प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

काठमाडौं- प्रभु बैंक लिमिटेडको नयाँ शाखा कार्यालय कैलालीको अत्तरियामा बिहीवारदेखि सञ्चालनमा आएको छ । उक्त शाखाको गोदावरी नगरपालिकाका प्रमुख हरि सिंह साउदले उद्घाटन गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।


Advertisement

कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरि सिंह साउदले प्रभु बैंकको अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रूपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ संस्थाहरूले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

कमेन्ट गर्नुहोस्