पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपाली वर्णमालामा एउटा अक्षर छ ‘म’ । यसको अर्थ हो, आफू, अहम्, स्वत्व यस्तै यस्तै । अन्य भाषामा पनि यस्ता अक्षर होलान् सायद, जसले स्वत्व बुझाउँछन् । यसले मैले राम्रो बन्नुपर्छ, राम्रो बन्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ तर राम्रो भन्नुपर्छ भन्ने अर्थमा रुढ हुन पुगेको छ हिजोआज यो । वर्णमालाकारले पनि राम्रो ‘म’ भन्ने उच्चारण गर्न लगाएर यतैतिर धकेल्ने प्रयास गरेका छन् यसलाई ।
राम्रो भन्नु एउटा कुरा हो, राम्रो बन्नु अर्को कुरा । राम्रो ‘म’ भन्नु भनेको आफैतर्फ सङ्केत गर्ने कुरा हो । राम्रो ‘म’ बन्नु भनेको अरुले भनिदिने कुरा हो । आफूले आफैलाई राम्रो सबैले भन्छन्, भनेकै छन्, भनिरहेकै छन्, भनिरहने नै छन् तर अरुले चाहिं त्यत्तिकै राम्रो भनिदिंदैनन् । यसका लागि पहिले राम्रो बन्नुपर्छ, बनिदिनुपर्छ । जब हामी राम्रो भन्न छाडेर बन्नतिर लाग्छौं त्यसपछि केही गर्नैपदैन स्वतः राम्रो भनिदिन्छन् । अन्यथा राम्रो ‘म’ को जति नै रटान लगाए पनि राम्रो बन्न सकिन्न । उल्टै नराम्रो बन्न थालिन्छ, जस्तो अहिले भइरहेको छ ।
हुनसक्छ वर्णमालाकारले पनि राम्रो बन्नुपर्छ भन्ने अर्थमै यसको उच्चारण सिकाएका होलान् त्यसो हो भने भन्नैपर्छ भयङ्कर दुरुपयोग गरिरहेका छौं हामी यसको । अक्षरको गरिरहेका छौं, वर्णको गरिरहेका छौं, सबैभन्दा बढी वर्णमालाकारको आशयको गरिरहेका छौं, जसको फल हाल हामी आफै भोगिरहेका छौं । संसार राम्रो छ, तपाईं राम्रो, म राम्रो, सबै राम्रो । सबै राम्रा छन्, राम्रै गर्न आएका हुन् तर हामीमा जुन राम्रो ‘म’ बन्ने होइन भन्ने अभ्यास छ त्यसैले चौपट पारेको छ, नराम्रो बनाएको छ ।
हामी छौं, अरुछन्, हामी भएकैले अरु भएका हुन् । संसारको आधार भनेकै हामी हौं, हामीले नै बनाएका हौं उसलाई । अरुलाई नराम्रो भन्ने अधिकार कसैलाई छैन, न तपाईंलाई छ, न मलाई । हामी राम्रो भए अरु स्वतः राम्रो बनिदिन्छन्, बन्न कर लाग्छ । जेजति नराम्रा भएका छन् हाम्रै कारण भएका छन् । हामीले नै त्यस्तो बनाएका छौं, बनाएका हौं ।
वेदान्तमा एउटा प्रसङ्ग छ । सायद बृहदारण्यक उपनिषद्मा हो क्यारे । एक पटक देव, दानव र मानव तपस्या गर्न गएछन् ब्रह्माजीको । तपस्याबाट खुशी भएका ब्रह्माजीले वरदानमा ‘द’ अक्षर दिएर पठाए छन् ।
यसको आशय थियो भोगप्रधान देवताहरूले इन्द्रिय दमन गर्नुपर्छ, क्रोध प्रधान दानवले दया र सङ्ग्रहप्रधान मानवले दान गर्नुपर्छ भन्ने तर उनीहरूले उल्टो बुझे, उल्टो अर्थ लगाए । फलतः इष्ट प्राप्ति त भएन नै । तपस्याको श्रम र फल खेर गयो । यहाँ पनि त्यस्तै भएको छ ।
हामीले आत्मकल्याणका लागि ‘म’ अक्षर पाएका थियौं प्रकृतिको गर्भबाट तर अर्थ बुझ्न सकेनौं, उल्टो अर्थ लगायौं । राम्रो ‘म’ भनेको राम्रो बन्ने होइन भन्ने हो भन्नतिर लाग्यौं । त्यसैको फल भोग्दैछौ । भोगिरहनेछौं यस्तै अवस्था रहे पछिसम्म पनि ।
अस्ति कुनै सहकर्मी मित्र एक सञ्चारमाध्यममा गुनासो गर्दै थिए । विषय थियो ट्राफिक अनुशासन सम्बन्धी, पात्र थिए तीनजना शिक्षार्थी, शिक्षित र ट्राफिक प्रहरी । उनका अनुसार गल्ती थियो उल्लिखित पात्रका, गल्ती गरेका थिए उनीहरूले तर दोष अर्कोलाई लगाएर तथानाम गाली गरेका थिए । यही नैै राम्रो ‘म’ गलत बुझाइको उदाहरण हो, जसले वर्तमान दूरावस्थाको समेत प्रतिनिधित्व गरेका छन् । उनीहरूले राम्रो म पढे त्यही बुझे । राम्रो म बन्नुपर्छ होइन भन्नुपर्छ भन्ने ठाने त्यही अर्थमा लिए । फलतः अरुलाई नराम्रो देख्न पुगे, अन्ततः आफै नराम्रो भएको बलियो प्रमाण दिए ।
दोष कुनै व्यक्ति वा पात्र विशेषको मात्र होइन । संस्थाको हो, समूहको हो, समाजको हो, सबैभन्दा बढी सरकारको हो । पाठ्यक्रमले यही सिकाएको छ, पाठ्यपुस्तकले यही सिकाएको छ, समाजले यही सिकाएको छ, संस्कार र संस्कृतिले यही सिकाएको छ, धार्मिक ग्रन्थहरू त्यही भनिरहेका छन्, धर्मगुरुहरू त्यही भनिरहेका छन्, कहाँ व्यक्तिविशेषलाई दोष दिएर उम्कन पाइन्छ र ?
