×

NMB BANK
NIC ASIA

सडकमै जुधेर बाइकलाई चेप्न खोज्ने नेपाल यातायातका दुई ‘साँढे’ प्रहरी नियन्त्रणमा !

चैत १८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - राजधानीमा सार्वजनिक यातायात निकै असुरक्षित मानिन्छ । कतिपय स्थानमा सडक निकै साँघुरो छ, फराकिलो सडक भएको ठाउँमा पनि लेन अनुशासन पालना हुँदैन ।

Sagarmatha Cement
Muktinath Bank

पैदल हिँड्ने तथा साइकल र मोटरसाइकल चढ्नेहरू सार्वजनिक बस, टिप्पर, निजी सवारी साधन र स्कूल क्याम्पसका बसहरूबाट असुरक्षित महसूस गर्ने गर्दछन् । मोटरसाइकलहरू समेत जथाभावी हाँक्दा निम्तिने दुर्घटना त छँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बसमा यात्रु भर्ने नाममा एकै रूटमा चल्ने सवारीसाधनबीच हुने तीव्र प्रतिस्पर्धाले काठमाडौंको समग्र यातायात व्यवस्थापनमा चुनौती थपिएको छ ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक सवारी साधनमा यात्रु ओसार्न प्रतिस्पर्धा हुनु ठीकै हो, तर नियम मिचेरै सडकमा दादागिरी देखाइरहेका नेपाल यातायातका दुई बसलाई प्रहरीले सोमवार नियन्त्रणमा लिएको छ । 

Vianet communication
Laxmi Bank

धेरै यात्रु राखेर धेरै पैसा कमाउन सडकमा अन्य सवारी साधनको वास्ता नगरी हुँइकिएर मोटरसाइकललाई चेपुवामा पार्ने दुई बसलाई सोमवार जाउलाखेलमा ट्राफिक प्रहरीले नियन्त्रणमा लियो । दुवै बसहरू नेपाल यातायातका थिए ।

ती दुवै बस छिटो दौडिने होडबाजी चलिरहेका बेला एउटा मोटरसाइकल बीचमा आइपुग्यो ।

पछाडिको बसको ड्राइभरले मोटरसाइकलको पर्वाह गरेनन्, अघिल्लो बसलाई जसरी पनि उछिन्छु भन्दै झन् एक्सिलरेटर थिचे । घटना सोमवारको हो ।

पछाडिबाट बसले ठक्कर दिएपछि बा ८४ प ७७३२ नम्बरको मोटरसाइकल मोटरसाइकल दुर्घटना पर्‍यो । ट्राफिक प्रहरीका सहायक निरीक्षक दुर्गादत्त भट्टका अनुसार ठूलो क्षति हुन भने पाएन ।

दुवै बसलाई प्रहरीले नियन्त्रणमा लियो । चेपुवामा परेको मोटरसाइकलका चालक भने सामान्य उपचारपछि घर फर्किए ।

बा ५ ख ७३९५ र बा १ ख ९७३५ नम्बरका ती दुवै बसका चालकको लाइसेन्स जफत  गरिएको छ भने गाडीलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरी कार्यालय परिसरमा राखेको छ ।

ललितपुरको हरिहरभवनमा भएको उक्त दुर्घटनाले काठमाडौंको सडकमा अनियन्त्रित रूपमा दौडिने सार्वजनिक सवारी साधनहरू जनताका लागि कति असुरक्षित छन् भन्ने प्रमाणित गरेको छ ।

यहाँसम्म कि सडकको पेटीमा हिँड्ने यात्रुहरू पनि सुरक्षित छैनन् । यसअघि त्यस्ता प्रकारका धेरै दुर्घटनाको साक्षी बनिसकेका छन्, सर्वसाधारण ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x