पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
काठमाडाैं | जेठ २, २०७६
काठमाडौं –नेपाल मेडिसिटी अस्पताल प्रालि रहेको भवन निर्माण शुरू भएयता नै स्थानीयले विभिन्न किसिमका तनाव र झमेलाको सामना गर्दै आएका छन् ।
स्थानीयले सहमतिमा जग्गा छाडेर खोलेको बाटो मिचेर मेडिसिटीले पर्खाल लगाएदेखि अदालतमा मिलापत्रपछि खुलेको बाटो देखाएर राजकुलोको सट्टा जग्गा भन्ने गरेकोसम्मका कुराहरू हामीले यस अंकमा प्रस्तुत गरेका छौं ।
साविक सैंबु भैंसेपाटी गाविस वडा नम्बर ६ (क) (हाल ललितपुर महानगरपालिका वडा नम्बर–१८) का वासिन्दाले विक्रम संवत् २०५४ मा साविक गोरेटो बाटोलाई विस्तार गरी १२ फूटे कच्ची सडक खोलेका थिए ।
स्थानीयकै पहलमा गोरोटोको पूर्व र पश्चिमतर्फका कित्ताहरूबाट बराबर जग्गा काटेर चारपांग्रे सवारी सहजै आवागमन गर्न सक्ने गरी बाटो खोलिएको थियो ।
उक्त बाटोबाट हाल कायम कित्ताहरू पश्चिमतर्फ १६५०, १६५२, ११५०, ६६०, ६५९, ६९८, ७६७, ७७३, ७७१, १७००, ११८४, १७०४, १७०२, ३७८ र पूर्वतर्फका कित्ताहरू ४१४, ६३०, ६२९, ६२५, ३९९, ८१२, ८११, ६४३, ३८१ लगायतमा सजिलै चारपांग्रे सवारीसाधन आवागमन गर्न सक्ने गरी निकास खुलेको थियो ।
४६६ नम्बर कित्ताको उक्त सडकको पश्चिमतर्फका अधिकांश कित्ताहरू आश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिका नाममा व्यापारी उपेन्द्र महतोले खरिद गरे । माथि उल्लेखित पश्चिमतर्फका कित्ताहरूमध्ये ८१२ लाई छाडेर सबै कित्ता अहिले मेडिसिटी अस्पतालको कम्पाउन्डभित्र पर्छन् ।
दुई जनाको नाममा रहेको ८१२ नम्बर कित्ताका जग्गाधनीले भोग्नुपरेको झन्झटको पनि आफ्नै कथा छ । लामो समयसम्म अदालतको चक्कर लगाउनुपर्ने अवस्था आयो ।
अहिले मेडिसिटीले त्यस कित्तालाई छाडेर बाँकी जग्गालाई कम्पाउन्डले घेरेको देख्न सकिन्छ । गोपनीयताको हकको सम्मान गर्दै हामीले उक्त जग्गाधनीको नाम खुलाएका छैनौं ।
मेडिसिटी अस्पताल भवन बन्नुअघिसम्म ४६६ नम्बर कित्ताको बाटो निर्वाध ढंगले चलिरहेको थियो । यसबीचमा २०६५ मंसिर २७ गतेका दिन सुरक्षाकर्मी र एक हुल अपरिचत युवा समेतको उपस्थितिमा डोजर ल्याइयो ।
आश्विन्स मेडिकल कलेज, उपेन्द्र महतो र रुविन हाउजिङका नाममा रहेका (८१२ बाहेक बाटोबाट पश्चिमतर्फका) कित्तामा रहेको पर्खाल भत्काइयो । रातारात नयाँ पर्खाल खडा भयो ।
स्थानीयले आफ्नै जग्गा दिएर १२ फूटमा विस्तार गरेको बाटो चारपांग्रे सवारी आवतजावत गर्न नमिल्ने गरी खुम्चियो । दैनिक आवतजावत गर्नुपर्ने स्थानीयले घरसम्म आफ्नै सवारीसाधन ल्याउन सक्ने अवस्था रहेन ।
ती दिन सम्झिँदै एक स्थानीयले लोकान्तरसँग भने, ‘त्यति ठूलो बाटो गोरेटोमा खुम्चियो । आफ्नै गाडी घरसम्म ल्याउन सकेनौं । पुलिस पनि आएका थिए । गुण्डा पनि लगाए । आँखै अगाडि पर्खाल खडा हुँदा पनि हामीले केही गर्न सकेनौं ।’
बल र पैसाका अगाडि केही नलागेपछि स्थानीयले प्रशासन गुहारे । नेता भेटे । सबैतिर हारगुहार गरे, तर केही लागेन । अन्त्यमा उनीहरूले अदालतको ढोका ढक्ढक्याए । जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भयो ।
स्थानीय रामेश्वरलाल श्रेष्ठ, छत्रवीर बज्राचार्य, लोकमणि ढकाल, पद्म कार्की, जगदिश महाजु, अनिल रायमाझी, पदम बज्राचार्य, देवरत्न बज्राचार्य, कान्छा बज्राचार्य, विजयराज बज्राचार्य, ज्यारीदेवी बज्राचार्य, सुरेश बज्राचार्य, तुलाकुमारी कार्की, मंगलादेवी बज्राचार्य समेत १४ जनाको मञ्जुरीनामा दाखिला गरी रामचन्द्र श्रेष्ठले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरे ।
मुद्दाका प्रतिवादी आश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिका उपेन्द्र महतो सुडी, वीरेन्द्रप्रसाद महतो र सुरेन्द्र महतोलाई विपक्षी बनाइएको थियो ।
मुद्दामा हार्ने निश्चित भएपछि उपेन्द्र महतोहरू पछि हट्न बाध्य भए । मिलापत्र गर्ने प्रस्ताव स्थानीयसँग राखियो ।
जसरी पनि बाटो खुल्नुपर्छ भन्नेमा रहेका स्थानीय पनि मिलापत्रका लागि तयार भए । यसबीचमा उपेन्द्र महतोहरूको तर्फबाट नयाँ प्रस्ताव आयो – ‘१२ फूटको मात्र किन, यसलाई लम्ब्याएर २० फूटको नै बनाऊँ ।’
उक्त प्रस्तावमा स्थानीयले पनि सहमति जनाए, अनि मिलापत्र भयो ।
मिलापत्रमा प्रतिवादी आश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिका तर्फबाट अख्तियारी प्राप्त व्यक्ति ईश्वरीप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।
मिलापत्रपछि फिल्डमा बाटो खुलाइयो । मेडिसिटी अस्पताल पहिले आफैंले लगाएको पर्खाल भत्काएर सडकका लागि जग्गा छाडिदियो । अहिले सहजै आवतजावत गर्न सकिने बाटो बनेको छ ।
उक्त सडक हाल स्थानीयभन्दा मेडिसिटीकै प्रयोजनमा बढी प्रयोग हुन्छ । अस्पतालले पश्चिमतर्फ पार्किङ राखेको छ । अस्पतालमा आउने/जाने सवारीहरूले उक्त बाटो पनि प्रयोग गर्छन् ।
फिल्डमा खुल्यो, नक्सामा खुलेन !
