×

NMB BANK
NIC ASIA

स्मृतिमा महाभूकम्प

महाभूकम्पका ४ वर्ष : बजेट र कर्मचारी जोडजाममै बित्यो समय, कस्तो छ पुनर्निर्माणको प्रगति ?

बैशाख १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विनाशकारी महाभूकम्प गएको आज बिहीवार ४ वर्ष पूरा भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पका कारण करीब साढे ८ हजार मानिसले ज्यान गुमाउनुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारपाक केन्द्रबिन्दू बनाएको भूकम्पका कारण ७ हजारभन्दा बढी निजी संरचना भत्किए भने सयौंको संख्यामा विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचना भत्किए । महाभूकम्पको करीब ९ महिनापछि भूकम्पका कारण भत्केका संरचना पुनर्निर्माणका लागि सरकारले २०७२ पुस ९ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन गर्‍यो ।


Advertisment
Nabil box
Kumari

वैशाख १२ गतेको भूकम्पको सम्झनामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ‘चौथो भूकम्प स्मृति दिवस’ मनाउन लागेको छ । प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बिहीवार बिहान ११ बजे वसन्तपुरमा स्मृति दिवस मनाउन लागेको हो । चौथो स्मृति दिवस मनाउँदै गर्दासम्म भूकम्पका कारण भत्केका पुरातात्विक सम्पदा लगायतका संरचनाको पुनर्निर्माणको प्रगति निराशाजनक छ ।

Vianet communication
Laxmi Bank

पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणको प्रगति ३० प्रतिशत

महाभूकम्प अतिप्रभावित १४ जिल्लामा ७ सय ५३ वटा पुरातात्विक महत्त्वका सम्पदामा क्षति पुगेको थियो । भूकम्पको ४ वर्षसम्म २ सय २४ वटा पुरातात्विक एवं सांस्कृतिक सम्पदा पुनर्निर्माणको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माण कूल क्षति पुगेका सम्पदाको ३० प्रतिशत रहेको छ ।

हालसम्म २ सय २१ वटा पुरातातित्वक सम्पदाको पुनर्निर्माण भइरहेको र ३ सय ८ वटा सम्पदाको पुनर्निर्माणको काम शुरू नै नभएको प्राधिकरणको तथ्यांक छ ।

निजी आवास एवं अन्य पूर्वाधारभन्दा सम्पदा पुनर्निर्माणमा निकै जटिलता रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग सम्पदाको सम्बन्ध भएका कारण सम्पदा पुनर्निर्माणमा जटिलता आएको बताए ।

‘कलात्मकताको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्ध लगायतका मुद्दाले सम्पदा पुनर्निर्माणको कार्य सबैभन्दा जटिल र धेरै समय लाग्ने देखिन्छ,’ उनले भने, ‘तैपनि पुनर्निर्माणका क्रममा उठेका मुद्दाहरूलाई सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका ७ वटै विश्व सम्पदा क्षेत्रका सम्पदाको पुनर्निर्माण द्रूत गतिमा अघि बढाइएको छ ।’

गुम्बा पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको र केही समयभित्रै गुम्बाको पनि पुनर्निर्माण शुरू गरिने उनले बताए ।

५० प्रतिशत निजी आवास पुनर्निर्माण

२०७२ वैशाखमा गएको भूकम्पका कारण कूल ७ लाख ६२ हजार ३ सय ७ घरमा पुनर्निर्माण गर्नुपर्ने गरी भत्केका थिए । त्यसमध्ये ३ लाख ८२ हजार २ सय ७७ घर पुनर्निर्माणको काम पूर्णरुपमा सकिएर आ–आफ्नो घरभित्र प्रवेश गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ । बाँकी घर पुनर्निर्माणका क्रममा रहेका पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पूर्ण रुपमा भत्केका घरमध्ये करीब ५० प्रतिशत घर पूर्णरुपमा सम्पन्न हुन सन्तोषजनक रहेको ठम्याइ छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले अपनाएको पुनर्निर्माण र पुनःस्थापनाको मौलिक शैली अनुसार निजी आवास पुनर्निर्माण गरिएको र प्राधिरणले अपनाएको शैली एकदमै प्रभावकारी भएको बताए । ‘हामीले अपनाएको पुनर्निर्माण र पुनःस्थापनाको मौलिक शैली हो,’ उनले भने, ‘पुनर्निर्माणमा हासिल गरेका परिणामले हामीले लिएको पुनर्निर्माणको अवधारणा र दृष्टिकोण सही छ भन्ने प्रमाणित भएको छ, ।’

