फागुन ३, २०८०
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
बैशाख ११, २०७६
- कृष्ण पहाडी
जनआन्दोलनको पुष्ठभूमि कसरी तयार भयो ?
एकातिर माओवादी हिंसा चलिरहेको थियो, अर्कोतिर संसद विघटन भएको अवस्था थियो । नागरिकको पहिलो एक मात्र चाहना देशमा शान्ति होस् भन्ने थियो । त्यही बीचमा परिस्थितिको फाइदा उठाएर तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिनुभयो २०६१ माघ १९ गते । त्योभन्दा पहिले पनि ५ दलको आन्दोलन चलिरहेको थियो, २०६१ पछि ७ दल भए । लोकतन्त्र प्राप्ति भन्ने अमूर्त नाराहरू थिए, जनताले पत्याइरहेका थिएन ।
त्यही बीचमा नागरिक आन्दोलनको अभ्युदय भयो । नागरिक आन्दोलनले के कुरामा जोड दियो भने स्थायी शान्ति । स्थायी शान्तिका लागि टापटिपे कुरा मात्र होइन । तत्कालीन सात दललाई नागरिक समाजले आग्रह गर्यो – तपाईंहरूले अब राजतन्त्र प्रतिको मोह त्याग्नुपर्छ । माओवादीलाई आग्रह गर्यो – तपाईंहरूले हिंसा त्याग्नुपर्छ । बहुदलीय पद्धति, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता मानव अधिकारसहित सम्मुन्नत लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरोस् । अर्थात् जनवादमा जाने कुरा छाड्नुस्, हिंसालाई छाडनुस् ।
परिस्थिति कस्तो थियो भने एकातिर आतंकारीको बिल्ला भिरेर माओवादी जंगल–जंगल भौतारिनुपरेको थियो । अर्कोतर्फ राजाबाट अक्षमता र भ्रष्टको बिल्ला भिरेर संसदवादी दल सडकमा भौतारिनुपरेको थियो । तर जनताले साथ दिएनन् । किनकि जनताको पहिलो चाहना शान्ति थियो, दलहरूको सत्ता थियो होला ।
त्यहीँ बीचमा नागरिक समाजको एजेण्डालाई नागरिकले साथ दिए, दशौं हजारका सभा जुलुस हुन थाले । राजनीतिभन्दा बाहिरको समाज हुन्छ नि ! डाक्टर, इन्जिनियर, पत्रकार, अधिकारकर्मीदेखि लिएर सबै नागरिक अधिकारकर्मी सबै सडकमा आए, त्यहीँ नागरिक आन्दोलनको ब्यानरमुनि ।
त्यो नागरिक आन्दोलनको नेतृत्वमा डा. देवेन्द्रराज पाण्डे र हामीहरू बसेर काम गर्ने मौका पायौं । त्यो कुनै कसैले बनाएको संगठन थिएन । जनताले स्थापित गरेको, जनताले मानेको संगठन थियो । दशौं हजारमार्फत नागरिक आन्दोलनको दबाब भएपछि दुवै हच्किए । ७ दल पनि परम्परागत वा सेरेमोनियल राजतन्त्रको एजेण्डा बोकेर हामीलाई जनताले साथ दिँदैनन् भन्नेमा पुगे । त्यो हाम्रो दबाबभन्दा पनि जनताको दबाबले काम गर्यो भने माओवादीलाई पनि पुनर्विचार गर्न बाध्य तुल्यायो, चाहे उपयोगितावादको सिद्धान्तलाई अगाडि सारेर होस् अथवा कुनै बहाना होस् ।
आन्दोलन नागरिक समाजको मात्र थियो त्यो बेला । हुँदै गएपछि राजनीतिक दलको पनि भयो । संसदवादी र माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे सहमति भयो । १२ बुँदे प्रस्थान बिन्दू थियो परिवर्तनका लागि शुरूआत भनौं । केही कुरा ‘क्लीस्ट’ थिए १२ बुँदेमा । क्लीस्ट भएपनि आन्दोलन आह्वान गर्नका लागि ढिला भइसकेको थियो । त्यहीबेला साही सत्ताले नागरिक समाजका अगुवा लगायत हामीलाई पक्राउ गर्यो, शाही नगर चुनावको सन्दर्भमा । त्यो चुनाव सिद्धिएपछि पनि हामी त बन्दी अवस्थामै रह्यौं ।
