×

NMB BANK
NIC ASIA

एकतापछि समाजवादी पार्टी तत्काल सरकारबाट नहट्ने, यस्तो छ सांगठनिक र सैद्धान्तिक आधार

बैशाख २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम- संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच एकीकरण भएर गठन गरिएको समाजवादी पार्टी नेपालले तत्काल संघीय सरकारमै रहने भएको छ । साविकको नयाँ शक्ति सरकारमा सहभागी थिएन भने फोरम सरकारमा सहभागी छ । 

Sagarmatha Cement
Muktinath Bank

साविकको नयाँ शक्तिका प्रवक्ता प्रशान्त सिंहका अनुसार एकीकृत भएको पार्टी समाजवादी पार्टी तत्कालै सरकार बाट नहट्ने सहमति समेत भएको छ । ‘अहिले जारी सदनको सत्रसम्म सरकारबाट नहट्ने कुरा भएको हो,’ सिंहले भने ‘यस अघि फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपासँग दुई बुदे सहमति गरेर सरकारमा सहभागी भएकाले तत्कालै सरकार छोड्ने कुरा हुँदैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा गरिएको सहमति कार्यान्वयन गर्न सदनमा सरकारलाई एउटा निश्चित समय तोकेर समय दिइने उनले बताए । ‘उक्त समयमा पनि कार्यान्वयन भएन भने बाबुराम भट्टराई र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेर सरकारबाट बाहिरिनेछौं,’ सिंहले भने, ‘तत्कालै सरकारबाट त्यसै बाहिरिन नैतिकताले पनि नमिल्ने भएकाले केही समय हामी कुर्नेछौं ।’


Advertisment
Nabil box
Kumari

पार्टीमा माथि दुई खाले संरचना बनाइएको छ- एउटा संघीय परिषद र अर्को कार्यकारी केन्द्रीय समिति । संघीय परिषद्को अध्यक्ष नयाँ शक्तिका संयोजक भट्टराई हुनेछन् भने कार्यकारी केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहने सहमति गरिएको छ । भट्टराई पूर्वप्रधानमन्त्री समेत रहेकाले पार्टीमा उनलाई वरियताको क्रममा पहिलो स्थानमा राखिएको छ । त्यसपछि दोस्रो वरियतामा यादवलाई राखिएको छ । 

Vianet communication
Laxmi Bank

भट्टराई अध्यक्ष रहने संघीय परिषदको काम भने बौद्धिक काम हुनेछ । ‘पार्टीका लागि विचार दिने, नीति निर्माण गर्ने, अन्य पार्टीहरूबीच एकता तथा ध्रुवीकरण गर्ने लगायतका काम भट्टराईले गर्नेछन्,’ सिंहले भने, ‘तर संगठन निर्माण गर्ने, संगठनको सबै कार्यकारी काम गर्ने जिम्मा भने कार्यकारी केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादवले गर्नेछन् ।’ दुवै अध्यक्षलाई बलियो नै बनाइएको छ र कार्यकारी अधिकार पनि दिइएको छ तर पार्टीको संगठन सम्बन्धी काम भने यादवले नै गर्ने गरी सहमति भएको उनले बताए ।

तत्काल कार्यकारी केन्द्रीय समिति २५ सदस्यीय बनाउने सहमति भएको छ ।  उक्त समितिमा फोरमको १६ जना र नयाँ शक्तिको ९ जना सदस्य रहनेछन् । त्यसै गरी एकताको महाधिवेशन आयोजक समिति बनाउनका लागि पनि भागबण्डा गरिएको छ । १ हजारको संख्यामा तल महाधिवेशन आयोजक कमिटी बन्नेछन् । जसमा फोरमको ६ सय र नयाँ शक्तिको ४ सय सदस्य रहनेछन् । सिंहका अनुसार उक्त संख्या ठूलो भएकोले त्यसलाई घटाउने पनि समझदारी भएको छ ।

दुवै पार्टीमा जे जति पदाधिकारी छन् ती सबैलाई तत्काल यथावतै राखेर पार्टी एकता गर्ने र पछि नयाँ विधान अनुसार महाधिवेशनबाट नेताहरूको व्यवस्थापन गरिने सहमति भएको हो । प्रदेशमा पहिचानको आधारमा प्रादेशिक समिति गठन हुनेछन् ।

