×

NMB BANK
NIC ASIA

हेटौंडामा 'स्लो स्कूटर' प्रतियोगिता : गल्फ प्रमुख आयोजक

जेठ २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौंडा- हेटौंडामा 'स्लो स्कूटर' प्रतियोगिता २०१९ प्रतियोगिता आयोजना गरिएको छ । लेडी जेसिसद्वारा आयोजित उक्त प्रतियोगिता सडक दुर्घटनाबारे जानकारी आदान प्रदान गर्ने एक अन्तरक्रिया कार्यक्रमसँगै आयोजना गरिएको हो ।

Muktinath Bank

नेपाली सडकमा बढ्दो दुर्घटनामा दुइपाङ्ग्रे सवारीको क्षति बढी हुनेगरेको ट्राफिक प्रहरीले सार्वजनिक गरिरहेको अवस्थामा सबैलाइ सचेतना होस् र सुरक्षित सवारीमा ध्यान केन्द्रित होस् भन्नका लागि जेसिस सप्ताह २०१९ अन्तर्गत स्लो स्कूटर प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रममा सडक दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सभापतिको  रूपमा हेटौंडा लेडी जेसिस २०१९ की अध्यक्ष जेसी सुष्मा लटौला उपस्थित थिइन् भने हिरामणि त्रिताल मुख्य अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रममा विशिष्ट अतिथि प्रहरीका रूपमा निरिक्षक विरेन्दकुमार ठाकुर उपस्थित भएका थिए ।

Vianet communication
Laxmi Bank

स्लो स्कूटर प्रतियोगितामा सुमित्रा लामा प्रथम, सुजुता श्रेष्ठ दोस्रो र उषा रोकाले तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

नेपाल ल्युब आयल लिमिटेड (गल्फ लुब्रिकेन्ट्स)ले सडक दुर्घटना र ट्राफिक समस्यासँग सम्बन्धित विषयमा विभिन्न कार्यक्रमहरू बारम्बार आयोजना गरिरहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x