माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बैशाख २५, २०७६
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै सडकमा धुलो हटेको दाबी गर्दै भने, ‘मान्यज्यूहरूले पोहोरसाल मास्क लगाएर हिँड्नुहुन्थ्यो, अहिले नलगाइ हिँड्नुहुन्छ ।’
संसद भवनभित्र सांसदले मास्क नलगाएको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौंमै धूलो कम भएको दाबी गरे । तर धूलाम्मे बाटोमा मास्क नलगाएर हिँड्ने कमै देखिन्छन् ।
प्रधानमन्त्री ओलीको भनाइबारे सर्वसाधारणबाट प्रतिक्रिया माग्दा आक्रोश देखिन्छ । काठमाडौंका प्रायःजसो सडक धुलाम्मे नै छन् ।
‘प्रधानमन्त्री ज्यू ! एकचोटी सडकमा आएर हेर्नुहोस् अवस्था कस्तो छ ? तपाई सिंहदरबारमा बसेर बोले जस्तो छैन, हामी यहाँ हरेक मिनेटमा मास्क लगाएर बस्नुपर्छ,’ चाबहिलमा मोटरसाइकलको शोरुम चलाउँदै आएका नयाँ बस्तीका दिनेश नेपालले आक्रोश पोखे, ‘सिंहदरबारमा बस्ने नेतालाई धूलोले असर गर्दैन तर सडकमा हिँड्ने जनतालाई मास्क नलगाई आवतजावत गर्न गाह्रो अवस्था छ ।’
काठमाडौंको चाबहिल चोकदेखि गौशाला चोकसम्म यातायातका साधन आवतजावत गर्दा मेलम्ची खानेपानी आयोजनाले खनेको बाटोको धूलोले स्थानीय सर्वसाधारण आजित छन् । चिल्ला गाडी चढेर हिँड्ने र आफू हिँड्ने क्षेत्रको मात्रै बाटो बनाउने प्रधानमन्त्री तथा नेतालाई प्रश्न तेस्र्याउँदै लोकन्थलीका विनोद पौडेल भन्छन्, ‘उहाँहरू त चिल्लो गाडीमा हिँड्नुहुन्छ, के थाहा सडकमा कति धुलो छ भनेर ?’
उनले दिनहुँ हिँड्ने बाटो १०/११ महिना हुँदासम्म पनि बाटो जस्ताको तस्तै भएको खिन्न भएको भाव व्यक्त गरे । ‘प्रधानमन्त्री ओलीले समृद्धिको कुरा गरिरहँदा काठमाडौं उपत्यकाका सडकले नै कति समृद्धि आउँदैछ भन्ने कुराको पुष्टि गरेको छ,’ उनले भने । काठमाडौं चाबहिल, बौद्ध, गोंगबु, नयाँ बसपार्क, बालाजु, कालिमाटीलगायत उपत्यकाका मुख्य क्षेत्रमा नै धूलोको बढी समस्या छ ।
कामको सिलसिलामा काठमाडौंमा १० दिनअघि आएकी गायत्री उप्रेतीलाई उपत्यका छिट्टै छोड्ने मन छ । बालाजु क्षेत्रमा दिनदिनै हिँड्दा धुलोले रुघाखोकी लागेको उनले बताइन् । ‘सरकारले समृद्धि–समृद्धि भनिरहेको छ । राजधानीको अवस्था त यस्तो छ भने अरु ठाउँको कुरै छोड्नुस्,’ उनले भनिन् ।
काठमाडौंलाई सफा शहरको रुपमा विकास गर्न उपत्यकाका विभिन्न नाकामा गाडी सफागर्ने मेसिन राखिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । केही महिनाअगाडि काठमाडौंलाई सफा शहर बनाउँ भन्ने कार्यक्रमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि मेसिनहरू राखेर काठमाडौंमा धुलोको स्रोतलाई भित्रिन नदिने बताएका थिए ।
काठमाडौं महानगरपालिकाले ११ करोड रुपैयाँ खर्च गरेर ५ वटा ब्रूमर राति ८ घण्टा सञ्चालन गर्दै आएको छ । तर धूलोको समस्या हटेको छैन । महानगरपालिकाले समेत काठमाडौंको धूलो छिट्टै हट्ने जिकिर गरेको छ ।
समय–समयमा काठमाडौं उपत्यकालाई धूलो तथा प्रदूषण नियन्त्रण गर्न भनेर सार्वजनिक यातायातको अवस्थालाई परीक्षण गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले उपत्यकालाई प्रदूषणमुक्त बनाउने जिकिर गर्दै आएका छन् । तर उपत्यकाको वातावरणको अवस्थामा कुनै परिवर्तन आएको देखिँदैन ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...