×

NMB BANK
NIC ASIA

पलको पाइला : ट्याक्सी चलाउन उमेर पुगेन, अवसर छोप्दै अभिनेता

बैशाख २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-  नेपाली चलचित्रमा केही चकलेटी अभिनेताहरूले राम्रो स्थान लिइरहेका छन् । जसमध्येका एक हुन्- पल शाह । पलले म्युजिक भिडियोबाट अभिनय यात्रा शुरू गरेका हुन् । 

Muktinath Bank

आज उनी म्युजिक भिडियोमा लोकप्रिय त छन् नै चलचित्रमा पनि उनको अभिनयले स्याबासी पाइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अभिनय गरेका म्युजिक भिडियोको संख्या ५ सय बढी पुग्दा चलचित्रको संख्या पनि आधा दर्जन पुग्दैछ । 


Advertisment
Nabil box
Kumari

पल आफू अवसरसँगै म्युजिक भिडियो हुँदै चलचित्रमा आइपुगेको बताउँछन् । 

Vianet communication
Laxmi Bank

‘प्लस टु पढ्दासम्म मोडल बन्छु, हिरो बन्छु भन्ने मेरो कल्पनाबाहिरको कुरा थियो,’ लोकान्तरसँगको कुराकानीमा पलले भने, ‘तर आफूमाझ आएका अवसरलाई अंगाल्दै जाँदा म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेँ ।’

परिवारको इच्छा विपरीत काठमाडौं यात्रा 

आजभन्दा तीन दशक अगाडि दाङको रामपुरमा जन्मेका हुन् पल । उनी सानैदेखी नाच्नमा केही अग्रसरता देखाउँथे । तर उनलाई कहिल्यै लाग्दैनथ्यो कि भविष्यमा मोडल बन्छु, हिरो बन्छु । 

एसएलसीसम्मको अध्ययन घरमै बसेर पूरा गरे । बाबु चाहन्थे- छोरोले एसएसीपश्चातको अध्ययन पनि गाउँमै गरोस् । तर पलको सोच अर्कै थियो ।  

‘एसएलसीसम्म बुवाको कमाइमा पढेँ । अब आफ्नै खुट्टामा उभिनुपर्छ । कमाउँदै पढ्नुपर्छ,’ पलले सोच्थे ।

उनले सुनेका पनि थिए- काठमाडौंमा जागिर पाउन गाह्रो छैन ।

त्यसैले जागिर गर्दै पढाइलाई अगाडि बढाउने अभिलाषा बोकेर पल परिवारको इच्छा विपरीत २०६१ सालमा काठमाडौं हानिए । जागिरका लागि धेरै भौतारिए तर कतै पाएनन् । 

आफन्तको घरमा बसेर पढ्थे । खान, बस्नको त समस्या थिएन, तर पकेट खर्च चलाउन धौ-धौ भयो । के गर्ने, गर्ने ? उनी चिन्तित थिए । 

पलले सोचेका थिए- बिहान कलेज पढछु, दिउँसो ट्याक्सी चलाउँछु । त्यही सोचले उनी ट्याक्सी सिक्न गए । केही समयको सिकाइपश्चात उनी टयाक्सीको स्टेयरिङ घुमाउन सक्ने भए । तर उनले यात्रु बोकेर सडकमा ट्याक्सी चलाउन नपाउने भए । कारण- उनको लाइसेन्स नबन्ने भयो । 

‘टयाक्सी चलाउन पर्फेक्ट भएको थिएँ तर लाइसेन्स प्रक्रियाका लागि म १८ वर्ष पुगेको थिइनँ । मेरो नागरिकता नै बनेको थिएन,’ पलले विगत सुनाए । 

एडिटिङ गर्दागर्दै मोडल

ट्याक्सी चलाउन नपाएपछि अरू केही काम त गर्नुपर्‍यो । पलको निर्देशक तथा एडिटर नितिन चन्दसँग राम्रै उठबस थियो । उनले सुझाए- एडिटिङ सिक । पलले एडिटिङ सिके, सिकाइलाई अघि बढाउँदै लगे । 

तराई टेलिभिजनमा काम गर्न थाले । त्यतिबेला उनको सोच थियो– राम्रो एडिटर, एनिमेटर बन्ने । 

पल राम्रो एडिटर र एनिमेटर बने, त्योसँगै उनी ‘अनायासै’ म्युजिक भिडियोमा ‘इन्ट्री’ मारे ।