महाभूकम्पको हालसम्मको अवधिमा जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको प्राधिकरणको दाबी छ ।

५९ प्रतिशत विद्यालय पुनर्निर्माण 

भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालयमा क्षति भएको थियो । त्यसमध्ये ४ हजार ४ सय ७६ विद्यालय पुनर्निर्माणको काम सम्पन्न भएको छ । पुनर्निर्माण सम्पन्न भएका विद्यालय ५९ प्रतिशत रहेको प्राधिकरणको दाबी छ । अन्य १ हजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

स्वास्थ संस्था पुनर्निर्माणको प्रगति ५४ प्रतिशत

भूकम्पबाट १ हजार १ सय ९७ स्वास्थ्य संस्थामा क्षति पुगेको थियो । त्यसमध्ये हालसम्म ६ सय ४३ स्वास्थ्य संस्था पुनर्निर्माणको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । कूल पुनर्निर्माण गर्नुपर्ने स्वास्थ्य संस्था ५४ प्रतिशत रहेको प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका अनुसार १ सय ४५ वटा स्वास्थ्य संस्था पुनर्निर्माणको काम भइरहेको छ । 

अझै ४ सय ९ स्वास्थ्य संस्था पुनर्निर्माणको काम शुरू हुन बाँकी रहेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण शुरू हुन बाँकी रहेका स्वास्थ्य संस्था, निजी आवास लगायतका पूर्वाधार निर्माणका लागि बजेटको अभाव भइरहेको र त्यसका लागि अर्थ मन्त्रालय एवं दातृ निकायसँग छलफल भइरहेको समेत बताए । 

खानेपानीका १७ सय आयोजनाको काम शुरू हुन बाँकी

भूकम्पले प्रभावित १७ सय ५१ खानेपानीका आयोजना पुनर्निर्माणको काम अझै शुरू भएको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३ हजार २ सय १२ खानेपानीका आयोजना भत्किएपनि हालसम्म ७ सय ९१ आयोजना पुनर्निर्माणको काम सम्पन्न भएको छ । ६ सय ७० आयोजना पुनर्निर्माणको काम भइरहेको प्राधिकरणको तथ्यांक छ ।

पुनर्निर्माणमा देखिएका चुनौती

प्राधिकरणले पुनर्निर्माणका काम चाँडै सम्पन्न गर्न विभिन्न चुनौती रहेको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणमा सबैभन्दा ठूलो चुनौती आर्थिक अभाव रहेको बताए ।

‘पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरू सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखिएको छ,’ उनले भने, ‘सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी संंस्थाबाट करीव २ खर्ब परिचालन हुने अपेक्षा हामीले लिएका छौं ।’

भूकम्पपछि पुनर्निर्माणका लागि ५ वर्षको अवधिमा ९ खर्ब ३८ अर्ब रुपैयाँ लागत लाग्ने आकलन गरिएको थियो । त्यसमध्ये आर्थिक वर्ष २०७४/०७५ सम्म १ खर्ब ८६ अर्ब रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्षमा १ खर्ब २३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य प्राधिकरणले राखेको छ । 

सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैरसरकारी संस्थाबाट २ खर्ब रुपैयाँ परिचालन गर्दा समेत पुनर्निर्माण सम्पन्न गर्नका लागि थप ४ खर्ब २९ अर्ब रकम आवश्यक पर्ने प्राधिकरणको प्रक्षेपण छ ।
पुनर्निर्माणको प्रगति वित्तीय व्यवस्थापनमा निर्भर हुने भन्दै त्यसका लागि प्राधिकरणले अर्थ मन्त्रालय र दातृ निकायसँग छलफल गरिरहेको समेत ज्ञवालीले बताए ।

संघीयताको कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा अनुभवी कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाइएकाले पुनर्निर्माणमा असर परिरहेका कारण कर्मचारी समायोजन पनि पुनर्निर्माणको चुनौतीका रुपमा रहेको प्राधिकरणले जनाएको छ । यसअघि समेत इन्जिनियरहरूलाई प्रभावित क्षेत्रमा खटाउन र पाउने सेवासुविधाका विषयमा समेत समस्या उत्पन्न भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x