×

NMB BANK
NIC ASIA

म्यानचेस्टर सिटीमाथि च्याम्पियन्स लीगमा प्रतिबन्ध लगाइने सम्भावना

जेठ २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायती फूटबल क्लब म्यानचेस्टर सिटीलाई फाइनान्सियल फेयर प्ले नियमको उल्लंघन गरेको आरोपमा दोषी ठहर गरिएको छ ।

Muktinath Bank

प्रेमियर लीग जितेको सिटीले च्याम्पियन्स लीग खेल्न नपाउने सम्भावना बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिटीले नियम भंग गरेको निष्कर्ष आफ्नो अनुसन्धान इकाइले निकालेको यूईएफएले बिहीवार जनायो । 


Advertisment
Nabil box
Kumari

यूईएफएले अन्तिम फैसला नआउन्जेल थप टिप्पणी नगर्ने जनाएको छ । अन्तिम फैसला केही हप्तामै आउने अपेक्षा गरिएको छ । 

Vianet communication
Laxmi Bank

तर सिटीलाई प्रतिबन्ध लगाउनका लागि सिफारिश गरिने सम्भावना प्रबल रहेको बताइएको छ । 

सन् २०१८ को नोभेम्बर महिना र सन् २०१९ को मार्च महिनामा फूटबल लीक्सले गरेको खुलासामा सिटीले अनेकौं नियम भंग गरेको आरोप लगाइएको छ । त्यसपछि यूईएफएले यसमाथि कारवाही चलाएको थियो । 

सिटीले प्रायोजनबाट गरेको कमाइको बहानामा लाखौं पाउन्ड लुकाएको आरोप लगाइएको छ । 

सिटीले आफूलाई दोषी ठहर गरिएको कुरालाई प्रतिवाद गरेको छ । उसले ट्विटर अकाउन्टमा पोस्ट गर्दै लेख्यो, ‘स्वतन्त्र न्यायिक निकायले यस विषयमा अनुसन्धान गरेमा सकारात्मक परिणाम आउने विषयमा म्यानचेस्टर सिटी विश्वस्त छ ।’

सिटीमाथि प्रतिबन्ध लाग्यो भने पनि उसले यसविरुद्ध पुनरावेदन गर्ने अधिकार राख्छ । 

त्यसपछि यो मुद्दा स्विट्जरल्यान्डस्थित लाउजेनको खेलकुद अदालतमा पुनरावेदनका लागि पुग्छ । उक्त अदालतले सन् २०१९ को अन्त्यसम्ममा बल्ल अन्तिम फैसला गर्न सक्छ ।

कानूनी प्रक्रिया चल्दै गर्दा प्रतिबन्ध थाती राखिन्छ र सिटीले अर्को सीजनको च्याम्पियन्स लीगमा सहभागी हुन पाउँछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x