×

NMB BANK
NIC ASIA

संघर्षबाट सफलता

तिलबहादुर ‘मरिसकेपछि काजकिरिया’ अनि पुनर्जन्म ! सडकपेटीमा मागेको पैसाले सामाजिक ‘हिरो’

जेठ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – वाथरुमबाट निस्कँदै छन् उनी । एक बालक उनलाई ह्विलचियरमा बसाल्न मद्दत गरिरहेका छन् । 

Muktinath Bank

किनकि उनी शारीरिक अपाङ्ग छन् । उनको हात र खुट्टामा २४ वटा औंला छन् । खुट्टा सुकेका छन् । त्यसैले यताउता गर्न ह्विलचियरको सहारा चाहिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती बालकले नै उनलाई कोठासम्म पुर्‍याए । कोठा भित्ता सम्मान पत्रले भरिभराउ छन् ।


Advertisment
Nabil box
Kumari

काठमाडौं गोकर्णस्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको दृश्य हो यो । आवाज केन्द्रभित्र पनि तिलबहादुर कार्कीको कोठामा ।

Vianet communication
Laxmi Bank

तिलबहादुर त्यही संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष हुन् । उनी आफै अपाङ्ग छन् तर धेरै असहाय बालबालिकाको सहारा बनेका छन् ।

हाल संस्थामा ४५ जना असहाय बालबालिका बस्छन् । उनीहरूको रेखदेख, खानपान, शिक्षादीक्षा संस्थाले गर्दै आएको छ ।

कोही बालबालिकाका बुवाआमालाई द्वन्द्वले खोस्यो, कसैका बुवाआमालाई बाढीले बगायो । कसैका बुवाआमाको २०७२ सालको भूकम्पमा परी निधन भयो । 

विभिन्न कारणले बेसहारा बनेका बालबालिकाको सहारा हुन् तिलबहादुर ।

हामी सिनेमाका पर्दामा ‘हिरो’लाई हेर्छाै तर तिलबहादुरलाई भेट्ने जोकोहीलाई उनी समाजका वास्तविक ‘हिरो’ लाग्छन् । उनको सामाजिक कार्यले धेरैलाई आश्चर्य नै बनाउँछ । यसरी पनि समाजसेवा गर्न सकिँदो रहेछ भन्ने उदाहरणीय व्यक्ति बनेका छन् तिलबहादुर ।

तर तिलबहादुर सहजै सामाजिक ‘हिरो’ बनेका होइनन् । उनले जीवनमा थुप्रै तिरस्कार, पीडा र दुःखका नमिठा अनुभव संगालेका छन् तर आफ्नो पीडालाई बालबालिकामा देख्ने खुशीले जितिरहेको तिलबहादुर बताउँछन् ।

तिलबहादुरले आफ्नै कोठामा लोकान्तरसँग झण्डै १ घण्टा संघर्ष, प्रेरणादायी कुरा र भावी योजनाबारे कुरा गरे ।

समाजको तिरस्कारले पाँचथरदेखि काठमाडौं

२०२९ सालमा पाँचथरको सरङडाँडामा जन्मेका हुन् तिलबहादुर । हातखुट्टामा २४ औला लिएर जन्मिनु तिलबहादुरका लागि जीवनकै ‘ठूलो पाप’जस्तो भयो ।

‘अपाङ्ग छोरो जन्मियो, यो अल्लछिना हो’ समाजमा फैलिएको यस्तै हल्लाले आमाछोरा नै तिरस्कृत बन्न पुगे । तिलबहादुर स्कूल जान थालेका थिए, साथीभाइले कुट्थे, फरक व्यवहार गर्थे । अनि स्कूल जान छाडे ।

यता आमा समाजको अपहेलना देखेर रातदिन रुन्थिन् । तिलबहादुरले सोचे, ‘मेरो कारणले आमा रातदिन रुनुहुन्छ । उहाँको लागि बरु म मर्छु ।’

