मुक्तिनाथ विकास बैंकद्वारा व्यावसायिक साक्षरता तालिम सम्पन्न

काठमाडौं- मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत तत्वहरूको बारेमा जानकारी गराउने हेतुले 'आजको आवश्यकता,ग्राहकहरूमा व्यावसायिक साक्षरता' भन्ने मुल आशयले एक दिने व्यावसायिक साक्षरता तालिम काठमाडौंमा सम्पन्न गरेको छ ।

व्यावसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यावसायिक योजना, वस्तु तथा सेवा, व्यवसाय दर्ता र सञ्चालनमा कानूनी पाटो, बजार व्यवस्थापनका तरिका, बजार व्यवस्थापनका रणनीति, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मूल्यअभिवृद्धि कर,उद्यमशीलता लगायतको विषयहरू समावेश गरिएको थियो । उक्त तालिममा बैंकसँग आवद्ध ४२ जना व्यवसायीहरूको सहभागिता रहेको थियो ।


Advertisement

बैंकले आयोजना गरेको यस तालिमलाई बैंकिङ ट्रेनिङ इन्टिच्युट, काठमाडौंले सहजीकरण गरिएको थियो ।

उपस्थित सहभागीले मुक्तिनाथ विकास बैंकले व्यावसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरूलाई जुन व्यवसायी चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गर्ने प्रयास गरेको छ, यो कार्य अत्यन्तै प्रशंसायोग्य रहेको धारणा व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकले देशभर ११९ वटा शाखा, २२ वटा एटीएम मार्फत ६ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ । 

कमेन्ट गर्नुहोस्