन भने कामु सचिव वीरबहादुर राईले बा १ झ ९८०७ नम्बरको फोर्ड फिगो कार चढ्दै आएका छन् ।
सह–सचिव रुद्रादेवी शर्माले बा २ झ ३०४९ नम्बरको ग्राण्ड आई टेन, उपसचिव पशुपति शर्माले बा १ झ ८६२२ नम्बरको टाटा सफारी जीप, उपसचिव पृथबहादुर केसीले बा २ झ ७५४ नम्बरको निसान जीप, लेखातर्फकी उपसचिव मिठू थापाले बा २ झ २०२२ नम्बरको ह्युण्डाइ कार चढ्दै आएका छन् । सचिवालय सहित मन्त्रीको प्रयोजनमा रहेका दुईवटा गाडी र माथि उल्लेखित सह–सचिव तथा उपसचिवले प्रति सवारी साधन १२० लिटर इन्धन मासिक लिँदै आएका छन् ।
उपसचिवले समेत मन्त्रीसरह इन्धन लिँदै आएकोबारे जिज्ञासा राख्दा सूचना अधिकारी नेपालले घर टाढा हुनेले बढी तेल लिने गरेको बताइन् । ‘एक जना त कलंकीभन्दा अलि परसम्म पुग्नुहुन्छ,’ उनले लोकान्तरसँग भनिन् ।
लेखातर्फकी उपसचिव मीठू थापा उपसचिवहरूलाई १०० लिटरसम्म तेल दिने गरिएको र बढी गएको इन्धन आगामी महिनामा दिने इन्धनबाट मिलान गरिने बताउँछिन् ।
थापा र नेपाल दुवैले उपसचिवहरूले चढ्ने गाडी पूलमा रहने र एकभन्दा बढीले चढ्ने हुँदा तेल पनि बढी खर्च हुने दाबी गरे । तर मन्त्रालयले उपलब्ध गराएको विवरणमा उपसचिवहरू पृथबहादुर केसी, पशुपति शर्मा र मिठू थापाले प्रयोग गर्ने गाडी अरूले प्रयोग गर्ने गरेको देखिँदैन ।
उपसचिवहरू सुनिता नेपाल र निर्मला न्यौपानेले बा ०४८८ नम्बरको निसान जीप (२० वर्षभन्दा पुरानो) तथा उपसचिवहरू कृष्ण भुसाल तथा अञ्जु ढुंगानाले बा १ झ ९८०७ नम्बरको निसान कार संयुक्त रूपमा चढ्दै आएको देखिन्छ । उनीहरूले प्रति गाडी सय/सय लिटर इन्धन प्रयोग गर्दै आएका छन् ।
यस्तै मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव राजेन्द्र पौडेलले बा १ झ ९८११ नम्बरको कार चढ्ने गरेका छन् । उनले पनि मासिक एक सय लिटर इन्धन लिन्छन् ।
हेर्नुहोस्, महिला मन्त्रालयमा चारपांग्रे सवारी प्रयोग गर्नेहरू विवरण
उपसचिवदेखि कार्यालय सहायकसम्मले चढ्छन् मोटरसाइकल
यस मन्त्रालयमा २७ वटा मोटरसाइकल कर्मचारीहरूले चढ्दै आएका छन् । यसरी मोटरसाइकल चढ्नेमा कानूनतर्फकी उपसचिव सरिता रायमाझीदेखि कार्यालय सहायकहरूसम्म छन् । मन्त्रालयले उपलब्ध गराएको विवरणमा सबै कर्मचारीको पद उल्लेख नभएपनि मन्त्रालयको वेबसाइटमा हेर्दा उक्त कुरा पुष्टि हुन्छ ।
हेर्नुहोस्, मोटरसाइकल चढ्नेहरूको विवरण :
एउटा मोटरसाइकल चोरियो, ३ वटा लिलामीको पर्खाइमा
उक्त मन्त्रालयलाई एक्सन इन्टरनेसनलले दिएको बा १ ब ९९१३ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको देखिन्छ । यस्तै ३ वटा मोटरसाइकल बिग्रिएर थन्किएका छन् । ती मोटरसाइकल लिलामीको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
पढ्नुहोस्, भाग– १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]
(हामीले सूचनाकाे हक प्रयोग गरेर लिएको विवरणअनुसार मन्त्री तथा कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, लिने इन्धनलगायतमा एकरूपता नरहेको पाइएको छ, यसबारेका समाचार आगामी अंकहरूमा प्रकाशित गर्दै जानेछौं - सम्पादक )
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...