मर्न भनी ९ वर्षको उमेरमा घरमा मुसा मार्न राखेको विष बोकेर निस्किए तिलबहादुर । बाटोमा त्यो विष खाए तर खानेवित्तिकै उल्टी आयो । उनी मर्न सकेनन् । घिस्रिँदै–घिस्रिँदै झापा आइपुगे ।

त्यहाँबाट काठमाडौं आउने बस चढे, काठमाडौं आइपुगे । १ होटलमा भाडा माझ्ने काम शुरू गरे तर निरन्तरता दिन सकेनन् ।

त्यसपश्चात् अपाङ्ग खुट्टा देखाएर पसल–पसलमा पैसा माग्न थाले । यी कुरा सुनाउँदा तिलबहादुर भावुक देखिन्थे ।

उनले भने, ‘कहिले बौद्धतिर सडकपेटीमा बास बस्थें, कहिले पशुपतितिर ।’ प्रायः पशुपतितिर नै उनको बास हुन थाल्यो ।

जंगलमा पुरेको पैसाबाट समाजसेवा

तिलबहादुर बिहानदेखि सडकपेटीमा खुट्टा देखाएर पैसा माग्थे । राति थकित भएर पशुपतिको कुनै कुनामा सुत्थे । त्यहाँ उनीजस्ता अन्य मानिस पनि सुत्थे । राति उनी निदाएको बेलामा पैसा चोरिन्थ्यो । केही दिन पैसा चोरिएपछि उनले सोचे, ‘कमाएको पैसा कतै खाल्डो खनेर गाड्नुपर्छ ।’

नजिकैको गौशाला बनकाली जंगलमा रुखको फेदमा खाल्डो खने । कमाएको पैसा बोरामा राखेर खाल्डोमा पुर्न थाले ।

‘साँझ १२ बजे सबै सुतिसकेपछि जंगलमा गएर कमाएको पैसा त्यही खाल्डोमा बोरामा राखेर पुर्न थालें,’ तिलबहादुर भन्छन् । तिलबहादुर २५ वर्षसम्म निरन्तर यही गरिरहे । त्यसपश्चात उनमा सोच आयो, ‘मैले केही राम्रो काम गर्नुपर्छ ।’

गौशालाका तत्कालीन प्रहरी प्रमुख सहितको टोलीलाई लिएर खाल्डोमा पुरेको पैसा निकाले । ‘झण्डै ४ लाख रुपैयाँ बढी माटोमा मिलिसकेको थियो । सिक्का मात्र ५ लाख ५१ हजार २५ रुपैयाँ भएको रहेछ,’ तिलबहादुरले भने, ‘नोट रुपैयाँ जति सबै कुहिएको थियो । ढ्याक मात्र ५ लाख बढी भएको रहेछ ।’

त्यही पैसाबाट आफूजस्तो कोही बालबालिकाले दुःख पाउन नपरोस् भनेर सामाजिक काम शुरू गरे । २०६४ सालमा संयुक्त अपाङ्ग एकता आवाज केन्द्र दर्ता गरेको तिलबहादुर बताउँछन् ।

शुरूवाती दिन उनका लागि त्यति सहज थिएन । भएको पैसा संस्थाको कोठाभाडा र सरसामानमा खर्च भएको थियो । ‘छिमेकका घरबाट १–१ मुठी चामल, पसलबाट १–१ रुपैयाँ संकलन गरेर संस्था चलाए,’ तिलबहादुर भन्छन् ।

शुरूमा शान्तिनगरमा संस्था सञ्चालनमा ल्याएका थिए । पछि नारायणस्थान, धापासी हुँदै कपन चुनिखेल सारे । त्यहाँ भाडामा लिएको घर भूकम्पले ढाल्यो ।

त्यसपश्चात् ३ वर्षअघि गोकर्णमा १० वर्षका लागि जग्गा भाडामा लिए । विभिन्न संघसंस्था, देश विदेशमा रहेका नेपालीको सहयोगमा भवन बनाए उनले ।