फिल्डमा सडक खुलेर फराकिलो भइसके पनि नक्सामा भने खुल्न बाँकी छ । नक्सामा उक्त सडकको चौडाइ २० फूट उल्लेख छैन ।
जग्गा बैंकमा रहेको र त्यसलाई सेटल गरेपछि नक्सामा पनि खोल्ने भन्दै आश्विन्स मेडिकल कलेज एन्ड हस्पिटल प्रालिका तर्फबाट आलटाल हुँदै आएको छ ।
फेरि आश्विन्स मेडिकल प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र महतोको दाबी छ, ‘राजकुलोको सट्टामा हामीले बाटोलाई अतिरिक्त जग्गा छाडेका छौं ।’
महतोले अतिरिक्त जग्गा छाडेको भनेर जिकिर गरेको बाटो यही हो । यहाँ महतो मात्र होइन, बाटो खोल्न मेडिसिटीको उत्तर–पश्चिमतर्फका स्थानीयले पनि जग्गा छाडेका छन् ।
यसैलाई देखाएर राजकुलोको सट्टा जग्गा भन्ने रणनीति देखिन्छ ।
‘राजकुलोको सट्टा जग्गा बाटो छाड्नुपर्ने हो, हामीले बाटोमा नै अतिरिक्त जग्गा छाडेका छौं,’ महतोले लोकान्तरसँग भने । स्थानीयले समेत छाडेको बाटो देखाएर यस्तो जिकिर गर्न मिल्ने देखिँदैन ।
त्यसमाथि फेरि मेडिसिटी अस्पताल रहेको भवन बनाउने क्रममा लिइएको प्लानिङ परमिटमा अस्पतालको दक्षिण–पश्चिम (खोलातर्फ) जग्गा छाड्ने भनि रेखाङ्कन गरिएको छ ।
उक्त कुरा पनि कुरामा मात्रै सीमित छ, सरकारी तथा सार्वजनिक जग्गा पनि प्रयोग गरिरहेका छन्, आफ्नो जग्गा पनि तलमाथि भएको छैन ।
पर पुगेपछि फेरि बाटो टुंगियो !
४६६ नम्बर कित्ताको उक्त बाटो ३७९ नम्बर कित्तामा पुगेर टुंगिन्छ । ३७९ नम्बरको सो कित्ता उपेन्द्र महतोको मेडिसिटी अस्पताल प्रालिको नाममा रहेको छ ।
बाटोलाई २५७ नम्बर कित्ताको राजकुलोमा जोडिनबाट ३७९ नम्बर कित्ताले नै छेकेको छ । कित्ता नम्बर २५७ र ९९७० को राजकुलो नै अतिक्रमण गरेर बिल्डिङ ठड्याएको मेडिसिटीले स्थानीयलाई बाटो छोडिदिने सामान्य उदारता पनि देखाएको छैन । त्यसो त राजकुलो अतिक्रमण गरेपछि त्यो बराबरको जग्गा स्थानीयको समेत सहमतिमा उनीहरूलाई काम लाग्ने गरी सरजमिन गरी दिनुपर्ने व्यवस्था छ तर त्यो हुन सकेको छैन ।
मेडिसिटीले बाटो नै छेक्ने गरी तारबार लगाएको छ । आसपासका जग्गाहरू खाली रहेकाले पैदलयात्री घुमेर तिनै जग्गाबाट हिँड्छन् भने सवारीसाधनमा साइकलसम्म पनि लैजाने बाटो छैन ।
‘हुन त ३७९ नम्बरको कित्ता उनीहरूकै हो, तर तल त्यति धेरै राजकुलो अतिक्रमण गरेको मेडिसिटीले कानून अनुसार नै दिनुपर्ने सट्टा जग्गा नदिएर बाटो ब्लक (बन्द) गरी बसेको छ,’ एक स्थानीयले भने ।
हेर्नुहोस्, अन्य ३ भाग :
मेडिसिटी अस्पतालले सरकारी जग्गा मिचेको खुलासा, भवन नै राजकुलो माथि ! [लोकान्तर खोज– १]
मेडिसिटीले नचायो सरकारी संयन्त्र, ‘षड्यन्त्र’ देखेर स्थानीयमा त्रास ! [लोकान्तर खोज– २]
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...