कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
चैत ५, २०७५
काठमाडौं – स्वस्थ रहन सरसफाइ गर्नुपर्छ भनेर सर्वसाधारणलाई सिकाउने स्वास्थ्य मन्त्रालयमा सरसफाइको अवस्था कस्तो होला ? यो प्रश्नको जवाफ सन्तोषजनक छैन ।
संघीय सरकार अन्तर्गत २३ मन्त्रालय छन् । आमजनताको स्वास्थ्यजस्तो संवेदनशील विषयसँग जोडिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिसर सबैभन्दा फोहोरी मन्त्रालयको रुपमा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार परिसरबाहिर रामशाहपथमा छ । मन्त्रालयको बाहिरी परिसरमा गेटको दायाँ भागमा पर्खालको आडमा नै काम नलाग्ने वस्तु र फोहोरो थुप्रिएको छ ।
मन्त्रालयको भवनभित्र ‘कोरिडोर’ र भर्याङमा राखिएका गमलामा फूलहरू राखिएका छन् । गमलामा फूलहरू त छन्, ती गमला पान खाएर प्याच्च–प्याच्च थुक्ने भाँडो भएका छन् । गमलाका फूल सुकेका छन् । भर्याङ मुनिको खाली ठाउँ पान खाएर थुक्ने ठाउँमा परिणत भएको छ ।
मन्त्रालयका शौचालयहरू समेत फोहोर छन् । पिसाब भुइँभरि छताछुल्ल छ । मन्त्रालयको दोस्रो भवनको शौचालयको वरिपरि बस्न नसकिने गरी दुर्गन्ध आइरहेको हुन्छ । शौचालयसँग कार्यकक्ष जोडिएका छन् । हातधुने बेसन फोहोर वस्तु फाल्ने डस्टबिनजस्तो बनाइएको छ ।
आमजनताको स्वास्थ्यसँग सरोकार राखेर काम गर्ने देशकै केन्द्रिय निकायको बेथितिले मन्त्रालय आमजनताको स्वास्थ्यप्रति कति संवेदनशील होला भनेर प्रश्न जन्मिएको छ ।
सरसफाइको भद्रगोल अवस्थाबारे प्रतिक्रिया लिन मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...