×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग- ३

शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

आधाभन्दा बढी गाडी शहरी विकास तथा भवन निर्माण विभागका

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –शहरी विकास मन्त्रालयमा सरकारी सवारीसाधनको निकै दुरुपयोग भइरहेको पाइएको छ ।

Muktinath Bank

मन्त्री मोहम्मद इश्तियाक राईले आफ्नो सचिवालयको प्रयोजनका लागि भनेर नै ३ वटा गाडी र एउटा स्कूटर लिएका छन्, जसमा उनी स्वयंले चढ्ने बा २ झ ३८४२ नम्बरको गाडी तथा उनका सवारी चालक र पीएसओले चढ्ने मोटरसाइकल समावेश छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वकीय सचिवालयका नाममा दुईवटा गाडी छन् । बा २ झ ३६३८ र बा २ झ ३०९२ नम्बरको गाडी स्वकीय सचिवालयले प्रयोग गर्दै आएको पाइएको छ । यति मात्र होइन, स्वकीय सचिवालयका लागि नै भनेर बा २ ब २३३६ नम्बरको स्कूटर पनि लिइएको छ ।


Advertisment
Nabil box
Kumari

यद्यपि मन्त्री राईका स्वकीय सचिव शमशुल हक राई भने स्वकीय सचिवालयसँग ३६३८ नम्बरको गाडी मात्र रहेको दाबी गर्छन् । उनले त्यसो भने पनि मन्त्रालयले उपलब्ध गराएको विवरणमा स्वकीय सचिवालयका लागि भनेर २ वटा गाडी र एउटा स्कूटर लिएको देखिन्छ । 

Vianet communication
Laxmi Bank

मन्त्रीका निजी सचिवले बा २ झ ९७० नम्बरको गाडी प्रयोग गर्ने गरेको विवरणमा उल्लेख छ । उक्त गाडी शाखा अधिकृत वैकुण्ठ उपाध्यायले प्रयोग गर्दै आएका छन् । हामीलाई प्राप्त विवरणमा निजी सचिव मात्र उल्लेख भए पनि उनको नाम, प्रत्यक्ष फोन सम्पर्क र पद मन्त्रालयको वेबसाइटबाट लिइएको हो ।

मन्त्रालयमा उपसचिवभन्दा तल्लो तहका कर्मचारीले चारपांग्रे सवारी सुविधा पाएको देखिँदैन । यसरी हेर्दा मन्त्रीकै निजी सचिवको हैसियतमा उनले गाडी प्रयोग गर्ने गरेका हुन् ।

सचिवलाई बिहान–बेलुका र दिउँसो बेग्लाबेग्लै गाडी !

सचिव रमेशप्रसाद सिंहले दुईवटा गाडी प्रयोग गर्छन् । बा १ झ ९४४९ नम्बरको गाडी सचिवले आफ्नै नाममा लिएका छन् भने बा २ झ २९८३ नम्बरको गाडी सचिवालयका लागि भनेर लिइएको छ ।

मन्त्रालय स्रोतका अनुसार, दुवै गाडी सचिव सिंहले प्रयोग गर्दै आएका छन् । ‘एउटा गाडी दिउँसो चढ्नुहुन्छ,’ स्रोतले भन्यो, ‘अर्को एउटा बिहान–बेलुका प्रयोग गर्ने गर्नुभएको छ ।’

दुवै गाडीका लागि उनले मासिक सय/सय लिटर इन्धन लिन्छन् ।

आधाभन्दा बढी गाडी शहरी विकास तथा भवन निर्माण विभागका

मन्त्रालयमा प्रयोग हुँदै आएका १७ वटा गाडीमध्ये ९ वटा गाडी शहरी विकास तथा भवन निर्माण विभागले उपलब्ध गराएको देखिन्छ । मन्त्री, सचिव, सहसचिव, मन्त्रीको सचिवालयले प्रयोग गरेका सबै गाडी विभागले उपलब्ध गराएका हुन् ।

हेर्नुहोस्, चारपांग्रे सवारीको विवरण:

मन्त्रीलाई २ सय ७ लिटर र दुईपांग्रे सवारीलाई १० लिटर इन्धन

मन्त्री राईले मासिक २ सय ७ लिटर इन्धन लिँदै आएका छन् । यस्तै सचिवका दुवै गाडीलाई प्रतिगाडी १०० लिटर, स्वकीय सचिवालयको नामका दुई गाडीलाई ८०/८० र निजी सचिवले प्रयोग गर्ने गाडीका लागि ७० लिटर इन्धन मन्त्रालयले मासिक उपलब्ध गराउँदै आएको देखिन्छ ।

उपसचिव सहित अन्यले चढ्ने गाडीलाई मासिक ७० लिटर र दुईपांग्रे सवारीसाधनका लागि १० लिटर इन्धन मन्त्रालयले उपलब्ध गराउने गरेको छ ।

अधिकृत, इन्जिनीयरदेखि सहायकसम्मलाई दुईपांग्रे

शाखा अधिकृत, इन्जिनीयरदेखि कार्यलय सहायकसम्मका ४३ जनाले मोटरसाइकल तथा स्कूटर प्रयोग गर्दै आएका छन् । दुईपांग्रे सवारीका प्रयोगकर्ताले मासिक १० लिटरका दरले इन्धन लिँदै आएको देखिन्छ ।

हेर्नुहोस्, विवरण:

पाँच थान मोटरसाइकल बिग्रिएर थन्किए

मन्त्रालयमा ५ थान मोटरसाइकल बिग्रिएर थन्किएका छन् । ती मोटरसाइकल सीटीईभीटीका प्रशिक्षार्थीको प्रयोजनार्थ हस्तान्तरणको प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

पढ्नुहोस्, यस श्रृंखलामा प्रकाशित अन्य समाचार :

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग - १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित] 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x