फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
– सन्तोष सापकोटा
गत वर्ष २०७५ वैशाख १ गतेदेखि २०७६ वैशाख १ गतेसम्मको तथ्यांकलाई हेर्ने हो भने सवारी दुर्घटनामा परेर देशैभर २ हजार २ सय ५ जना मानिसको मृत्यु भएको छ । यो संख्यालाई औसत भाग लगाउने हो भने दैनिक रुपमा करीब ७ जनाको गत वर्ष सवारी दुर्घटनामा परेर मात्रै मृत्यु भएको देखिन्छ ।
गत वर्ष मात्रै सवारी दुर्घटनामा परेर २६ हजार ४२ जना घाइते भएका छन् । यो संख्यालाई पनि औसतमा हिसाब गर्दा करीब ७२ जना घाइते भएको तथ्यांक आउँछ । यो संख्या भनेको निकै कहालीलाग्दो संख्या हो । साँच्चिकै यही स्थिति कायम रहने र सरोकारवाला निकायले यसलाई रोक्नको लागि ठोस नीति नल्याउने हो भने आगामी दिनमा संख्या अझै बढ्न सक्ने देखिन्छ ।
सवारी दुर्घटनाको कारणलाई हेर्ने हो भने चालकको लापरवाही, यान्त्रिक गडबडी, व्यवस्थापनमा हुने कमजोरी, पूर्वाधारको अभाव, जनचेतनाको अभाव, नियम नमान्ने प्रवृत्ति, व्यावसायिक लाभमा मात्र ध्यान, सडक संरचनामा हुने कमजोरी लगायतका कारण मान्न सकिन्छ । यद्यपि कुनै पनि स्थानमा सवारी दुर्घटना भइसकेपछि त्यसबारे गहन अध्ययन नहुनुले पनि सवारी दुर्घटनाको संख्यामा कमी आउन नसकेको देखिन्छ ।
पैदल यात्रीले जथाभावी रुपमा बाटो काट्ने प्रवृत्ति पनि यथावत् नै रहेको पाइन्छ । कतिपय स्थानमा बाटो काट्नकै लागि बनाइएका जेब्रा क्रसिङ, आकाशे पुलबाहेक अन्यत्रबाट बाटो काट्दा पनि धेरै मानिसको मृत्यु भइरहेको छ । सुरक्षित साथ बाटो काट्ने स्थानको अभावले पनि सडक दुर्घटनामा मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।
२०७५ सालमा सडक दुर्घटनामा १४ हजार ५ सय ३२ वटा सवारीसाधन परेका थिए । सडक दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकल परेका छन् । गत वर्ष मात्रै देशैभर भएका विभिन्न सडक दुर्घटनामा ६ हजार ७ सय ४१ वटा मोटरसाइकल परेको देखिन्छ । यी संख्या २ पांग्रे सवारीसाधन स्कुटर र मोटरसाइकलको समेत हो ।
२ पांग्रे सवारीसाधनका अधिकांश चालकले राईट टर्न, यू टर्न गर्दा समेत साइड लाईटको प्रयोग गर्दैनन् । जहाँ पायो त्यहीँबाट राईट टर्न, यू टर्न गर्ने कारण पछाडि वा विपरीत दिशाबाट आएको सवारीसाधनले ठक्कर दियो भने तत्काल घाइते हुने वा मृत्युसम्मको अवस्था आउने देखिन्छ । त्यसैले सुरक्षित स्थान रोजेर करीब ५० मिटर अगाडिदेखि नै दाहिने साईडको लाइट बालेर इशारा दिनुपर्छ । सुरक्षाका हिसाबले अत्यन्तै जोखिम मानिने २ पांग्रे सवारीसाधनका चालकले लेन अनुशासन मिच्दै ओभरटेक गर्ने प्रवृत्ति पनि लेन रेखाको सामान्य ज्ञान समेत नभएको पाइन्छ । संख्याको हिसाबले समेत २ पांग्रे सवारीसाधन धेरै भएका कारण बढी संख्या देखिन्छ ।
२०७५ सालमा लाईट सवारीसाधन (४ पांग्रे) जीप–भ्यान २ हजार ६७ वटा दुर्घटनामा परेको देखिन्छ । आर्थिक पाटोबाट हेर्ने हो भने यो क्षति पनि असाध्यै ठूलो क्षति हो । यतातर्फ खासै कसैको ध्यान गएको पाइँदैन । यो वर्ष ट्रक ट्याक्टर गरेर १ हजार ६३ वटा दुर्घटना भएका छन् भने १ हजार ५१ वटा बस दुर्घटना भएको तथ्यांकमा देखिन्छ । यो नेपाल प्रहरीको तथ्यांक तालिकाबाट तथ्यांक लिइएको हो ।