टेलिभिजनका अर्का एनिमेटर थिए, विज्ञान राई । उनैले पललाई अभिनयको अफर गरे । 

‘पल एउटा भिडियो छ । सस्तो बजेटमा सक्नुपर्ने । तिमीले अभिनय गर्नुपर्‍यो,’ विज्ञानको यो कुरालाई पलले सहजै स्वीकारे । 

त्यो गीत थियो, ‘तिम्रै यादमा रम्छु अचेल’ । 

त्यसको तीन महिनापश्चात पलले सुनिल गिरीको ‘को होला त्यो...’गीतमा अभिनय गरे । यो गीत निकै लोकप्रिय बन्यो । पललाई धेरै दर्शकमाझ परिचित बनायो । यो गीतपश्चात पलले ‘हनी बनी’ बोलको गीतमा मोडलिङ गरे । 

त्यसपश्चात त पल लगातार म्युजिक भिडियोमा व्यस्त बन्न थाले ।  

‘शुरूमा त अफर आयो, रहरका हिसाबले गरौं भन्ने लागेर मात्र काम गरेको थिएँ । त्यसपछि एउटा त गरिहालेँ । यी गीत पनि गरिदिउँ भनेर काम गरेँ,’ अभिनयको शुरूआती दिनबारे पल भन्छन्, ‘तर तेस्रो गीतपश्चात अफरको ओइरो लाग्न थाल्यो । दर्शकले पनि मेरो काम रुचाउँदै जानुभयो ।’

त्यसपछि पलले कहिल्यै पछाडl फर्केर हेर्नु परेन् । विशेष गरी आधुनिक गीतका भिडियोमा पल बिकाउ बने । उनी टेलिभिजनबाट समय मिलाउँदै भिडियोमा अभिनय गर्दै गए ।

भिडियोपछि चलचित्र

पल भिडियोमा लोकप्रिय बनिसकेका थिए । संख्याको हिसाबले उनले २ सय बढी भिडियोमा अभिनय गरिसकेका थिए । त्यहीबेला उनलाई ‘नाई नभन्नू ल ४’ को अफर आयो । 

पल भन्छन्, ‘चलचित्रमा अफर गरिनुको पछाडि म्युजिक भिडियो थियो ।’ 

पलका भिडियोहरूले राम्रो चर्चा पाइरहेका थिए । त्यही भिडियोको लोकप्रियता देखेर निर्देशक मुस्कान ढकालले ‘नाई नभन्नू ल ४’का लागि कुरा राखेका थिए । 

पल आश्चर्यचकित भए । ‘भिडियोमा राम्रो भइरहेको थियो । चलचित्रमा अलिपछि आउने सोचेको थिए । तर अकस्मात चलचित्रको अफर आयो,’ पल हाँस्दै विगत सुनाउँछन् । 

अर्को दिन पलले मुस्कानमार्फत निर्देशक विकासराज आचार्यसँग भेटे । स्क्रिन टेष्ट गरे । सेलेक्ट भए । चलचित्रमा काम गरे । आँचल शर्मा र वर्षा राउत अभिनेत्री थिए । 

तीन वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नू ल ४’ हिट भयो ।  त्यो वर्ष डेब्यू नायकको ९० प्रतिशत अवार्ड पलले आफ्नो पोल्टामा पारे । यही चलचित्रपश्चात पल र आँचलको जोडी दर्शकमाझ लोकप्रिय बन्यो । उनीहरूले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमासँगै अभिनय गरेका छन् ।  

पलको अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु’ पनि सुपरहिट भयो । उनको लोकप्रियता चलचित्रमा पनि चुलिँदै गयो । त्यसयता पलले ‘जोनी जेन्टलमेन’, ‘शत्रु गते’ र ‘वीर विक्रम २’ मा अभिनय गरे । 

यीमध्ये ‘शत्रु गते’ २०७४ सालको हिट चलचित्र बन्यो । ‘वीर विक्रम २’ भने आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । 

यहाँसम्म आउँदा पलले म्युजिक भिडियो र चलचित्रमा आफूलाई प्रमाणित गरिसकेका छन् । 

पल छनोट गरेर मात्र म्युजिक भिडियो र चलचित्रमा अभिनय गर्छन् । 

यद्यपि अभिनय प्रशिक्षण भने पलले कहिल्यै लिएनन् । कुराकानीको बिट मार्दै पलले भने, ‘विगतमा मैले गरेका भिडियो, चलचित्र, कलाकार तथा निर्देशक लगायतबाट सिक्दै गइरहेको हुन्छु ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x