पुस ११, २०८०
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
बारा र पर्साका केही गाउँमा आइतवार आएको भीषण आँधीको क्रममा भएको जनधनको क्षतिले सिङ्गै देशलाई प्रभावित पारेको छ । पहाड तराई सबैतिरका नेपाली विषादमा परेका छन् र प्रत्यक्ष रूपमा प्रभावित बासिन्दालाई के कसरी सहयोग गर्न सकिन्छ भनेर उपयुक्त तरीका हेर्दैछन् । जिल्ला प्रशासनहरूले उपलब्ध गराउने तात्कालिक सहयोगको अतिरिक्त काठमाडौंबाट केन्द्रले गर्न सक्ने उद्धार एवं राहत कार्यबारे सरकारले आश्वासन दिँदै गरेको अवस्था छ । भनौं,सत्ताधारी दलका नेताहरूको भाषण यस्तो आश्वासनका सङ्केत हुन् ।
प्राकृतिक प्रकोप र अन्य विपत्ति आइपर्दा त्यसमा कृयाशील हुन तोकिएका सरकारी निकायहरू वर्षौदेखि सञ्चालनमा छन् : गृह मन्त्रालय र त्यस मातहतका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला कार्यालयहरू । नेपाली सेनाको बेग्लै एकाई र प्रभावकारी संयन्त्र छ । यस्ता घटना हुँदा पीडित, प्रभावितलाई नगद सहायता प्रदान गर्न सरकारी बजेट शीर्षक छुट्याएकै हुन्छ; आवश्यक परे अर्थ मन्त्रालयले थप निकासा पनि दिन सक्छ । अर्को शब्दमा, सरकारसित साधन स्रोतको कमी छैन । त्यसैले चन्दा, सहायताका माग,आह्वानहरूको जरुरत पर्दैन । स्वस्फूर्त ढङ्गले सक्षम नेपालीले विपद्मा परेका नेपालीले सहायता रकम जुटाउनु बेग्लै कुरो हो ।
तर पटक-पटकको अनुभवले सिद्ध गरेको निचोड हो, नेपालमा यस्तो बेलामा समन्वय मिलाई काम गर्ने हुति सरकारी संयन्त्रको हुने गर्दैन । शासक, प्रशासकहरू हवाई निरीक्षणबाट दायित्व पूरा गरेको ठान्छन् भने एकथरी गैरसरकारी संस्थाका मानिसहरू प्रचारमुखी सहायता कार्यक्रममा पुग्छन् । केही बोरा चामलको साथ इसाई (खृष्टान) धर्मप्रचारकले बाइबलका पुस्तक बाँड्ने काम एकसाथ गरेका घटना यस पटक पनि प्रेसमा आइसकेको छ । अनि दाता कहलिन रुचाउनेहरूमध्ये धेरैजसो सुगममा केन्द्रित हुन्छन्, तर अधिकांश पीडित दुर्गम इलाकामा बेवारिसे भएर बसेका हुन्छन् । बाढी, भूकम्प, आगलागी, शीतलहरका सन्दर्भमा हामीले देखे-भोगेकै प्रवृत्ति हुन् ।
समन्वय र व्यवस्थापनमा देखिने टडकारा कमीहरूलाई उद्धार कार्यमा खटिने कर्मचारीहरूको लोभी-पापी मनोवृत्तिले जटिलता थप्ने गर्दछ । नियमित तलबको अतिरिक्त पाइने भत्ता-सुविधाले समेत तिनको लालचीपन घटेको हुँदैन। खर्च बढी देखाउन बील-भर्पाई मिलाउने प्रवृत्तिले यस्तै विकृतिलाई प्रमाणित गर्छ । तर यसतर्फ सरोकारवालाको चासो र चिन्ता नगण्य रहने गरेको छ ।
आशा गरौं, निराशाजनक हाम्रो यो निष्कर्ष यस पटक गलत प्रमाणित होओस् ।
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...