पुस १६, २०८०
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
बैशाख ७, २०७६
काठमाडौं- एउटा राम्रो अभिनेता मात्र होइनन्, राम्रा गायक पनि हुन्- मुरलीधर । 'उडायो सपना सबै हुरीले...' यो गीत नसुन्ने र नगुनगुनाउने सायदै कोही नेपाली होलान् । बलिउडमा समेत स्थापित यो गीत गायक, कलाकार मुरलीधर मिजारले गाएका हुन् ।
सिराहाको सामान्य परिवारमा जन्मिएका मुरलीधरले आफ्ना पिताबाट संगीतको कखरा सिके र मुम्बईबाट संगीतमा बी. म्युजिक गरे । लगभग उदित नारायण र डेनी डेङजोङपा सँगैका मुरलीधर बलिउडको दौडमा उनीहरूजति कुद्न नसकेपनि आफ्नो छुट्टै परिचय भएका कलाकार हुन् ।
थुप्रै नेपाली र हिन्दी चलचित्रमा अभिनय गरेर तथा आफ्नो स्वरबाट पनि परिचित गायक मुरलीधरको 'उडायो सपना सबै हुरीले', 'निष्ठुरीलाई माया गरी आफैलाई रोगी बनाएँ', 'चिसो चिसो सिरेटोमा', 'तिम्रो आँखाको भाका' जस्ता थुप्रै चर्चित गीतहरू छन् । उनले लगभग डेढ सय जति नेपाली गीत गाएका छन् भने हिन्दी, मैथिली र भोजपुरी गीतहरू पनि थुप्रै गाएका छन् ।
उनको पनि अभिनय रहेको 'हम आजाद है', र 'मिस्टर इन्डिया' चर्चित फिल्म हो । यस्तै नेपाली चलचित्रमा साइनो, कन्यादान, पिरती, सम्झनालगायत पछिल्लो समय निखिल उप्रेतीको भैरवमा पनि अभिनय गरेका छन् । भोजपुरी र मैथिली फिल्म बनाएका पनि छन् उनले ।
लोकान्तर संवादको लागि दिल निशानी मगरसँग भएको कुराकानीमा गायक मुरलीधरले 'निष्ठुरीलाई माया गरी' भन्ने गीत राजेशपायल राईको नभई आफ्नो गीत भएको बताएका छन् । तर आफ्नो नामको त्यो गीत रेडियो नेपालले लुकाएको आरोप पनि लगाएका छन् ।
राजेशपायल राईले 'दाई गल्ती भयो' भन्दै माफी मागेको पनि उनले बताए । मञ्चमा गाउँछु भनेर मागेको गीत राईले रेकर्ड गरेको मुरलीधरको आरोप छ ।
नेपाली शास्त्रीय संगीतमा बेग्लै योगदान दिएका मुरलीधरसँगको संवाद :
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...