मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष अमित शाहसँगको संयुक्त पत्रकार सम्मेलनको आरम्भिक बयानमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावमा आफूहरू विजयी भएको घोषणा गरेका थिए । उनले चुनाव परिणामपछि बहालवाला बहुमतको सरकारले बहुमतकै साथ दोस्रो कार्यकाल जित्ने भारतीय राजनीतिकै दुर्लभ घटना हुने बताए ।
चुनाव सकिएलगत्तै सार्वजनिक भएका एक्जिट पोलले केही संकेतहरू दिएका भए पनि यो दाबीलाई पुष्टि गर्नका लागि बिहीवार हुने मतगणनाकै प्रतीक्षा गर्नुपर्ने हुन्छ । देशको आर्थिक स्थिति, निकै भयावह बेरोजगारी र कृषि क्षेत्रमा समस्याका कारण मोदीका प्रतिद्वन्द्वीहरूले बहालवाला सरकारविरुद्ध जनता आक्रोशित रहेको आँकलन गरिरहेका थिए । तर जनताको यस्तो आक्रोशको खासै प्रमाण पाइएन (एक्जिट पोलमा समेत) । राजनीतिक माहोलको शास्त्रीय, पुरातनवादी ढर्राको विश्लेषण गर्ने बानी परेकाहरूलाई यो अनौठो लाग्न सक्छ । तर देशभरिका चुनावी अभियानको निरीक्षण गर्न व्यापक यात्रा गर्दा चारवटा कुरा स्पष्ट देखिए । भाजपा र नेसनल डेमोक्रेटिक अलायन्स (एनडीए) ले कति सीट जित्ला भन्ने त बिहीवार थाहा पाइन्छ तर चारवटा कुराले आर्थिक पीडा र बहालवाला सरकारविरुद्धको माहोललाई निस्तेज बनाएको देखिन्छ ।
नयाँ भोट बैंक
नयाँ राष्ट्रव्यापी जातमा आधारित भोट बैंक उदाएको छ । यसमा कथित माथिल्ला जातका मतदाता छन् । सन् १९८९ देखि यिनीहरू भाजपाप्रति बफादार छन् तर उनीहरूबीच एक किसिमको विभाजन थियो । केही ब्राह्मणहरूले पुरानो लगावका कारण कांग्रेसलाई मत दिइरहे । केही ठाकुर नेताहरूले उत्तर प्रदेशमा मत भाजपाको पक्षमा पारे । जन संघ र भाजपाले कथित माथिल्लो जातिका मतदातालाई आफूतिर सधैं नै आकर्षित गर्दै आइरहेको छ तर पार्टीप्रति साँच्चिकै प्रतिबद्ध मतदाता बनियाँहरू हुन् । त्यसैले इन्दिरा गान्धीले जन संघलाई जहिले पनि बनियाँ पार्टी भनिन्, हिन्दू पार्टी कहिल्यै भनिनन् ।
अहिले माथिल्लो जातका सबै मानिस मोदीको पछाडि लागेका छन् । उनीहरू मोदीको भाजपालाई हिन्दूत्व चम्काउने दल मात्र ठान्दैनन् बरू योग्यतालाई कायम राख्ने बल मान्छन् । अल्पसंख्यक र ‘कम योग्य’ जातले आफ्नो मताधिकार शक्तिका कारण आफूलाई तल पार्ने डर उनीहरूमा छ । यो नयाँ भोट बैंक भाजपाविरुद्ध एकढिक्का भएर भोट दिने मुसलमानहरू जत्तिकै एकढिक्का छ । म गएका ठाउँमा भाजपालाई भोट नदिने माथिल्लो जातको मानिस कमै भेटें । यसले गर्दा मोदीलाई मुसलमान र यादव लगायतका अन्य जातहरूको प्रतिकार गर्न सहयोग गर्छ ।
जातीय जनगणना पछिल्लोपटक सन् १९३१ मा गरिएको थियो । तर २२ देखि २५ प्रतिशतसम्म माथिल्लो जातको उपस्थितिले उनीहरू भारतको सबभन्दा ठूलो भोट बैंक बनेका देखाउँछ र त्यो संख्या मुसलमान, दलित वा एकढिक्का रहेका अन्य पिछडिएका समूहभन्दा ठूलो छ ।
आर्थिक व्यवस्थापन
चुनावी अभियान सकिएपछि भाजपाले गरेको पत्रकार सम्मेलनमा शाहले सरकार आफ्ना योजनाको अन्तिम कार्यान्वयनमा लागेको बताए । उनी सही छन् । हामीहरूले शौचालय, खाना पकाउने ग्यासको कनेक्सन (उज्ज्वला योजना), घर (प्रधानमन्त्री आवास योजना), मुद्रा र ग्रामीण विद्युतीकरण योजनाले लक्षित वर्गलाई फाइदा नै पुर्याएको पायौं ।
हुन त त्यो पर्फेक्ट छैन । शौचालयमा प्रायः पानी हुँदैन, खाना पकाउने ग्यास पाएकाहरूले सिलिन्डर भर्न सकिरहेका छैनन् र मुद्रा ऋणले रोजगारी पैदा गरेको छैन । तर देशभरि हेर्दा यी योजना जनतामाझ पुगेको चाहिँ देखिन्छ ।
