माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
काठमाडौं – वसन्त ऋतुमा रुखका पालुवा पलाउँछन्, त्यही सिजनमा पार्टीलाई हराभरा बनाउन कांग्रेसले जागरण अभियान शुरू गर्यो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अहिले जागरण अभियानका लागि देश दौडाहामा छ तर जागरण अभियान प्रभावकारी नभएको भन्दै स्वयं शीर्ष नेतृत्वबाटै आरोप आइरहेको छ ।
सोमवार आफ्नै निवासमा पार्टीका जिल्ला नेताहरू बोलाएर प्रकाशमान सिंहले जागरण अभियान प्रभावकारी नभएको आरोप लगाए ।
कांग्रेस लथालिंग भएको भन्दै सिंहले व्यक्तिगत स्वार्थमा चलाउन खोजिएको आरोप लगाए । पूर्वमहामन्त्री समेत रहेका सिंहले कांग्रेस विचार र सिद्धान्तमा चल्न छोडेको र यसले निराशाजनक स्थिति पैदा गरेको विचार व्यक्त गरे । कांग्रेसले चलाएको जागरण अभियानले कांग्रेसमा भएको ऊर्जा पनि क्षति भएको तर साँच्चिकै जागरण भित्रिन नसकेको सिंहको भनाइले नै प्रष्ट पारेको छ ।
निर्वाचनमा पराजय व्यहोर्ने बित्तिकै कांग्रेसभित्र जागरण अभियानको माग भएको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूले पार्टीभित्र यस्तै प्रकारको अभियान चलाउनुपर्ने माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले पौडेलको मागलाई एउटा कानले सुनेर अर्काे कानले उडाइदिए । हारको जिम्मा कसले लिने भनेर लामो समय बहस चलेको थियो । त्यो बहस आजसम्म पनि चालू छ ।
नेता सिंहले नै जागरण अभियान प्रभावकारी नभएको आरोप लगाउन थालेपछि कांग्रेस अन्य नेता कार्यकर्ता अभियानलाई लिएर उत्साहित देखिएका छैनन् । कतिपयले समयमै हुनुपर्ने महाधिवेशन सार्ने प्रयोजनका लागि जागरण अभियान ल्याइएको दाबी गरेका छन् । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व मुख्य सचेतक लक्ष्मण घिमिरेले ‘झारा’ टार्नका लागि जागरण अभियान चलाइएको टिप्पणी गरे ।
‘महाधिवेशन समयमै गर्ने हो भने अहिलेदेखि तयारी शुरू हुनुपर्थ्यो,’ घिमिरेले लोकान्तरसँग भने, ‘तर महाधिवेशनको तयारी नगरिकन कांग्रेस जागरण अभियान भन्दै झारा टार्ने काम भएको छ । यही नेतृत्वले कांग्रेसलाई अघि लैजान सक्ने अवस्था देखिएन । सभापतिज्यू आफ्नो कार्यकाल लम्ब्याउने र महाधिवेशन समयमै नगर्ने खेलोमा लाग्नुभएको प्रष्ट देखिन्छ ।’
७७ जिल्लाकै ७ सय ५३ स्थानीय तहसम्म व्यापक रूपमा अभियान लैजाने भनिएपनि लथालिंग संरचना र पार्टीका शीर्ष नेताहरूबीच पानी बाराबारको स्थिति देखिएकाले अभियान प्रभावकारी नभएको हो । बरू जागरण अभियानका नाममा भएका कतिपय प्रदेश र जिल्लामा भएका कार्यक्रमलाई स्थानीय नेता कार्यकर्ताले नेतृत्वविरुद्ध कुण्ठा पोख्ने माध्यम बनाएका छन् ।
दुई साताअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीका नेता शेखर कोइरालाले पार्टीको तल्लो तहमा नभई माथिल्लो तहमा जागरणको आवश्यकता रहेको भन्दै व्यंग्य गरे । ‘नगरदेखि गाउँ वडासम्म पार्टी एकाई नै नबनेको अवस्थामा कसलाई जागरुक बनाउन राष्ट्रिय जागरण अभियान चलाइएको हो ?’ कोइरालाले प्रश्न गरेका थिए । यो प्रश्न कांग्रेसभित्र अनुत्तरित प्रश्न हो ।
जागरण अभियान प्रभावकारी बनाउन कांग्रेसले केन्द्रीय अनुशासन समितिलाई परिचालन गरेर शीर्ष नेताविरुद्ध अभिव्यक्ति दिन नपाइने नियम ल्याएको थियो तर कांग्रेसभित्र शीर्ष नेताहरूले नै पार्टी र पार्टीले सञ्चालन गरेको अभियानमाथि व्यंग्य कस्दै आइरहेका छन् । पार्टीको अनुशासन समिति मौन छ । यसबारेमा कांग्रेस अनुशासन समितिका संयोजक भीष्म आङदाम्बे चुप छन् । ‘शीर्ष नेताले पार्टीकै विरुद्ध गतिविधि गरेको उजुरी आएको छैन, नआएको उजुरीमाथि छानबिन गर्ने कुरा भएन,’ आङदाम्बेले भने ।
वैशाख २५ गतेबाट शुरू भएको जागरण अभियानको पहिलो चरण १ महिना अर्थात जेठ २५ गते सकिन्छ । पहिलो चरणमा ७७ वटै जिल्लामा केन्द्रीय कार्यसमितिका नेताहरूलाई खटाइएको थियो तर अभियान त्यति व्यापक र प्रभावकारी हुन सकेन । ‘सञ्चारमाध्यमले पनि त्यति ध्यान दिएनन्,’ एक केन्द्रीय समिति सदस्यले भने, ‘७७ वटै जिल्लामा कार्यक्रम त भएको थियो तर कतिपय कार्यक्रमहरू भाषणबाजी गर्ने मात्रका कार्यक्रमहरू भए । सञ्चारमाध्यमको ध्यान आकर्षण गर्ने गरी कार्यक्रमहरू हुन सकेनन् ।’
जागरण अभियानले कांग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म कार्यकर्ता र शुभेच्छुकलाई सुसूचित गराउने उद्देश्य राखेको थियो । राष्ट्रव्यापी रूपमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्न पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउने जागरण अभियानको मुख्य उद्देश्य थियो तर अभियान नेताहरूको भाषणबाजीमा मात्र सीमित रहेको छ ।
रुखका पालुवाले वातावरण हराभरा भइरहेको बेला जागरण अभियानले कांग्रेस पलाउला वा झन् अन्तर्द्वन्द्वमा फस्ला ? यसको जवाफ भविष्यले दिनेछ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...