×

NMB BANK
NIC ASIA

बुटवल – बुटवलमा २० वर्ष अगाडि कुनै संगीत सिक्ने वा अध्ययन गर्ने ठाउँ थिएन । रुपन्देहीको तिलोत्तमाका सुरेश सेन्चुरी भारतको गोरखपुरमा ४ वर्ष कोर्स (डिप्लोमा उत्तीर्ण) गरेर भर्खरै बुटवल फर्किएका थिए ।

Sagarmatha Cement
Muktinath Bank

उनी बुटवल आउँदा स्थानीय स्तरमा संगीत सिकाउने कुनै संघसंस्था थिएनन् । आफूले सिकेको ज्ञानलाई रूपन्देही तथा आसपासका जिल्लाका संगीत सिक्न रूचि हुनेका लागि वागेश्वरी संगीतालय स्थापना गरे सेन्चुरीले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुरूमा उनको उद्देश्य थियो – युवाहरूलाई गितार बजाउन सिकाउने । यो २०५५ सालको कुरा हो । अहिलेजस्तो संगीत सिक्न सहज वातावरण थिएन । सिक्न चाहने विद्यार्थी पनि भागेर आउने गर्थे । वागेश्वरी संगीतालयका प्रिन्सिपल सेन्चुरीले त्यो बेला झण्डै २० जना विद्यार्थीबाट संगीत सिकाउन शुरू गरे । 


Advertisment
Nabil box
Kumari

वागेश्वरीमा गितार र ड्रमसेटसँग उनी कहाँ नृत्य पनि सिकाउनुपर्यो भनेर विद्यार्थीहरू आउन थाले ।

Vianet communication
Laxmi Bank

संगीतालयकी गीता थापालाई नृत्य सिक्न भारतको गोरखपुर पठाए । उनी–६ महिना नृत्य सिकेर आएपछि वागेश्वरीले नृत्युको कक्षा औपचारिक रुपमा सञ्चालन गर्न थाले । 

उनी भन्छन्, ‘देशको गहना भनेको कला, साहित्य र संगीत हो । शुरूमा विद्यार्थीहरू भागेर लुकीलुकी आउने शुल्क उठाउन पनि गाह्रो हुन्थ्यो । तर अहिले संगीत सिक्नेको बाढीजस्तै आएको छ । म यसमा खुशी छु ।’

गितार सिकाउनबाट शुरू भएको संगीत कक्षामा विद्यार्थीको माग नृत्य र गायनको पनि आयो । उनले बुटवलमा मिलनचोकमा वागेश्वरी संगीतालयको कक्षाहरू सञ्चालन गरी व्यावसायिक रूपमा संगीत क्षेत्रमा हाम फाले । उनी भन्छन्, ‘शुरूमा संगीत क्षेत्रमा भविष्य बनाउने भन्ने मेरो कल्पना पनि थिएन ।’

बुटवलमा संगीतको कक्षा पहिलो पटक शुरू गरेको सेन्चुरीले अहिले झण्डै १० हजारभन्दा बढी विद्यार्थीलाई संगीत, नृत्य र वाद्यबाधन सिकाइसकेका छन् । उनका विद्यार्थीले वागेश्वरीलाई मात्र होइन, नेपालको कलाकारितालाई विश्वसामु परिचित गराउन सफल भएका छन् ।

सेन्चुरीका छात्रा हुन् टेरिया फौजा मगर । रूपन्देहीको कञ्चन गाउँपालिकाकी फौजा मगरले वागेश्वरीमा संगीत सिकेर भारतको चर्चित डान्स प्रतिष्पर्धा डीआईडी लिटिल मास्टर सिजन–३ को विजेता बनेको थिइन् । ‘टेरिया एकदमै जिज्ञासु थिइन् । उनले भारतको सबैभन्दा ठूलो प्रतिस्पर्धामा विजेता बनेर नेपाल र नेपाली र वागेश्वरीलाई समेत विश्वसामु चिनाइन् ।

