×

NMB BANK
NIC ASIA

बैतडीका नगरपालिकामै छैन विद्युत् सेवा

जेठ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडी – देश संघीय संरचनामा गइसकेपछि बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिकामध्ये पुर्चाैडी र मेलौली नगरपालिकामा अझै बिजुली पुगेको छैन । 

Muktinath Bank

देशको पुनःसरचनापछि नगरपालिका बनेका २ नगरमा मात्र होइन, पाटन नगरपालिकाको केही वडामा समेत बिजुली पुग्न सकेको छैन । विद्युत् विस्तार नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहमा जनप्रतिनिधि आएको करीब २ वर्ष बित्न लाग्दासमेत विद्युत्लगायत आधारभूत सेवासमेत गाउँमा पुग्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

जिल्लाका शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकामा पनि विद्युत् सेवा विस्तार हुन सकेको छैन । विद्युतीकरण नहुँदा कुटानी पिसानीका  लागि मिलसम्म स्थापना गरिएको छैन । साँझमा आफ्ना छोराछोरीलाई राम्रोसँग पढ्न र गृहकार्य गराउन कठिन हुँदा पढाइमा समेत गणस्तर वृद्धि हुन नसकेको स्थानीय बताउँछन् ।

Vianet communication
Laxmi Bank

जिल्लाका केही स्थानीय तहका खोलाबाट लघु जलविद्युत् सञ्चालन भएपनि पटक–पटक उपकरणमा खराबी आउँदा समस्या हुने गरेको छ । स्थानीय खोलाको बिजुली राति मात्र आउछ, पुर्चाैडी नगरपालिका–१ हाटका गणेश जोशीले भने, ‘दिनमा पनि बिजुली आए विद्युत्बाट गर्ने काम सहजरुपमा हुन्थ्यो ।’ 

विद्युत् नहुँदा केहीले सौर्य उर्जाको सहायताले काम गरिरहेका छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । राष्ट्रिय प्रसारणको पहुँच नहुँदा सौर्य उर्जाको भरमा गाउँपालिकाले काम गरिरहेको र विजुलीको अभावमा अरु कार्यालयका काम पनि प्रभावित भएका उनले बताए ।

मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताए । पुर्चाैडी नगरपालिकाका वडामा बिजुली नहुँदा सञ्चार सेवाबाट पनि वञ्चित हुने गरेका छन् । नेपाल टेलिकमको टावरसमेत सोलारकै भरमा चलिरहेको छ । विद्युत् सेवा नहुँदा स्थानीय तहले कार्यसम्पादन गर्ने कामसमेत प्रभावित हुने गरेका छन् । 

पञ्चेश्वर गाउँपालिकामा पनि सौर्य उर्जाबाट विद्युतीय कामकाज हुने गरेको छ । ‘कम्प्युटरबाटै सबै कार्यसम्पादन गर्दा घाम लागेको बेला मात्रै कम्प्युटर खुल्छ,’ गाउँपालिकाका नासु कमलापति भट्टले भने, ‘पानी परेको बेला सेवाग्राहीलाई रित्तै फर्काउनुपरेको  छ । विद्युतीय उपकरणबाटै कामका गर्नुपर्ने भएकाले सौर्य उर्जाले धान्न सकेको छैन ।’

जिल्लामा १९ वटा लघु जलविद्युत आयोजना छन् । ती आयोजनाबाट १८६ किलोवाट विद्युत् उत्पादन हुँदै आएपनि अहिले भने आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत् उत्पादन पनि घटेको छ । कुनै बेला झलमल्ल हुने ग्रामीण क्षेत्र अहिले अन्धकारमय बनेका छन् । लघु जलविद्युत्बाट बिजुली बालेका सर्वसाधारण अहिले सौर्य उर्जा बाल्न थालेका छन् । आर्थिक अवस्था राम्रो भएको घरमा सौर्य उर्जा बलेपनि विपन्न समुदाय भने टुकी र झरोमा निर्भर छन् । लघु जलविद्युत् आयोजना बन्द हुँदा ती आयोजनाबाट सञ्चालन गरिएका मिल, आटाचक्की, स्वास्थ्य संस्थाका ल्याव, विद्यालयका कम्प्युटर पनि बन्द भएका छन् ।

राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार १ सय ९१ घरधुरी छ । तीमध्ये साढे १२ हजार घरमा मात्रै बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत् विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख मोहनदेव जोशीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x