अनि किसानहरूलाई प्रत्यक्ष फाइदा हुने गरी दिइएको सब्सिडीको पहिलो किश्ता पनि पुगिसकेको छ । वास्तविक गरीब र दुर्गम क्षेत्रका मानिसका लागि यो ठूलो परिवर्तन हो । उनीहरूले कुनै घूस नखुवाइकनै यी योजनाको फाइदा उठाउन पाएका छन् ।
यी योजनाहरूले धेरै मानिसहरूलाई फाइदा गराएकोले उनीहरूले भाजपालाई भोट नदिने कुरै हुँदैन । उनीहरू कुल गार्हस्थ्य उत्पादन बुझ्दा पनि बुझ्दैनन् अनि त्यो बढिरहेको छ कि घटिरहेको छ भन्ने पनि वास्ता गर्दैनन् । उनीहरू व्यवस्थित रोजगारी बजारको अंग बनिसकेका छैनन् किनकि अति नै गरीब छन् । सरकारबाट लगालग केही न केही फाइदा पाउनु उनीहरूका लागि ठूलो कुरा हो ।
अघिल्लो सरकारका योजनाको निरन्तरता
मोदी सरकारले अघिल्लो कांग्रेस सरकारको तुलनामा भौतिक निर्माणमा निकै राम्रो काम गरेको छ : राजमार्ग, बन्दरगाह, मेट्रो रेल, पुल तथा अन्य शहरी निर्माण उसको कार्यकालमा बढेका छन् । कांग्रेसले आफ्नो पहिलो कार्यकालमा यी योजनाहरूको परिकल्पना गरेको, योजना तर्जुमा गरेको र आरम्भ पनि गरेको भन्न पाउँछ । तर उसले यी योजनाहरूलाई किन बीचैमा छोडेको वा त्यसलाई पूर्णतया त्यागेको भन्ने प्रश्नको जवाफ दिनुपर्छ ।
सबभन्दा स्पष्ट देखिने उदाहरण मुम्बईका ठूला भौतिक निर्माण योजना हुन् । उत्तर–दक्षिण मेट्रो, बन्दरगाहहरू जोड्ने सञ्जाल, नवी मुम्बई विमानस्थल र तटीय सडक सबै यूपीए सरकारका योजना हुन् । तर ती सबैलाई पछि गएर रोकियो । अनि देशभरिका ठूला ऐतिहासिक पुलहरूका काम पनि रोकिए । भाजपाले चाहिँ सबै बाधा अवरोध हटायो र परियोजनाहरूलाई अघि बढायो । त्यसैले उसलाई अहिले फाइदा दिइरहेको छ ।
युवा मतदातामा मोदीभक्ति
सन् १९९७ देखि २००१ सम्म जन्मेका व्यक्तिले लोकसभा चुनावमा यसपालि पहिलोपटक मत दिए । धनी, गरीब जे भए पनि उनीहरू डिजिटल नागरिक हुन् । उनीहरूले डिजिटल स्पेसमा एकजना नेता मात्र चिनेका छन्, एउटा मात्र सन्देश सुनेका छन् र गूगल आउनुअघिका सन्दर्भ उनीहरूलाई थाहै छैन । सबभन्दा महत्त्वपूर्ण कुरा त, उनीहरू रोजगारी बजारमा आएकै छैनन् ।
उनीहरू मोदीका अभूतपूर्व समर्थन आधारका रूपमा रहेका छन् । उनीहरू मोदीको घुलमिल हुने स्वभाव, आक्रामकता, विदेशी नेताहरूलाई अँगालो हाल्ने व्यवहार मन पराउँछन् अनि मोदीको लहर आएको विषयलाई पूरै पत्याउँछन् । अर्को महत्त्वपूर्ण कुरा भनेको उनीहरू वंशीय राजनीतिलाई घृणा गर्छन् । सन् २०१४ भन्दा फरक उनीहरू राहुल गान्धीको नाम सुन्दा हाँस्न थाल्दैनन् । तर उनले अहिलेसम्म के गरे अनि उनको कस्तो अनुभव छ भनी सोध्छन् । यो चुनावी अभियानमा हामीले सुनेको सबभन्दा बढी दोहोरिने पंक्ति हो : राहुलले अझै केही समय कडा मेहनत गर्नुपर्छ र थप अनुभव लिनुपर्छ । मोदी आफैं उदाएका हुन् र अनुभवी छन् भने उनको विकल्प किन खोजिरहनुपर्यो ?
मोदीप्रति बफादार यस समूहलाई भक्त नभनौं होला । तर मोदीप्रतिको भक्ति यस समूहमा निकै कडा देखिन्छ । यो भक्तिले जात र जातिको बफादारितालाई समेत नाघेको छ । तर उत्तर प्रदेशमा यो भक्ति मुसलमान, यादव र जाटवहरूको हकमा लागू हुँदैन ।
हुन त एक्जिट पोलकै आधारमा अन्तिम विश्लेषण गर्नु आफैंमा खतरनाक कुरा हो । संसारका सर्वोत्कृष्ट मतदान विशेषज्ञहरू पनि घरिघरि असफल भएका प्रशस्तै उदाहरण छन् । अमेरिकामा ट्रम्पको जीत, ब्रेक्जिट अनि अहिले आएर अस्ट्रेलियाको चुनावमा सत्तारूढ दलको जीतले ठूला भविष्यवाणी पनि फेल खुवाइदिए । तर एक्जिट पोल मिल्यो अनि मोदीले फेरि सरकार बनाए भने चाहिँ मैले माथि उल्लेख गरेका चारवटा फ्याक्टर निर्णायक ठहरिन्छन् ।
हिन्दुस्तान टाइमसमा प्रकाशित शेखर गुप्ताको विश्लेषण
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...