टेरिया अहिले मुम्बईमा बस्छिन् । उनी प्रत्येक महिना विश्वका धेरै देशमा डान्सका लागि अहिले जाने गर्छिन् । उनी नेपाल आउँदा वागेश्वरीमा सुरेश सरलाई नभेटी जान मान्दिनन् ।

सुरेश सेन्चुरी मोफसलको सफल संगीत सर्जकको रूपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । उनले सिकाएका विद्यार्थी टेरिया मात्र होइनन् । नेपाल आइडल टप ‘फाइभ’ मा पुग्न सफल विद्यार्थी हुन्, सुजाता पाण्डे पनि ।

त्यसैगरी प्रेम नेपाली, भोजराज न्यौपाने, विशाल आत्रेय पनि वागेश्वरीका उत्पादन हुन् । उनीहरू व्यावसायिक रुपमा सफल गायक हुुन् । त्यसैगरी नृत्यमा आशिष भण्डारी, मनिस नेपाली, ज्योति राना पनि वागेश्वरीका उत्पादन हुुन् । त्यसैगरी गितार बजाउनेमा विशाल श्रेष्ठ र लाक्पा शेर्पा पनि अहिले व्यावसायिक रुपमा संगीतको क्षेत्रमा जमेका छन् । 

उनी भन्छन्, ‘रुपन्देही लगायत विभिन्न ठाउँमा यहाँबाट प्रतिनिधित्व गरेर जाने विद्यार्थीहरूले केही न केही उपाधि जितेर आएका छन् । प्रतिस्पर्धामा वागेश्वरीमा सिकेर गएका विद्यार्थीहरू परेका छन् ।’

गायन क्षेत्रमा वागेश्वरीबाटै सिकेका अर्जुन कौशल, एन्जिला रेग्मी, जमुना सनम, आकांक्षा बस्याल, प्रिया भण्डारी, दिपु मगर लगायतका कलाकार पनि वागेश्वरीकै उत्पादन हुन् । २ वटा कोठाबाट शुरू भएको वागेश्वरी अहिले ३ कठ्ठा जग्गामा फैलिएको विशाल संरचनामा चलेको छ । यहाँ अहिले ८ सय विद्यार्थी अध्ययरत छन् । सुरेशले विद्यार्थीलाई संगीत मात्र सिकाएका छैनन्, झण्डै १ हजार गीतमा संगीत पनि भरिसकेका छन् ।

‘यहाँबाट संगीत सिकेका विद्यार्थी कुनै खाली बस्नुपरेको छैन । धेरैले अन्यत्र नै संगीतालय सञ्चालन गरेका पनि छन्,’ उनी भन्छन् । २ हजार गीतमा म्यूजिक एरेन्ज गरेका पनि छन् । सेन्चुरीले धेरै गीत पनि लेखेका छन् । अहिले वागेश्वरीमा संगीत सिक्न विद्यार्थीको भीड लाग्ने गर्छ । विशेषगरी अहिले एसईई परीक्षा सकिएको छ । अब वागेश्वरीमा संगीत र नृत्य र वाद्यबाधन सिक्न आउने विद्यार्थीको भीड थामिनसक्नु हुन्छ ।

सेन्चुरी भन्छन्, ‘म यहीँ संगीतलाई नै आफ्नो मुख्य पेशा अथवा यसैमा जीवन बिताउँछु भन्ने सोचमा साथ हाम फालेका होइन । तर संगीतमा रुचि र चाहना बढदै जाँदा यसप्रति सबैको विश्वास पनि बढ्दै गएपछि म यसैमा रमे ।’

‘संगीत भनेको साधना हो । यसमा निरन्तर लाग्नुपर्छ । आफूलाई जे कुरामा आनन्द आउँछ, त्यो गर्नुपर्छ  । म संगीतमा सन्तुष्टि पाउँछु । मेरा लागि संगीत ‘सरस्वती’ हो,’ उनी भन्छन् ।  संगीत सिक्न कत्तिको गाह्रो हुन्छ भन्ने प्रश्नमा उनी सेन्चुरी थप्छन्, ‘शब्द, धुन र गायनमा आफ्नोपन हुनुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x