कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं–उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि चेक रिपब्लिकका आवासीय राजदूत मिलन हेवोर्काबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा द्धिपक्षिय हितको विषयमा छलफल भएको थियो ।
भेटमा उर्जामन्त्री पुनले नेपाल र चेक रिपब्लिकको बीचमा धेरै समानता रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय फोरमहरूमा समेत दुवै देशको बीचमा समान धारणा र सहकार्य रहँदै आएको भन्दै आगामी दिनमा पनि थप सहकार्य हुने बताए ।
मन्त्री पुनले वेस्ट म्यानेजम्याण्ट, स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा समेत राजदूत मिलनसँग छलफल गरेका थिए । उनले विदेशी लगानीका लागि नेपालमा उपयुक्त वातावरण रहेको भन्दै चेक रिपब्लिकका लगानीकर्ताहरूलाई समेत नेपालमा लगानीका लागी आह्वान गरे ।
‘विदेशी लगानीलाई सहयोग पुग्ने गरी हामिले कानुन निर्माण गरेका छौं, अहिले लगानीका लागि समेत उपयुक्त वातावरण छ, तपाईंमार्फत चेकका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्न चाहन्छु ।’ मन्त्री पुनले भने ।
भेटमा चेक राजदूत हेवोर्काले चेक रिपब्लिक र नेपालबीच लामो समयदेखी मैत्रीपुर्ण सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरेका थिए । उनले 'वेस्ट म्यानेजम्याण्ट', स्मार्ट मिटर र स्मार्ट ग्रिडको क्षेत्रमा काम गर्न चेक कम्पनीहरु ईच्छुक रहेको बताए । साथै १ सय मेगावाटसम्मको जलविद्युत परियोजनामा लगानी गर्न चेक कम्पनीहरू ईच्छुक रहेको जानकारी समेत उनले दिए ।
‘सौर्य उर्जा र जलविद्युतको क्षेत्रमा काम गर्न केहि चेक कम्पनीहरू ईच्छुक छन्, नेपाल सरकारले त्यसको लागि हामीलाई वातावरण बनाईदिनुपर्यो, हामी नेपालको उर्जा क्षेत्रमा सहकार्य गर्न चाहन्छौं ।’ राजदूत हेवोर्काले भने ।
उनले त्यसका साथै सिंचाई, पानी र आधुनिक पम्पको क्षेत्रमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गरेका थिए ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...