सबै प्रकारका सवारीसाधन एउटै सडकमा गुड्नु पनि हामी कहाँ सडक दुर्घटनाको एउटा कारण हो । शहरी सडक, एक्सप्रेस हाई–वे अथवा अन्य भित्रिखण्डका सडकमा समेत सबै खालका सवारीसाधन गुड्दा दुर्घटना भइरहेको छ । बस, ट्रक र टिप्परमा राखिने साइड मिरर (ऐना) को अध्ययन गरेर साइड मिरर मात्रै लगाउन सक्ने हो भने पनि पछिल्लो बस वा ट्रकका कारण साना सवारीसाधन दुर्घटनामा पर्नबाट बच्ने देखिन्छ । ठूला सवारीसाधनको बायाँबाट सानो सवारीसाधनले ओभरटेक गर्दा सानो सवारीसाधनलाई चालकले नदेख्ने भएको कारण पनि दुर्घटना हुने निश्चित छ । तर यसतर्फ हामी कहाँ धेरै चालकलाई जानकारी हुँदाहुँदै पनि हेलचक्र्याइ गर्ने प्रवृत्ति धेरै रहेको पाइन्छ ।
२०७५ सालमा सडक दुर्घटनाबाट २ हजार २ सय ५ जना मानिसको मृत्यु भयो । उनीहरूको पारिवारिक बिछोड र पीडालाई कुनै शब्दमा व्यक्त गर्नै सकिँदैन ।
गत वर्ष सवारी दुर्घटनामा परेर २६ हजार ४२ जना मानिस घाइते भए । तीमध्ये केही पूर्णरुपमा निको भएर काममा फर्किएपनि केही अंगभंग भएर बसेका छन् । तिनीहरूको पारिवारिक अवस्था झन् कमजोर बन्दै गएको छ । उनीहरूले राज्यका लागि गर्ने श्रममा क्षति पुगेको छ । अझै घरमुलि जसको आश्रयमा परिवार पालिएका छन्, उनीहरूको अवस्था त झनै नाजुक बन्दै गएको छ । यसतर्फ पनि गहिरो हिसाबले सोच्नुपर्ने जरुरी देखिन्छ । त्यसैले दैनिक ७ जनाभन्दा धेरै मानिस मारिने हाम्रो सडकमा अब दुर्घटनाको कारण पनि गहिरो रुपमा खोज्नुपर्ने जरूरी देखिन्छ ।
राज्य स्तरबाट हवाई दुर्घटनालाई जसरी प्राथमिकता दिएको छ, त्यो अनुसार सडक दुर्घटनालाई प्राथमिकता दिइएको छैन । अधिकांश दुर्घटनामा प्रहरीले दिने प्रारम्भिक रिपोर्टबाहेक अन्य निकायले प्राविधिक पाटोबाट अध्ययन गरेको देखिँदैन, यसतर्फ पनि ध्यान जान जरुरी छ ।
हवाई दुर्घटनामा परी निधन भएकाहरूको पारिवारिक रुपमा जुन पीडा हुन्छ, सवारी दुर्घटनामा परी निधन भएकाको परिवारमा पनि त्योभन्दा कम पीडा हुने अवस्था आउँदैन । ती पीडितका पीडामा मलम लगाउँदै अन्य हजारौं मानिसको ज्यान बचाउन पनि सानाभन्दा साना दुर्घटना भएमा पनि त्यसलाई रोक्न छानबिन समिति गठन गरी उनीहरूले दिएको प्रतिवेदन अक्षरशः पालना गर्न जरुरी देखिन्छ ।
जसरी हवाई जहाज दुर्घटना हुँदा राज्यकै लगानीमा छानबिन समिति गठन गरिएको छ, सडक दुर्घटनामा हालसम्म कुनै पनि छानबिन समिति गठन गरिएको छैन । कारण खोज्ने हो भने अधिकांश सवारी दुर्घटनामा चालकको लापरवाही भनिन्छ र त्यसको गहिराईसम्म कहिल्यै अध्ययन गरिँदैन । पटक–पटक सवारी दुर्घटना हुने स्थानको पहिचान हुँदा पनि सवारी दुर्घटना न्युनीकरणमा त्यस्ता कार्यक्रम ल्याइँदैन ।
अहिले पनि नेपाल अधिकांश स्थानका हाई–वेमा बनेका पुलमा दैनिक सवारीसाधन ठोक्किएर दुर्घटना भएका छन्, त्यसलाई कम गराउने कुनै योजना नै देखिँदैन कार्यान्वयनकर्ता निकायसँग । जथाभावी रुपमा बाँडिएका रुट परमिट पनि दुर्घटनाका कारण हुन् । हिजोका दिनमा डोजर ड्राइभरले खनेका सडकलाई सामान्य स्तरोन्नति गरेर निर्माण गरिएका अहिलेका सडक समेत दुर्घटनाका कारण बनेका छन् । सवारी दुर्घटनाको संख्यामा कमी ल्याउने नै हो भने सामान्यभन्दा सामान्य दुर्घटनाको कारणलाई समेत नियालेर खोतल्नु पर्छ, यसरी निश्चित रुपमा नै संख्यामा कमी आउने छ ।
(मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जमा आवद्ध सापकोटा सडक सुरक्षाको क्षेत्रमा विगत ६ वर्षदेखि सक्रिय छन् ।)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...