चैत्र महिना आयो । चैत्र महिना आएपछि आन्दोलन शुरू गर्न राजनीतिक दल बाध्य भए । आन्दोलन शुरू भएपछि रोकिएन, बल जनताको कित्तामा गयो । परिणाम के भयो भने तत्कालीन राजा ज्ञानेन्द्र्रले ७ दललाई टेर्नुभएन, नटेरेपछि आन्दोलन अगाडि बढ्दै गयो । त्यसपछि त इतिहास बन्यो । त्यसैले लोकतन्त्र दिवसको अवसरमा शहीद बन्नुभएकाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै नमन गर्दछु र घाइतेलाई अझै पनि न्याय भएको छैन भन्ने कुरा आएको छ । न्याय हुनुपर्छ ।
लाखौं जनता सडकमा उत्रिए केको लागि ? दलहरूको स्वार्थ त सत्ता थियो होला । ती नागरिकको स्वार्थ भनेको शान्ति मात्र थियो, स्थायित्व मात्र थियो । ती नागरिक सडकमा आए र यो परिवर्तनको श्रेय पनि असलमा तीनै नागरिक माथि जान्छ । यो अरुले फूर्ति गर्नुपर्दैन । जनता जाग्यो भने के हुन्छ भन्ने कुरा विगतमा राजा महाराजाले सिक्नुभयो, सिक्नुभएन, अहिले सत्तारुढ र विपक्षमा बसेकाहरूले सिक्नुपर्छ । पाठ सिकेनन् भने गति के हुन्छ ? त्यसैले जनता नै अन्तिम सत्य हुन् भन्ने कुरा जनताले स्थापित गरे । त्यसको लागि दुइवटा कुराहरू महत्त्वपूर्ण मान्छु म ।
जब वैशाख ८ गते कांग्रेस आईका नेता करण सिंह भारतीय प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत बनेर आएर मिलाउने कोसिस गरे । दलहरूकै सहमतिमा घोषणा भएको हो भन्छन् वैशाख ८ को घोषणा । तर जनताले त्यसलाई अस्वीकार होइन, खारेज नै गरिदियो, मानेन । जनताले मानेन, नेताले चाहँदा मात्र केही हुँदो रहेनछ । अनि वैशाख ११ गतेको घोषणा भयो ।
वैशाख ११ गतेकै घोषणालाई टेकेर शान्ति प्रक्रिया अगाडि बढ्यो । परिवर्तनको हिसाब अगाडि बढ्यो र तत्कालीन राजाले आत्मसमर्पण गरेको दिन भन्छु म त वैशाख ११ लाई । त्यसैको विकसित घटनाक्रम संविधान सभाको निर्वाचन हो र गणतन्त्र स्थापना भएको हो । त्यसैले लोकतान्त्रिक गणतन्त्र स्थापनाको पुष्ठभूमिमा २०६२/६३ को अभूतपूर्व जनआन्दोलन रहेको छ । जनआन्दोलन नउर्लेको भए, त्यो जनआन्दोलनले १२ बुँदेलाई अनुमोदन नगरेको भए परिवर्तन कहाँबाट सम्भव हुन्थ्यो ?
वैशाख ११ गतेको परिवर्तनपछि राजनीतिक घटनाक्रम व्यवस्थित हुँदै गए, त्यसको लागि राजनीतिक दललाई पनि धन्यवाद दिनुपर्छ । अनेकौं आन्दोलनका आँधीहरू फेरि पनि उठे । किनभने जनताको चाहना भन्नुपर्छ त्यसलाई, व्यवस्थापन हुँदै गयो । त्यसैले पहिलो संविधान सभाको चुनाव भयो, संविधान आएन । दोस्रो संविधान सभाको चुनाव भयो, संविधान बन्यो । त्यसैले यो परिवर्तनको प्राण भनेको २०६२/६३ सालको आन्दोलन हो ।
बेथितिप्रति नागरिक आन्दोलन किन मौन ?