२०६८ सालमा तिलबहादुरले विवाह गरे । हालसम्म बच्चा जन्माएका छैनन् । बच्चा जन्माउने योजना पनि छैन ।

भन्छन्, ‘यी बालबालिका नै हाम्रा सन्तान हुन् । हामीले सन्तान जन्माएपछि आफ्नै सन्तानलाई बढी माया गरिएला । संस्थाका यी बालबालिकामा भेदभावको महसूस होला । त्यसैले सन्तान नजन्माउने निधो गर्‍यौं ।’

२८ वर्षपछि परिवारसँग भेट 

समाजको तिरस्कार सहन नसकेर तिलबहादुर घरबाट निस्किएका थिए । उनका बुवा–आमाले छोरो मरिसकेको मानेर काजकिरिया गरिसकेछन् ।

पछि तिलबहादुरको सामाजिक कामको चर्चा मिडियामा भयो । त्यो देखेर, सुनेर बुवाआमाले छोरो जिउँदै रहेको खबर पाए । त्यसपछि २८ वर्षपछि तिलबहादुरको बुवाआमासँग भेट भयो । 

उनका बुवाआमा मोरङमा बस्छन् । तिलबहादुर मोरङ गए । ‘किरिया गरिसकेको मानिस फर्किएपछि फेरि जन्माउने विधि गर्नुपर्दाेरहेछ,’ तिलबहादुरले हाँस्दै भने, ‘मैले त्यो विधि पूरा गरेर पुनर्जन्म लिए ।’

तिरबहादुरपछि ६ सन्तान जन्मिएका रहेछन् । ‘तर मैले पुनर्जन्म लिएको हुनाले सबैले कान्छो भाइ भन्छन्,’ तिलबहादुर सुनाउँछन् ।

‘कलाकारहरू आइरहनुहुन्छ’

तिलबहादुरको रुचिको क्षेत्र अभिनय पनि हो । केही म्युजिक भिडियो र चलचित्रमा अभिनय पनि गरेका छन् । ‘मिस नेपाल’, ‘बृन्दावन’मा उनको अभिनय छ ।

उनले ‘जीवनमा सबै चिज खाउ, हरेश नखाउ’ भन्ने सन्देश बोकेको ‘अठोट’ र आफ्नै जीवनमा आधारित ‘तिलबहादुर’ नामक डकुमेन्ट्रीमा अभिनय गरेका छन् । ‘अभिनयले मनलाई सन्तोष मिल्छ,’ तिलबहादुर भन्छन् । 

अहिले उनको बाल आवास गृहमा थुप्रै कलाकारहरू पुग्ने गरेका छन् । विशेषगरी जन्मदिन मनाउन कलाकारहरू जाने गरेको तिलबहादुर बताउँछन् ।
राजेश हमाल, प्रदीप खड्का, राजेशपायल राई, निखिल उप्रेती, रेखा थापा, निश्चल बस्नेत, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका कलाकार त्यहाँ पुग्ने गरेको उनले बताए ।

तिलबहादुरको एउटै धोको

तिलबहादुरलाई संस्था चलाउन धौंधौं छ । विभिन्न संघसंस्था, व्यक्तिको सहयोग हुन्छ । उनको एउटै धोको छ, ‘आफ्नै भवनमा बालबालिका बसून् । आफूलाई केही भयो भने बालबालिका सडकमा नआउन् ।’ उनी भन्छन् –‘हामीले चाह्यौं भने त्यो असम्भव छैन । आमनेपालीले १–१ रुपैयाँ उठाएपनि हाम्रो भवन बन्छ ।’

तिलबहादुरको आग्रह छ, ‘यी बालबालिकाको भविष्य सुनिश्चित गर्नको लागि सबैले सक्दो सहयोग गरुन् ।’ तिलबहादुर आफ्नो लागि होइन, बालबालिकाका लागि सोच्छन् ।

गत वर्ष ‘सीएनएन हिरो’को लागि मनोनयनमा परेका थिए तिलबहादुर तर उपाधि अरु नै देशले जित्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x