फागुन २३, २०७५
काठमाडौं– राष्ट्रिय रोजगार प्रवर्दन केन्द्रले प्रोजेक्ट मेनेजर, फाइनान्स तथा एडमिस्ट्रेसन ओअर्डिनेटलगायतका तीन पदमा कर्मचारी माग गरेको छ । यस्तै डाफोडी स्कुल, सिताराम गोकुल मिल्स, बालबाटीका स्कुललगाय...
काठमाडौँ-रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।
त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।
कोटा बढ्यो
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख््यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।
काठमाडौं– राष्ट्रिय रोजगार प्रवर्दन केन्द्रले प्रोजेक्ट मेनेजर, फाइनान्स तथा एडमिस्ट्रेसन ओअर्डिनेटलगायतका तीन पदमा कर्मचारी माग गरेको छ । यस्तै डाफोडी स्कुल, सिताराम गोकुल मिल्स, बालबाटीका स्कुललगाय...
स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ । सहकारीले विभिन्न पदमा काम गर्नका लागि ५ जना कर्मचारी मागेको हो । दरखास्त आह्वानका लागि एसइई पास गरेकाले पनि म...
के तपाईँ जागिरको खोजीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बिहीबारको कान्तिपुर दैनिकमा रोजगारीसम्बन्धी विभिन्न सूचना प्रकाशित भएका छन्ः
विभिन्न तहमा काम गर्नका लागि २ कम्पनीले विज्ञापन खुलाएका छन् । एसईई पास गरेकालाई सम्म अवसर हुने गरी ती कम्पनीहरूले कर्मचारीको लागि दरखास्त आह्वान गरेका हुन् । नेपाल सेवा लघु वित्तीय संस्था र विजय लघुवि...
काठमाडौं– विभिन्न वित्तिय संस्थाले कर्मचारी माग गरेका छन् । लालीगुराँस, सुविधानगर, जुझारु लगायतका सहकारी संस्थाले विभिन्न पदमा दर्खास्त आह्वान गरेका हुन् । थप जानकारीको लागि तलको सूचना हेर्नु...
काठमाडौँको महाराजगन्जमा कार्यालय रहेको अपर अरुण हाइड्रो–इलेक्ट्रिकले कर्मचारी माग गरेको छ । कम्पनीले आयोजनामा रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेक...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...