त्यो परिवर्तनको एउटा घटक नागरिक आन्दोलन थियो, मूल त जनता नै हुन् । ७ दल थिए, माओवादी थियो दुइवटा घटक भए र तेस्रो भनेको नागरिक आन्दोलन थियो । नागरिक आन्दोलनको एउटा राजनीतिक एजेण्डा थियो, लोकतान्त्रिक गणतन्त्र । २०६३ सालपछि भिन्न घटनाक्रम र भिन्न परिस्थितिमा काम गर्नुपर्ने स्थिति आयो । एउटा आन्दोलन लामो समयसम्म कसरी हाक्न सक्नुहुन्छ ? हिजो संरचनाहरू थिएनन् ।
२०६३ सालपछि संरचना बन्दै गए, अन्तरिम संसद बन्यो । अन्तरिम संविधान बन्यो । निर्वाचन भयो, दलहरूले खुट्टा टेके । त्यो बेला केही पनि थिएन संरचना । एउटा कुरा के सत्य हो भने राजनीतिक दलभन्दा पनि अगाडि नागरिक आन्दोलन आएको हुनाले जनता सडकमा आए । जनता सडकमा किन आए भन्दा चारैतिर बेथिति थियो त्यो बेला ।
नागरिक आन्दोलनले आफ्नो भूमिका निर्वाह गर्यो । त्यसपछि संरचना बन्दै गए, आज संरचना छन् । सबभन्दा ठूलो संरचना जननिर्वाचित थलो संसद छ । अख्तियारजस्ता निकाय सक्रिय छन् । न्यायालय छ, त्यहाँ कति विकृति विसंगति छ, अहिले चर्चा नगरौं । तर संरचना भएको बेला तिनले काम गर्नुपर्यो ।
लोकतन्त्र भनेको शब्द होइन, व्यवहारबाट अनुभूत हुनुपर्छ । नेताहरूको र दलहरूको आचरण र शैली जस्तो हुन्छ, त्यसैबाट एउटा धारणा बन्छ जनतामा । जनतामा ए लोकतन्त्र आयो भन्ने भाव जाग्रित हुनुपर्यो । लोकतन्त्र बलियो हुने भनेको संरचनाले हुने हो । जस्तो न्यायालय भनेको राज्यको संरचना हो, सरकारको अंग होइन । संसद भनेको पनि पृथक हुन्छ सरकारभन्दा, संसदको सर्वोच्चता भन्छौं हामी । त्यसले सरकारलाई पनि लगाम कस्छ । सरकार निर्माण गर्छ, त्यसैले यावत, भ्रष्टाचार विरुद्धका निकाय हुन्छन् । संरचना जागरुक र चलायमान भइदिए, सशक्त र निष्पक्ष भइदिए भने बल्ल लोकतन्त्र बलियो हुन्छ । अब दूर्भाग्य के भयो भने संरचना सबै कब्जा हुन थाले, २० को १९ होला, सबैको नियत त्यहीँ देखियो ।
पार्टीगत आधारमा भागबण्डाका आधारमा संरचना कव्जा गरेर, दलीयकरण गरेर लोकतन्त्र बलियो हुँदैन । दोस्रो माफियाको बिगबिगी देखियो । जल माफिया, भूमाफिया, हवाइ माफिया । हरेक क्षेत्रमा माफियाले राजनीतिमा प्रभाव पारेको, सत्तालाई आफ्नो चंगुलमा पारेको देखियो । त्यो चंगुलबाट उम्कने इच्छाशक्ति सत्ताको छ/छैन ? त्यो माफिया तन्त्रलाई ध्वस्त पार्ने इच्छाशक्ति सरकारमा छ कि छैन ? दलहरूमा छ कि छैन ? होइन भने निर्वाचन खर्चिलो भो, महंगो भयो, भड्काउ भयो । निर्वाचनमा २ नम्बरी पैसा तिनै माफियाबाट आउने । ती माफियाले त्यसको व्याजसहित पैसा असुल गर्ने क्रममा नीति निर्माण नै माफियाको इच्छा र आग्रहमा हुन थाल्यो भने त्यो त दूर्भाग्य भयो । यी चाहिँ विकृतिका कुरा भए ।
तपाईंहरूलाई म विनम्र आग्रह गर्छु – नागरिकको भूमिका तपाईंहरूले पनि हेर्नुपर्छ । जस्तो यो केका लागि लड्छ ? प्रेस स्वतन्त्रताका लागि लड्छ भने यसका गतिविधिलाई साथ दिनुभयो, यसले व्यापक रुपमा जनमानसमा म्यासेज जान्छ, अनि मात्र जनतामा राय बन्छ । नागरिक समाज वा आन्दोलनले एकैपटक जनतामा जान सक्दैन, माध्यम प्रेस हो ।
जुन रफ्तारमा जनताले सडकमा उत्रेर, गोली खान तयार भएर परिवर्तन ल्याएका थिए, त्यो चाहना चाँहि कतिपय पूरा भएन । त्यो अपेक्षामा दलहरू किन खरो उत्रिएनन् ? यो अर्को बहसको विषय हो । त्यसैले अब तह लगाउने भनेको खराब नेता र खराब आचरणका पदाधिकारीविरुद्ध हो । शान्तिपूर्ण तवरमा, कानूनी तवरमा । त्यसैले संयन्त्रलाई बलियो बनाउनुपर्यो । संयन्त्रलाई स्वायत्त बनाएर काम गर्न दिनुपर्यो ।
आज देशमा निराशाको बादल छ, त्यो निराशाको बादल छाउनुको अलिकति पछाडिको कारण के होला ? दलहरूको आचरण होला । त्यो आचरण सुधार्न नसके सिस्टमले फिल्टर गर्छ । म खुला हृदयले भन्छु, संसारमा सुशासन भएन भने कुनै पनि तन्त्र चल्दैन, त्यो लोकतन्त्र होस् कि गणतन्त्र । त्यसैले सुशासन आज देशको माग हो ।
दलहरूको भूमिका वा काम कस्तो रह्यो ?
