×

NMB BANK
NIC ASIA

काठमाडौं – विक्रम संवत्को पात्रो फेरिइसकेकाे छ । अर्थात आइतवारबाट विक्रम संवत् २०७६ शुरू भइसकेकाे छ ।

Sagarmatha Cement
Muktinath Bank

हामीले २०७५ सालको राजनीतिक, आर्थिक र सामाजिक घटनाक्रमको समीक्षा गरेका छाैं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्ष २०७५ मा हामीले केही प्रतिष्ठित व्यक्तिहरूलाई गुमायौं । 


Advertisment
Nabil box
Kumari

बहालवाला मन्त्री रविन्द्र अधिकारी

Vianet communication
Laxmi Bank

गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको ज्यान गयो । तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएका संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा मन्त्री अधिकारी सहित देशका प्रतिष्ठित व्यापारी आङछिरिङ शेर्पाको पनि निधन भयो ।

पछिल्ला तीनवटा निर्वाचनमा कास्कीबाट प्रत्यक्ष निर्वाचित अधिकारी नेकपाको नयाँ पुस्ताका उदीयमान नेता थिए । सोही हेलिकप्टरमा नागरिक उड्यन क्षेत्रका वरिष्ठ अधिकारी र नेपालको राजनीतिक नृतृत्वसँग सम्बन्ध बनाएका व्यवसायी शेर्पाको निधन भयो । यति एयरलाइन्स, हिमालय एयरलाइन्स, गोकर्ण रिर्सोट लगायत व्यापारिक प्रतिष्ठानका प्रमुख शेर्पा नेपालको पर्यटन क्षेत्रका टाइकुन मानिन्थे ।

उक्त दुर्घटनामा अधिकारी र शेर्पाका अलावा प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भयो ।

वृद्धभत्ताका सूत्राधार भरतमोहन अधिकारी

नेकपा नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको फागुन १८ गते शनिवार निधन भयो । फोक्सो र मुटुसम्बन्धी समस्याबाट पीडित  अधिकारीको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । २०५१ सालको कम्युनिष्ट सरकारका अर्थमन्त्री रहेका अधिकारी आफ्नो गाउँ आफै बनाउँ लगायत लोकप्रिय कार्यक्रमका योजनाकार थिए ।

पञ्चायतका डिजाइनर तुलसी गिरी

पुस ३ गते पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन भयो । लामो समयदेखि कलेजोसम्बन्धी रोगका कारण कमजोर बनेका गिरीको ९३ वर्षको उमेरमा निधन भयो ।

राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रूपमा चिनिन्थे । ०५९ सालमा पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनीले मन्त्रिपरिषद्को उपाध्यक्ष बनेर पूर्वराजा ज्ञानेन्द्रलाई साथ दिएका थिए ।

वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटा

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको असार ४ गते निधन भयो । पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका देवकोटाले नेपालमा जटिल खालका अप्रेसन गरेका थिए ।

तीनजना प्रदेश सांसद

नेकपामा प्रदेश सांसद उत्तरकुमार वलीको फागुन १० गते निधन भयो । माघ २४ गते कार दुर्घटनामा घाइते भएका सांसद वलीको फागुन १० गते निधन भएको थियो ।

भक्तपुर १ (क) बाट निर्वाचित प्रदेश नम्बर ३ का नेकपा सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो । मस्तिष्कघातका कारण काठमाडौंको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो ।

यस्तै गण्डकी प्रदेश सांसद बागलुङ २ (ख)का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मंसिर २७ मा निधन भयो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उनी प्रत्यक्ष निर्वाचित सांसद थिए ।

बाराका सीडीओ र एसपी

बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईका फागुन ६ गते निधन भयो । माघ ११ गते सवारी दुर्घटनामा घाइते भएका सीडीयो भट्टराईको त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । उक्त दुर्घटनामा सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको पनि ज्यान गयो ।

चक्र बाँस्तोलादेखि कमल पंगेनीसम्म

करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहेका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बाँस्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनेका थिए ।

नेपाली कांग्रेसका स्याङ्जाका जिल्ला सभापति कमल पंगेनीको साउन २० गते हृदयाघातका कारण निधन भयो ।

मानव अधिकारकर्मी पद्मरत्न तुलाधर

मानव अधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको कात्तिक १८ गते मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । तुलाधर २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिष्ट सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री थिए । उनी २०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवार समेत थिए ।

भाषाविद् पोख्रेल र साहित्यकार शर्मा

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको फागुन १२ गते विराटनगरमा निधन भयो । पोखरेलले १ सय ३० बढी पुस्तक लेखेका छन् ।

उनले खस जातिको इतिहास, १०० वर्ष र  भाषाको शब्दकोष लेखेका छन् । पोखरेल २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य समेत थिए ।

यस्तै वरिष्ठ साहित्यकार प्रा. मोहनराज शर्माको माघ १० गते ८१ वर्षको उमेरमा निधन भयो । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उनको कलङ्कीस्थित नेशनल अस्पतालमा निधन भएको हो । 

समालोचना, नाटक, कथा, कविता, उपन्यास लगायतका विषयमा उनका थुप्रै कृति प्रकाशित छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x