मेयरकप भलिबलको उपाधि आर्मीलाई

फाइल फोटो

काठमाडौँ - दैलेख सदरमुकाममा सम्पन्न प्रथम मेयरकप भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाले जितेको छ ।

प्रतियोगिताको फाइनल खेलमा नारायण नगरपालिकालाई हराउँदै सेनाको इन्द्रदल गुल्म ‘ए’ले उपाधि जितेको हो ।


Advertisement

नारायण नगरपालिकाद्वारा आयोजित उक्त प्रतियोगितामा इन्द्रदल गुल्म ‘ए’ले नारायण नगरपालिकालाई ३–२ सेटमा हराएको हो ।

विजेताले रु ५० हजार तथा उप–विजेता नारायण नगरपालिकाले रु ३० हजार पुरस्कार प्राप्त ग¥यो । सो प्रतियोगितामा नेपाली सेनाको इन्द्रदल गुल्म ‘बी’ टोली तेस्रो भयो ।

उसले रु २० हजार पुरस्कार प्राप्त ग¥यो । विजयी टोलीलाई नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले पुरस्कार वितरण गर्नुभयो ।

 

कमेन्ट गर्नुहोस्