नेताहरू मठाधीशजस्ता भए, एकपटक नेता भएपछि त्यो कहिल्यै पनि ‘रिटायर्ड’ नहुने भयो । अवकाश नपाउने भयो, किनभन्दा पार्टीको दबदबाको आधारमा । जबकि संसारभर के हुन्छ भने कुनै एउटा नीतिमा चिप्लियो भने बहुमत प्राप्त गर्न सकेन भने त्यो नेतृत्व साइड लाग्छ, नयाँ आउछ । लोकतन्त्र भनेको नदीको प्रवाह जस्तै हो, यो जम्यो भने फोहोर हुन्छ । निरन्तर बगिराख्यो भने फोहोरलाई सयौं किलोमिटर टाढा पुगेपछि पानी निर्मल र कञ्चन हुन्छ ।
हाम्रोमा रोकावट भयो, उनीहरूले कहिलै पार्टी नछाड्ने । पार्टीका आधारमा जनताले उनीहरूलाई निरन्तर भोट हालिराख्नुपर्ने । निराशाको बादल गर्जेको बेला त्यसको फाइदा कसले उठाउँछ त ? थाहा छैन । त्यसैले लोकतन्त्र खतरामुक्त छ छैन भन्छन् नि ! मैले भनेको नेतालाई खतरा हुँदा लोकतन्त्र खतरामा हुँदैन । ठूला ठूला भ्रष्टाचारको कुरामा आवाज उठाउँदा दबाउन खोजिन्छ । वाइडबडी खरिजजस्ता बह्मलूटमा हामीले ह्याउ देख्यौं । अहिले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा हामी १ वर्षमा ९ पटक गिरफ्तार भयौं । प्रधानमन्त्री ओलीज्यू आगो हुनुभयो, उहाँका हरेक अभिव्यक्ति हेर्नुहुन्छ भने प्रकारान्तरले घुमाइफिराई हामीलाई नै गाली गरेको देखिन्छ ।
राजनीतिको मुहानको बारेमा विचार गर्नुपर्ने समय आयो । १७ वर्षको उमेरमा राजनीति गरेको छ, गुजारा गर्ने अरु पेशा छैन । उसले बसेर त्यही कोट्याउने हो । भनेपछि भ्रष्टाचार करौडौंबाट अर्बाैंमा उक्लियो । जनता किन सडकमा आएनभन्दा नजिकबाट नियालिरहेको छ ।
देशमा फेरि निरंकुशताको खतरा छ कि छैन ?
आजको मितिमा भन्नुपर्दा सार्वभौम जनताले यति सर्वशक्तिमान बनाएर दलहरूलाई सरकारमा पठाएका छन्, त्यसकारण जनतालाई त दोष दिनै मिल्दैन । जसले लोकतन्त्र फाल्न खोज्छ वा निरंकुशतन्त्र ल्याउन खोज्छ, उनीहरूले विगतबाट पाठ सिक्नुपर्छ । त्यस्तो स्थिति आउने भयो भने धरातल कसले दियो त ? नेता र दलहरूले दिए । त्यसकारण आजका मितिमा सबैभन्दा खतरा लोकतन्त्रका लागि छ भने कुशासनबाट छ ।
कुशासनलाई टेकेर जसले जे पनि गर्न सक्छ, त्यो खतराबाट नेपालमुक्त छैन, त्यो हामीले बुझ्नुपर्छ । सुशासन भयो भने निरंकुशताको खतरा छैन, कुशासनका कारणले, कुशासनलाई टेकेर कसले के कदम चाल्छ ठेगान हुँदैन । कुशासन लोकतन्त्रका लागि सबैभन्दा ठूलो शत्रु हो । अरुलाई दोष दिन किन मिल्दैन भने, अरुको त्यत्रो ह्याउ र आट कहाँ छ ? जनता छैन र पछाडि ? त्यसैले मेरो सरकार, मेरो देशको नेता भनेर गर्वको भावना हुनुपर्छ नागरिकमा, त्यो छैन । सत्तारुढ दलकै कार्यकर्तामा छैन ।
कुशासनमा लिप्तहरूलाई जुन ढंगले किनारा लगाउनुपथ्र्यो नि ! कारवाही हुनुपथ्र्यो, सरकार चुकिरहेको छ । असफल भइराखेको छ । त्यसको स्केल जनतामा कत्रो छ मलाई थाहा छैन । तर सत्तारुढ नेकपाकै कार्यकर्तालाई गाउँमा गएर सोध्नुभयो भने उनीहरूको शीर निहुरिएको छ, किन ? उनीहरूको नेताको कारणले गर्दा ।
(२०६२/६३ सालको दोस्रो जनआन्दोलनको पुष्ठभूमि तयार गर्ने नागरिक आन्दोलनका अगुवा, मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसँग लोकान्तरका लागि सुशील पन्तले गरेको कुराकानीको सम्पादित अंश)
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...