कात्तिक १७, २०८०
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
काठमाडौं – होली हिन्दू धर्मावलम्बीको एउटा महत्त्वपूर्ण पर्व हो । हरेक वर्ष फागू पूर्णिमाको दिन होली मनाइन्छ ।
प्रायःजसो होली फागुन महिनामा पर्छ । मलमासले तिथि सरेका कारण यसपालि होली चैत्र महिनामा आइपुगेको छ ।
फागुन महिनामा मनाइने पर्व भएकाले यसलाई ‘फागु’ पनि भनिन्छ । हिन्दू धर्मालम्बीमा होली एउटा रंगीन पर्व हो । होली पर्वमा एकआसपमा विभिन्न रङहरू दलेर खुशी साटासाट गर्ने परम्परा रहिआएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले होली असुर विनाश र दैवी शक्तिको विजयको उपलक्ष्यमा मनाइने उत्सव भएको बताए । ‘होली कुनै जातमा मात्रै सीमित नभएर सबै जातिले मनाउने पर्व हो,’ उनले भने, ‘सबै नेपाली दाजुभाइले आफ्ना विगतका वैमनस्यतालाई बिर्सेर अत्यन्त शालिनताका साथ मनाउँदै जानुपर्छ ।’
वरिष्ठ संस्कृतिविद् चिन्तामणि योगीले होलीलाई सुदूरपश्चिमेलीले विशेष चाडका रुपमा लिने गरेको बताए । ‘हामी अलग–अलग रुपमा छौं । तर यो चाडमा जम्मा भएर रङ दल्दै एकआपसमा साङ्लोमा बाँधिएर देउडा गीतमा नाच्ने चलन छ,’ उनले भने ।
नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष गौतमका अनुसार होलीको सन्दर्भ त्रेता युगका राजा हिरण्यकश्यप र छोरा प्रह्लादसँग जोडिएको बताए । गौतमले होलीको पौराणिक सन्दर्भ यसरी सुनाए :-
पौराणिक मान्यताअनुसार त्रेता युगमा हिरण्यकश्यप राजाले आफ्नो छोरा प्रह्लादलाई गुरू कहाँ पढ्न पठाए । तर प्रह्लादले पढ्न छाडेर विष्णु भगवानको आराधना मात्रै गर्न थाले । राजा हिरण्यकश्यपले छोरा प्रह्लादलाई निकै सम्झाइबुझाई गरे । तर प्रल्हादले मानेनन् ।
सबै उपायहरू नकाम भएपछि उनलाई सर्पले टोकाउने, हात्तीले कुल्चाउनेजस्ता काम गरियो । भगवान विष्णुबाट वरदान पाएका कारण कुनै पनि प्रयासबाट प्रह्लाद मरेनन् । भगवानबाट अग्नि जल केहीबाट नमर्ने वरदान पाएकी प्रह्लादकी बहिनी होलिकामार्फत प्रह्लादलाई लिएर अग्निमा भष्म पार्ने योजना हिरण्यकश्यपले बनाए र सो गर्दा उल्टै होलिका अग्निमा जलेर नष्ट भइन्, प्रह्लादलाई केही भएन । त्यसैले यो चाडलाई असत्यमाथि सत्यको विजयोत्सवका रुपमा लिइन्छ ।
शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि लिङ्गो गाडेपछि होली शुरू भएको मानिन्छ । पूर्णिमाको राति लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको मानिन्छ । विगतका दुश्मनी सम्बन्धलाई बिर्सेर, उमेरको ख्याल नगरी आपसी भाइबन्धुत्वका आधारमा होली पर्वमा खुशी साटासाट गरिन्छ ।
शुक्ल पूर्णिमाको दिन प्रतिमा वा चीरदाह गर्नुपर्छ । पहाडमा चीरदाह गर्नु अगाडि र तराईमा चीरदाह गरेको भोलिपल्ट रंगसँग खेल्ने र उत्सव मनाउने चलन रहेको छ ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...