लिम्बुवान राष्ट्रीय समिति, किराँत राष्ट्रिय समिति, शेर्पा लुंग राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, नेवा राष्ट्रिय समिति, तमुवन राष्ट्रिय समिति, मगरात राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, थरुहट राष्ट्रिय समिति, खसान राष्ट्रिय समिति, गैर भौगोलिक राष्ट्रिय समिति गरी स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र समेतको राष्ट्रिय समिति बनाउने सहमति भएको छ ।

जिल्ला संगठनका अध्यक्षहरू प्रादेशिक समितिमा र प्रादेशिक समितिका अध्यक्षहरू केन्द्रीय समितिमा सदस्य हुने व्यवस्था गरिएको छ । पार्टीको कार्यकारिणी अधिकार केन्द्रीय समितिमा हुने समेत व्यवस्था गरिएको छ जसको अध्यक्ष उपेन्द्र यादव रहनेछन् ।

पार्टीको सिद्धान्त मुख्य रूपमा समाजवादीको सिद्धान्त नै रहनेछन् । सिंहका अनुसार पूँजीवाद र साम्यवादबीचको समाजवादलाई पार्टीको सिद्धान्त बनाइएको छ । नेपाली माटो सुहाउने २१ औं शताब्दीको सिद्धान्त अनुसार समाजवादी पार्टी गठन गरिएको उनले बताए । पार्टीमा १५ वटा विशेषतालाई सैद्धान्तिक आधार बनाइएको छ । जसमध्ये फोरमको संघीयताको ८ वटा र नयाँ शक्तिको ‘७ वटा स’ लाई मुख्य आधार बनाइएको छ ।

राज्य स्वतन्त्र संघीय धर्मनिरपेक्ष, समानुपातिक समावेशी हुनेछ भनेर एकीकृत घोषणापत्रमा उल्लेख गरिएको छ ।

पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्नेमा समझदारी कायम भयो । दुवै पार्टीले आफ्नो नाम हटाउन तयार भए । चुनाव चिन्हमा तारालाई निर्वाचन आयोगमा दर्ताका लागि पठाउने सहमति गरिएको छ । तर उक्त चुनाव चिन्ह पहिले नै कुनै पार्टीको नाउँमा निर्वाचन आयोगमा दर्ता भएको तर हाल उक्त चुनाव चिन्हलाई आयोगले फ्रीज गरेर राखेकोले उक्त चिन्ह दिन अनुरोध गरिने सिंहले बताए ।  

यसअघि फोरमको चुनाव चिन्ह मसाल थियो र नयाँ शक्तिको चुनाव चिन्ह देब्रे आँखा थियो ।  तर सरकारले जाल झेल गर्न, मतदातालाई भ्रमित गर्न अरू कुनै पार्टीलाई दायाँ आँखा, दुई वटा आँखा आदि दिन सकिने सम्भावनालाई समेत ध्यानमा राखेर चुनाव चिन्हका लागि तारा प्रस्ताव गरिएको सिंहले बताए । निर्वाचन आयोगले तारा नदिए मात्र अन्य विकल्पमा जाने पार्टीको सोच रहेको छ ।

पार्टीको झण्डा भने फोरमकै झण्डालाई स्वीकार गरिएको छ । तर त्यस झन्डामा एउटा तारा राख्ने सहमति गरिएको छ ।   

विगत एक वर्षदेखि दुवै पार्टीबीच एकताका लागि लामो छलफल हुँदै आएको भए पनि वैशाख २१ गतेमा आएर मात्र सहमति हुन सकेको छ ।

वैशाख २३ गते एकता को घोषणा हुने गरी डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकताका लागि गरिएको सहमतिको दुवै पार्टीको केन्द्रीय समितिको त्यही दिन बसेको  बैठकबाट अनुमोदन समेत गरि सकिएको छ । ‘दुवै पार्टीले केन्द्रीय समितिको बैठकबाट आ-आफ्नो पार्टीको अस्तित्व विघटन गरेको छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x