×

NMB BANK
NIC ASIA

निगरानी सरकारी सम्पत्तिमाथि : भाग - १८

योजना आयोगमा उपाध्यक्षलाई दुई गाडी, सदस्य समेतलाई मासिक १८० लिटर इन्धन

बैशाख १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले बा १ झ ९१२१ नम्बरको गाडी चढ्छन् । बीएए ०८३९ नम्बरको इलेक्ट्रिक गाडी पनि उपाध्यक्ष कंडेलकै लागि छुट्ट्याइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

यी मध्ये एक गाडी २०६८ सालमा ५९ लाख ९५ हजार र अर्को गाडी २०७४ सालमा ५५ लाखमा खरिद गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले सदस्यका लागि भनेर ६ वटा गाडी छुट्ट्याएको छ । उपाध्यक्ष, दुई पदेन सदस्य (मुख्य सचिव तथा अर्थ सचिव) र सदस्य सचिवलाई छाड्ने हो भने ६ सदस्य बाँकी रहन्छन् ।


Advertisment
Nabil box
Kumari

सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा, डा. दिलबहादुर गुरुङ, ई. सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुँयालको भागमा एक–एकवटा गाडी पर्न जान्छ ।

Vianet communication
Laxmi Bank

पदेन सदस्यद्वय मुख्य सचिव लोकदर्शन रेग्मीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ सचिव डा. राजन खनालले अर्थ मन्त्रालयबाट सवारी सुविधा पाउँदै आएका छन् ।

आयोगका सचिव समेत रहेका सदस्य सचिव लक्ष्मण अर्याललाई भने आयोगले नै गाडी उपलब्ध गराएको छ । उनले २०६४ सालमा किनिएको (१२ वर्ष पुरानो) गाडी चढ्छन् । 

उपसचिवलाई पूलको गाडी !

सह–सचिवहरूले वैधानिक रूपमा नै सवारी सुविधा पाउँदै आएका छन् । सूचना अधिकारी समेत रहेका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलका अनुसार उपसचिवहरूले भने आवश्यकता अनुसार पूलको गाडी चढ्ने गरेका छन् ।

‘हाम्रोमा ११ जना उपसचिवको दरबन्दी भएपनि १४ जना कार्यरत छौं,’ पौडेलले भने, ‘प्रशासन र लेखातर्फका बाहेक अन्य उपसचिवहरूले शेयरिङमा पूलका गाडी प्रयोग गर्ने गरिएको छ ।’ 

पूलमा ११ वटा गाडी छन्, यति धेरै गाडी पूलमा किन भन्ने प्रश्नमा सूचना अधिकारी पौडेलले थपे, ‘कतिपय गाडी बिग्रिएका छन् । केही गाडी उपसचिवहरूले शेयरिङमा चढ्ने गर्नुहुन्छ । कार्यालय प्रयोजनका लागि प्रयोग हुने नै भयो ।’

योजना आयोग गाडीका हिसाबले पीडित रहेको जिकिर पौडेलले गरे । ‘देख्न त संख्या धेरै नै देखिन्छ, तर कतिपय गाडी ८ वर्ष, कतिपय १२ वर्षसम्म पुराना छन्,’ उनले भने, ‘गाडीमा हामी पीडित नै हो ।’

हेर्नुहोस्, आयोगसँग रहेका चारपांग्रे सवारीको विवरण :

उपाध्यक्ष र सदस्यहरूलाई १८० लिटर इन्धन

उपाध्यक्ष कंडेलसहित सदस्यहरूले मासिक १८० लिटर इन्धन पाउँदै आएका छन् ।

यस्तै सचिवलाई १००, सहसचिवलाई ७०–८० र उपसचिवलाई ७० लिटर इन्धन उपलब्ध गराउने गरिएको आयोगले जनाएको छ ।

५९ मोटरसाइकल/स्कूटर, ५ वटा लिलामीको प्रक्रियामा 

आयोगसँग मोटरसाइकल र स्कूटर गरी ५९ वटा दुईपांग्रे सवारी साधन रहेको छ । त्यसमध्ये ५ वटा बिग्रिएकाले लिलामीको प्रक्रियामा रहेको देखिन्छ ।

हेर्नुहोस्, विवरण :

हेर्नुहोस् शृंखलाका १७ भाग :

भाग- १७ : मन्त्रीका स्वकीय सचिवसम्मलाई विभागको गाडी, सचिवलाई दिइएको जगेडा गाडी नै झण्डै एक करोडको !

भाग- १६ :‘आदर्शवादी’ अर्थमन्त्रीको निजी सचिवालय : तीन कर्मचारीलाई महंगा-महंगा पाँच गाडी !

भाग- १५ : सिँचाइ नपाएर लाखौं हेक्टर खेतीयोग्य जमिन बाँझै, करोडका गाडी किनेर बाँड्छ सिँचाइ विभाग

भाग- १४ : कृषि मन्त्रालयमा लूट : मन्त्री र राज्यमन्त्रीकै प्रयोजनमा ११ गाडी, ४ मोटरसाइकल !

भाग- १३ : सिंहदरबारभित्रै चरम बेथिति, उपसचिवले पनि लिन्छन् मन्त्रीसरह इन्धन !

भाग- १२ : सरकारी सम्पत्तिमा खिया : वन विभागका ६० प्रतिशतभन्दा बढी गाडी कुहिएर उम्रियो झार !

भाग- ११ : प्रधानमन्त्रीकै वरिपरि अपारदर्शी कर्मचारी, २२ दिन कुराएर सूचना दिन कन्जुस्याइँ

भाग- १० : विद्युत् प्राधिकरणको गाडीमा मन्त्रीको रजाइँ, सचिवालयका २ सहित ४ गाडी मन्त्रीको प्रयोजनमा

भाग- ९ : सरकारी गाडीमा मन्त्रीका सल्लाहकारको रजाइँ- कसैलाई प्राडो, कसैलाई पजेरो !

भाग- ८ : उपराष्ट्रपतिकै प्रयोजनमा १० गाडी, फरक ब्राण्ड र समयमा किनिएका गाडीको मूल्य उही !​

भाग- ७ : मानव अधिकार आयोगमा गाडीको लश्कर, अध्यक्षभन्दा सदस्य चढ्छन् महंगो र नयाँ गाडी

भाग- ६ : सञ्चार मन्त्रालयका पाँच गाडी ‘पूल’मा, क–कसले लिन्छन् सवारी सुविधा ?

भाग- ५ : भूमि व्यवस्था मन्त्रीको सचिवालयलाई नै दुई गाडी, पाँचवटा बिग्रिएर प्रयोगविहीन !

भाग- ४ : यातायात मन्त्रालयका सचिवलाई सेतो र रातो प्लेटका दुई गाडी, एउटैको मूल्य करोडभन्दा बढी !

भाग- ३ : शहरी विकासमा मन्त्रीका आसेपासेको रजगज, सचिवलाई दिउँसो र बेलुका बेग्लाबेग्लै गाडी !

भाग- २ : महिला मन्त्रीलाई काठमाडौंभित्र र बाहिरलाई छुट्टाछुट्टै गाडी, उपसचिवलाई मन्त्रीसरह इन्धन !

भाग- १ : खेलकुद मन्त्रालयका सचिवलाई दुई विलासी गाडी, कार्यालय सहयोगीसम्मलाई सवारी सुविधा [विवरणसहित]

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x