सबै विजयभव भन्छन्, तर विजयी भवको सार के हो त्यो भने उनीहरूलाई नै थाहा छैन । उनीहरूको बुझाइमा विजयी मात्र हुनुपर्छ जसरी भए पनि हुन्छ । अरुलाई लछारे पनि हुन्छ पछारे पनि हुन्छ, धसारे पनि हुन्छ, पसारे पनि हुन्छ, लत्याए पनि हुन्छ, हुत्याए पनि हुन्छ, जसरी पनि विजयी हुनुपर्छ । जहाँ जे गरे पनि हुन्छ । घचेट्नुस् अचेट्नुस्, काट्नुस्, मार्नुस् आवश्यकता अनुसार जहाँ जे गर्नुपर्छ गर्नुस् तर विजयी भएरै छाड्नुस् राज्यसत्ता तपार्ईंको सेवामा हाजिर छ । सर्वत्र तपाईंको जयजयकार हुनेछ । पुष्पकमलहरू पुष्पमाला लिएर स्वागतमा खडा हुनेछन्, शालिक ठड्याउने छन्, वर्षको एकपटक नै सही जयन्ति मनाउनेछन्, सम्झना गर्नेछन्, सम्मान गर्नेछन् ।
उनीहरूले जानेकै यही हो । यही पाठशालाबाट आएका हुन् उनीहरू । त्यस्तै गरेका थिए, त्यस्तै गरेर आएका थिए, त्यस्तै गर्नेछन् । उनीहरूले सिकेको त्यही हो, सिकाएको त्यही हो । त्यसैले न राम्रो बन्न सकियो, न राम्रो बनाउन सकियो । राम्रो बन्छु, भन्दाभन्दै नराम्रो बन्न पुगियो, नराम्रो बनाउन पुगियो ।
अझै समय छ, घर्किसकेको छैन । छाड्नुस् अरुका कुरा । उनीहरूले के गरे, के भने उनीहरूकै जिम्मामा छाडिदिऊँ । जे बुझेका थिए त्यही भने, जे जानेका थिए त्यही गरे । त्यसैमा खेले, खेले खेलाए, फसे, फसाए । उनीहरूलाई विर्सेर आफूले के भन्ने र के गर्ने भन्ने सोच्नुस् सबै तपाईका पछि लाग्नेछन्, लाग्न कर लाग्नेछ । तत्कालै नहुन सक्छ, हुनसक्छ, केही समय एक्लै पर्न सक्नुहुन्छ तर सधै त्यस्तै हुँदैन । शुरुमा बुद्ध एक्लै थिए, गान्धी एक्लै थिए, मण्डेला एक्लै थिए, मार्टिन लुथरहरू एक्लै थिए । बुद्धलाई सिध्याउने खेल भएकै हुन्, मण्डेलाहरूलाई सक्ने प्रयास भएकै हुन्, गान्धीलाई त सिध्याएकै हुन् तर के भयो त खोइ सबै एकदिन उनीहरूकै अनुयायी नबनिसुखै पाएनन् ।
विजयी हुनु भनेको धन जित्नु मात्र होइन, तन जित्नु मात्र पनि होइन, मन जित्नु हो । मन जिते सबै जितिन्छ, धन पनि जितिन्छ, तन पनि जितिन्छ । अन्यथा केही पनि जितिंदैन । न धन न तन । यही नै राम्रो ‘म’ बन्ने पहिलो सूत्र हो । त्यसैले आउनुस् यस महाअभियानमा लागौं, जसको शुरू नै भएको छैन, पहिलो यात्री तपाईं बन्न सक्नुहुन्छ, म बन्न सक्छु, हामी बन्न सक्छौं । यही नै सच्चा विजयी हुनु हो, विजयीभवको सही सन्देश हो, सँगसँगै राम्रो ‘म’ को सही बुझाइ पनि हो ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...