मंसिर ५, २०८०
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
बैशाख २०, २०७६
काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित इन्द्रावती नदी आसपास सञ्चालनमा रहेका क्रसर उद्योगहरूले गर्दै आएको अवैध उत्खनन तत्कालका लागि रोकिएको छ ।
नगर प्रमुख डम्बरबहादुर अर्यालयको अध्यक्षतामा सुरक्षा निकायका प्रतिनिधि र क्रसर व्यवसायी सहित शुक्रवार (आज) बसेको बैठकले आजै साँझ ६ बजेदेखि उत्खनन कार्य बन्द गर्ने निर्णय गरेको हो ।
'मेलम्ची नगरपालिकाअन्तर्गत रहेका सबै क्रसर उद्योगहरूले नगरपालिका क्षेत्रको इन्द्रावती तथा मेलम्ची नदी क्षेत्रबाट मेसिनरी औजार (स्काभेटर) को प्रयोग गरी ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन गर्दै आइरहेकोमा हाल विभिन्न क्रस उद्योगबाट संकलन भएको नदीजन्य कच्चा पदार्थको मौज्दात परिणामलाई समेत आधार मान्दै मिति २०७६ साल वैशाख २० गते बेलुकी ६ : ०० बजेदेखि इन्द्रावती तथा मेलम्ची नदी क्षेत्रमा मेसिनरी औजार प्रयोग गरी नदीजन्य कच्चा पदार्थ उत्खनन गर्ने कार्य बन्द गर्ने निर्णय गरियो,' बैठकले गरेको निर्णयमा भनिएको छ ।
क्रसर व्यवसायीहरू नदीजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधि, २०७५ मा भएको कानूनी व्यवस्था र अनुगमन समितिले दिएको निर्देशन पालना गर्न पनि सहमत भएका छन् ।
'स्थानीय अनुगमन समितिबाट क्रसर उद्योगको अनुगमन गर्दा देखिएका समस्या र मापदण्डको विषयमा बैठक समक्ष जानकारी गराइयो,' बैठकको माइन्यूटमा लेखिएको छ- 'नदीजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधि, २०७५ मा भएको कानूनी व्यवस्था र स्थानीय अनुगमन समितिले दिएको निर्देशनमा सबै क्रसर उद्योगले पूर्ण रूपमा पालना गर्ने निर्णय गरियो ।'
यस क्षेत्रका क्रसरहरू मापदण्डविपरीत सञ्चालन भइरहेको र उत्खनन पनि मापदण्डभित्र नरहेको समाचार लोकान्तरमा प्रकाशित भएको थियो ।
हेर्नुहोस्, लोकान्तरमा प्रकाशित समाचार :
क्रसरलाई नदी दोहनको 'लाइसेन्स' : कागजमा सबै पूरा, फिल्डमा पुग्दैनन् कुरा ! [भाग- १]
अनुगमन प्रतिवेदन भन्छ– उत्खनन मापदण्डविपरीत, जिसस प्रमुखको प्रतिक्रिया– खनेको त खनिसक्यो! [भाग- २]
नदीजन्य पदार्थ उत्खननका लागि एक महिना र केही दिनको समय बाँकी थियो । प्रदेश ३ सरकारले बनाएको नदीजन्य पदार्थ (संकलन र उपयोग) कार्यविधि, २०७५ मा जेठ मसान्तसम्म उत्खनन गर्न मिल्ने व्यवस्था छ ।
बर्खापछि निश्चित एरिया तोकेर मात्र उत्खनन गर्न दिने मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए ।
'आजै साँझ ६ बजेबाट सबै उत्खनन रोक्ने निर्णय भएको छ,' मेयर अर्यालले लोकान्तरसँग भने- 'बर्खापछि ड्याम हालेर त्यसभित्र निश्चित एरियामा मात्र उत्खनन गर्न दिनेछौं । त्यहाँभन्दा तल (नदीतर्फ) स्काभेटर जान दिनेछैनौं ।'
हेर्नुहोस्, निर्णयको माइन्यूट :
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...