'पहिले खसी बोका काटेर जाने ठाउँमा अहिले कर्मचारी किन जाँदैनन् ?'

फाइल फोटो

काठमाडौं– सत्तारुढ समाजवादी पार्टी (नेपाल)का सांसद प्रदीप यादवले मालपोत कार्यालय पर्सामा कर्मचारी पठाउन माग गरेका छन् ।

५२ जना दरबन्दी रहेको कार्यालय अहिले रित्तो हुने अवस्थामा पुगेको भन्दै उनले कर्मचारी पठाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 


Advertisement

‘पर्साको जिल्ला मालपोत कार्यालय ५२ जनाको दरबन्दी छ । एकजना प्रमुख मालपोत अधिकृत र ४ जना मालपोल अधिकृतको दरबन्दी रहेकोमा अहिले एकजना पनि छैन,’ बुधवार प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद यादवले भने, ‘पहिले खसी बोका काटेर पर्सामा जन्थे, अहिले अख्तियारको डरले कोही कर्मचारी जान मानेका छैनन् ।’


Advertisement

कर्मचारी अभावमा काम रोकिँदा जनआक्रोश बढेको उनले बताए । ‘जनताको काम रोकिँदा सरकारप्रति आक्रोश बढिरहेको छ, सरकार मात्र होइन काम नबनेर फर्किने बेलामा संसदलाई बाँकी राख्दैन । हामी पनि गाली खान्छु,’ यादवले गुनासो गरे । 
 

कमेन्ट गर्नुहोस्