कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सुर्खेत- दैलेखको आठबीस नगरपालिकामा नेपाली कांग्रेसले विवाद सिर्जना गरेको छ । तीन महिनाअघि आफू अनुकूलको निर्णय नभएको आरोपमा उपप्रमुख दीपा बोहोरा नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृतबाट माइन्युट कब्जा गरेका थिए । उक्त मुद्दाको छिनोफानो दैलेख सदरमुकाममा नै लागेको थियो ।
प्रमुख जिल्ला अधिकारी, नेपाली कांग्रेसका जिल्ला सचिव, सरकारी वकिल र नेकपाका प्रतिनिधिबीच त्यतिबेला आगामी दिनमा त्यस्तो नगर्ने सहमति भएको थियो तर उक्त सहमति काँग्रेसले तीन महिनामा नै दोहोर्याएको छ ।
नगरपालिकाले वैशाख २६ गते बैठक बोलाएको थियो । उक्त बैठकमा केही निर्णय पनि भएका थिए । नगरमा अल्पमतमा रहेको कांग्रेसले गत वैशाख २७ गते बिहान प्रमुख प्रशासकीय अधिकृत कुलप्रसाद सुवेदीसँग उपप्रमुख बोहोराले माइन्युट मागेकी थिइन् ।
उनलाई सहजै दिएका अधिकृत सुवेदीले वडा नं. ८ का वडा अध्यक्ष मुक्ति प्रसाद उपाध्यायले माइन्युट च्यातेका थिए । माइन्युट खोसेर गरिएका माइन्युटमा गरिएका चार वटा निर्णयहरू च्यातेपछि विवाद सतहमा आएको हो ।
माइन्युट च्यातिएपछि नगर प्रमुख र वडाअध्यक्षले इलाका प्रहरी कार्यालय राकममा घटना विवरण मुचुल्का समेत गरेका छन् । सोही मुद्दा अहिले दुवै पक्ष जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारी, अन्य वकिलहरू, आफ्ना दलका नेताहरूसँग छलफलसमेत भएको छ ।
यता नगरप्रमुख खड्गराज उपाध्यायले बारम्बार कांग्रेसबाट निर्वाचित पदाधिकारीले माइनयुटलाई नै निशाना बनाउनुको कारणबारे आफूलाई जानकारी नभएको बताए । ‘वैशाख २६ गते हामीले विभिन्न चार वटा निर्णय गरेर कोठामा गइसकेका थियौं,’ उनले भने, ‘बिहान आठ बजे नेपाली काँग्रेसको दलबलसहित आएर उहाँहरूले माइन्युट च्यात्नुभएछ । बारम्बार नगरमा यस्तो घटना हुँदा दुःख लागिरहेको छ ।’ नगरपालिकामा कामै गर्न नदिइने उनीहरूको योजनाअनुसार यस्ता हर्कत गरिएको उनको भनाइ छ ।
‘हामीले हरेक वडाको पार्श्व चित्र बनाउने निर्णय गरेका थियौं । सोही निर्णयमा उहाँहरूको आपत्ति थियो,’ उनले भने, ‘ती लगायत अन्य विभिन्न वडाका आयोजनाहरू संघ र प्रदेशसँग माग्ने निर्णय गरेका थियौं ।’ उपप्रमुख दीपा बोहोरा, वडा नं. ६ का अध्यक्ष धीरबहादुर शाही, वडा नं. ८ का अध्यक्ष मुक्ति उपाध्याय, वडा नं. ७ का चक्रबहादुर शाही, वडा नं. २ का अध्यक्ष पुर्णप्रसाद खनाल, मेयर पदमा निर्वाचनमा हारेका प्रेमप्रकाश शाही, वडा नं. ७ का खगेन्द्रबहादुर शाही, वडा नं. ४ का भक्तबहादुर माझी लगायतको टोलीले उक्त कार्य गरेको नगर प्रमुख उपाध्यायको भनाइ छ ।
मुद्दा गर्ने तयारी
आठबीस नगरपालिकाका नगरप्रमुख उपाध्यायले कांग्रेसको यो हर्कतविरुद्ध अदालतमा मुद्दा गर्ने तयारी गरेका छन् । ‘हामीले हाम्रा साक्षीहरू सहितको इलाका प्रहरी कार्यालयबाट मुचुल्का उठाएर ल्याइसकेका छौं,' उनले भने, ‘छलफलबाट कुनै निष्कर्ष ननिस्किए अदालतमा मुद्दा दर्ता गर्नेछौं । दलको नाउँमा आठबीस नगरपालिकालाई काम गर्न दिनबाट वञ्चित गराउन कसैले पनि पाउँदैन ।’ उनले लोकतन्त्रको मसिहा ठान्ने काँग्रेसले गैर जिम्मेवार हर्कत नगरमा दोहोर्याई रहेको गम्भीर आरोप समेत लगाए ।
यता छलफलका लागि जिल्ला सदरमुकाममा आएकी उपप्रमुख दीपा बोहोराले वडाहरुको संख्या थप गर्ने प्रस्ताव आएका कारण आफूहरूले पार्टीसँग सल्लाह गर्ने भनेका कारण विवाद भएको बताइन् । यसबाहेक अन्य विषयमा थप जानकारी लिन वडाअध्यक्ष मुक्ति उपाध्यायलाई सोध्न भनिन् । वडाअध्यक्ष उपाध्यायले भने आफू अहिले बैठकमा भएको बताए ।
घटनाको विषयमा बुझ्न वडाध्यक्ष उपाध्यायले आफू मिटिङमा भएको बताए ।
यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्तोलाले नगरपालिकाको विवाद मिलाउने प्रयास भइरहेको प्रतिक्रिया दिए । ‘हामीले उहाँहरूलाई निर्देशन दिन मिल्दैन । सहजीकरण मात्र गर्ने हो,’ उनले भने, ‘यदि सहमति भएन भने अदालतले मुद्दा टुंगो लगाऔंला ।’
हेर्नुहोस तस्विरमा प्रहरी मुचुल्का ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...