×

NMB BANK
NIC ASIA

काठमाडौं- दुई वर्षभन्दा माथिका बच्चाहरू कोही नाच्दैछन् त कोही गाउँदै । एउटा बच्चा पनि रोएको देखिँदैन । बच्चाका आमाहरू बेलाबेलामा आएर स्तनपान गराइरहेका छन् ।  

Muktinath Bank

यो दृश्य हो- सिंहदरबार हाताभित्र सञ्चालनमा रहेको ‘दिवा शिशु स्याहार केन्द्र’को । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रमा सिंहदरबार क्षेत्रभित्र रहेका मन्त्रालय र कार्यालयहरूमा कार्यरत स्थायी निजामती महिला कर्मचारीका छोराछोरीलाई कार्यालय समयमा रेखदेख गरिन्छ ।


Advertisment
Nabil box
Kumari

सेवा केन्द्रमा बच्चाको भर्ना र रेखदेखको विषयमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले कार्यविधिको व्यवस्था गरेको गरेको छ ।

Vianet communication
Laxmi Bank

अहिले शिशु स्याहार केन्द्रमा ८० जना बच्चा छन् । मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीका बच्चालाई मात्र राख्न पाइन्छ । ३ महिना देखि ३ वर्षसम्मका बच्चालाई यहाँ रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

स्याहार केन्द्रमा उमेर अनुसार बच्चालाई ३ वटा छुट्टाछुट्टै ठाउँमा राख्ने व्यवस्था गरिएको रहेछ । बच्चालाई रेखदेख गर्नेलाई 'आया' भनिने रहेछ । २ वर्षभन्दा माथिका बच्चाहरूसँग आयाहरू रमाउँछन्, नाच्छन् अनि गाउँछन् पनि । उनीहरूको स्याहारसुसारले बच्चामा आफ्नै आमासँगै भएको अनुभूत गराउँछन् ।

सिंहदरबारभित्र काम गर्ने महिला कर्मचारीहरू स्याहार केन्द्रमा राखिएका आफ्ना बच्चाहरूलाई समय मिलाएर हेर्न आउँछन्, स्तनपान गराउँछन् । ‘हामीले अहिलेसम्म खाना र वातावरणमा फोहोर भयो भन्ने गुनासो सुन्नुपरेको छैन,' स्याहार केन्द्रकी व्यवस्थापन प्रमुख शान्ति थापाले बताइन् ।

‘सबै उमेरका बच्चाको अभिभावकसँग १३ सय रुपैयाँको दरले मासिक शुल्क लिन्छौं । यो शुल्क बच्चाबच्चीलाई खाजा खुवाउनका लागि लिइएको हो । डाइपर र टिस्यु पेपर अभिभावकले व्यवस्था गर्नुपर्छ,' थापाले बताइन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी उपसचिव शुशिला पौडेल ०६३ सालपछि सिंहदरबारभित्र महिला कर्मचारीहरूको संख्या बढ्दै गएको बताइन् । उनका अनुसार त्यसपछि महिला कर्मचारीहरूको बच्चाबच्चीको कारण कार्यसम्पादनमा समस्या देखिँदै आयो । उनी भन्छिन्, 'सेरोफेरो वरिपरिबाट शिशु स्याहार केन्द्रको माग महिला कर्मचारीहरूबाट भएको हो । ०६६/०६७ को नीति तथा कार्यक्रम र बजेटले बल्ल यसलाई सम्बोधन गरेर कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो ।’

शिक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत पवित्रा ढकालले शिशु स्याहार केन्द्रमा बच्चा राख्ने सुविधा भएकाले काममा निकै सहजता भएको बताइन् । उनी भन्छिन्, ' तर कोटा अनुसार ठाउँ साघुँरो भएको छ ।’

स्याहार केन्द्रमा १८ जना कर्मचारीले काम गर्छन् । जसमा १३ जना आयाहरू छन् । आयाहरूको मुख्य काम बच्चालाई स्याहार्नु तथा हेरचाह गर्नु हो । आयाहरूले बालबालिकालाई ३ पटकसम्म खाना खुवाउँछन् । प्रत्येक पटक ११ बजे, २ बजे र ४ बजे फरक-फरक खाना खुवाउने व्यवस्था स्याहार केन्द्रले गरेको छ ।

चिकित्सा विज्ञानका अनुसार २ वर्षसम्म बच्चाले आमाको दूध खानुपर्छ । यो बच्चाको स्वास्थ्यको हिसाबले पनि उसको नैसर्गिक अधिकार हो । शिशु स्याहार केन्द्र सञ्चालनको कोणबाट हेर्दा सिंहदरबारले बच्चाको स्तनपानको अधिकारलाई कार्यान्वयन गरेको छ । ‘आमाको दूध खाने बच्चाहरूले दूध खान पाउन् भन्ने उद्देश्यले यो केन्द्रको स्थापना गरिएको हो,' केन्द्रकी व्यवस्थापन प्रमुख शान्ति थापाले बताइन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव याम कुमारी खतिवडा भने शिशु स्याहार केन्द्रले महिला कर्मचारीहरुलाई ठूलो सहयोग गरेको बताउँछिन् । 

उनी भन्छिन्, 'उनीहरूको क्षमता अभिवृद्धिको लागि सहयोग भएको छ । अब यस प्रकारको केन्द्रलाई अरू ठाउँहरूमा पनि विस्तार गर्दै लैजानुपर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x