चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
काठमाडौं – ललितपुर मालपोत कार्यालय लगनखेलमा सेवाग्राहीको चाप धेरै हुन्छ । साँझ सरकारी समय सकिन लाग्दासम्म पनि सेवाग्राहीको काम सकिँदैन ।
अपराह्न साढे ४ बजे कार्यालयमा भेटिएका अधिकृत सुबोध खनालले भने, ‘बिहानदेखि पिसाब फेर्न समेत पाइँदैन, कार्यकक्षमा सेवाग्राही आएका आयै हुन्छन् ।’
हिमाली जिल्लाका मालपोत कार्यालयबाहेक देशका अधिकांश मालपोत कार्यालयमा सेवाग्राहीको चाप बढी नै हुन्छ । सेवाग्राहीले मालपोत कार्यालयबाट छिटो र सहज सेवा लिने कुरा कठिन नै हुन्छ । मालपोत कार्यालयका अधिकांश कर्मचारीलाई पनि कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिन चापाचाप हुन्छ ।
साँझ ५ बजेसम्म पनि कार्यालयमा सयौंको संख्यामा सेवाग्राही हुन्छन् । सबै कार्यकक्षका कर्मचारी थकित देखिन्छन् । मालपोत कार्यालयको सेवालाई छिटो र सहज बनाउने सन्दर्भमा कार्यालय प्रमुख भिमकान्त पौडेलले भने, ‘यो संरचना र दरबन्दी धेरै पुरानो हो, त्यसपछि जनसंख्या कति वृद्धि भयो तर संरचना र दरबन्दी उही नै छ । सेवाग्राहीलाई छिटोछरितो सेवा दिन त खोजिराखेका छौं तर गाह्रो भइरहेको छ । कम्तिमा ३ वटा शाखा र थप ५० जना कर्मचारीको दरबन्दी थप गर्न सकिएमा बल्ल छिटोछरितो सेवा उपलब्ध गराउन सकिन्छ ।’
फुर्सदमा कर्मचारी
सरकारले ललितपुरकै एकान्तकुनामा पानीजहाज कार्यालय खोलेको छ । संख्यात्मक रुपमा थोरै ७ जना कर्मचारी कार्यरत भएपनि अधिकांश कर्मचारी फुर्सदिला छन् । सेवाग्राहीको खासै प्रत्यक्ष सरोकार नहुने भएका कारण कर्मचारीले काम पाएका छैनन् ।
यो पनि पढ्नुस्
बरण्डामा घाम ताप्दै पानीजहाज कार्यालयका कर्मचारी !
राजधानीमै सेवाग्राहीको खासै चाप नहुने कार्यालय हो गोश्वारा हुलाक कार्यालय काठमाडौं । तर कार्यालयमा ३ सय ६० कर्मचारी कार्यरत छन् । कर्मचारीलाई काम छैन, फुर्सदिला छन् ।
इन्टरनेट र मोबाइल प्रयोगको वृद्धिसँगै व्यक्तिगत सूचना हुलाकमार्फत् आदानप्रदान गर्ने काम निकै घटेको छ । पछिल्लो समय कार्यालयमा नगन्य सेवाग्राही आउने गरेका छन् ।
यो पनि पढ्नुस्
एउटा यस्तो सरकारी अड्डा जहाँ डिजिटल सिस्टम छ, सेवाग्राही आउँदैनन्
राजधानीमै कुनै सरकारी कार्यालयमा कर्मचारी अभाव छ भने कुनै कार्यालयका कर्मचारी फुर्सदिला । प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्रका मन्त्रालयका कर्मचारी दिनभर फेसबूक र यूट्यूबमा मस्त देखिन्छन् ।
अस्पतालमा समेत कर्मचारी अभाव
काठमाडौंको वीर अस्पतालमा नयाँ टिकट लिने काम, पुरानोमा अद्यावधिक गर्ने काम, एक्सरे, भिडियो एक्सरे लगायत सबै प्राविधिक काम गर्न निश्चित समय मात्रै तोकिएको छ । अस्पतालमा आवश्यक सरसफाइको अभाव छ । दरबन्दी अनुसार डाक्टर उपलब्ध नगराएकाले वीर अस्पतालले डाक्टरलाई करारमा नियुक्त गरेको छ ।
अस्पतालमा आवश्यक संख्यामा नर्सको व्यवस्था छैन । बेवारिसे बिमारीको हेरविचार गर्न आवश्यक कर्मचारीको व्यवस्था छैन । वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरी भन्छन्, ‘यो अस्पताल १३० वर्ष पुरानो भइसक्यो । जनसंख्या दैनिक रुपमा बढिरहेको छ । हजारौंको संख्यामा दैनिक आउने सेवाग्राहीलाई सेवा दिन हामीलाई यो भौतिक पूर्वाधार नै अति साँघुरो भएको छ । हामीकहाँ कर्मचारीदेखि प्राविधिक सामग्रीहरूको धेरै समस्या छ । मन्त्रालयमार्फत धेरै पटक मागहरू राखिरहेका छौं । तर कार्यान्यनमा समस्या भइराखेको छ ।’
समायोजन सकिएपछि व्यवस्थापन हुने दाबी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले भने, ‘अहिले कर्मचारी समायोजनको प्रक्रिया सञ्चालन भइरहेको समयमा कर्मचारी वितरणको उचित सन्तुलन कायम हुन सकेको छैन । समायोजनको काम सकिएपछि आवश्यकताको आधारमा कर्मचारीको व्यवस्था हुन्छ ।’
‘विषयगत कार्यालयअनुसार सम्बन्धित मन्त्रालयले आवश्यकता अनुसारको दरबन्दीको लागि आफैं पनि पहल गर्नुपर्छ । अबको हकमा केन्द्र्रको जिम्मेवारी परेको हकमा केन्द्रले व्यवस्था गर्ने अरु तहको जिम्मेवारी परेको कार्यालय परेको हकमा अरु सम्बन्धित तहले व्यवस्थापन गर्ने हो,’ तामाङले भने ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...